Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनल खेलमा टस हारेर ब्याट्रिङ गरेको नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ । बर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रन जोडेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका लागी कप्तान रोहित पैडेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ९४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९५ रन जोडेर आउट भएका थिए ।कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए । कुशलले ४४ बलमा समान ४ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो । भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए । करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे। कुवेतका बलर मोहमद अस्ला...
नेपालले गुमायो चौथो विकेट

नेपालले गुमायो चौथो विकेट

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनल खेलमा टस हारेर कुवेत विरुद्ध ब्याट्रिङ गरेको नेपालले चौथो विकेट गुमाएको छ । २८.३ ओभरमा १८९ रन जोडेको नेपालको कुशल मल्ल आउट भएका छन् । मल्लले ४ चौका र ४ छक्का प्रहार गर्दै ४४ बलमा ५७ रन बनाउदै आउट भएको हो । नेपालका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्कीले एक रन मात्र जोड्दै आउट भएका थिए । कुशल बाहिरिएपछि आरिफ शेख मैदान प्रवेश गरेका छन् ।...
बर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाईनल खेल सुरु

बर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाईनल खेल सुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगमा बर्षाका कारण रोकिएको नेपाल र कुवेत बिचको सेमिफाईनल खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन जोड्दा बर्षा हुन थालेपछि खेल रोकिएको थियो । नेपालका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए । यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके भने रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।...
नेपाल र कुवेत बिचको सेमिफाईनलको खेल ४५ ओभरको हुने

नेपाल र कुवेत बिचको सेमिफाईनलको खेल ४५ ओभरको हुने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगमा नेपाल र कुवेत बिचको सेमिफाईनल खेल ४५ ओभरको हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र कुवेतबिच भईरहेको खेल बर्षाका कारण रोकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन जोड्दा बर्षा हुन थालेपछि खेल रोकिएको थियो । नेपलका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके भने रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।...
सांसदहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौं : महावीर पुन

सांसदहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौं : महावीर पुन

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १६ । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रबार देखी अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भिर नभएको भन्दै आन्दोलनमा उत्रिएका पुनले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने बताएका हुन् । पुनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । उनले अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्तन गर्ने विभाग नभएको भन्दै आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । उनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे । ...
ताप्लेजुङमा चट्याङ लागेर एक वृद्धको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर एक वृद्धको मृत्यु

समाचार
पूर्णपुष्टि,वैशाख १६ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ। शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए । केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो।...
भारतमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने

भारतमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख ६ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको डा भण्डारीनिकट कांग्रेस नेता माधव न्यौपानेले राससलाई जानकारी दिए। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नेछन् । पछिल्लो समय डा.भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जाने जनाईएको छ । आगलागीमा परी स...
सिंहदरबारभित्र जतातै कुकुरको बिगबिगी, करिब २५० कुकुर रहेको अनुमान

सिंहदरबारभित्र जतातै कुकुरको बिगबिगी, करिब २५० कुकुर रहेको अनुमान

समाचार
पूर्णपुष्टि,वैशाख १६ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोससँगै कुकुर व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । सिंहदरबारमा करिव दुई हप्तादेखि फोहोर व्यवस्थापनमा समस्या परेको छ भने वर्षौँ देखि त्यस क्षेत्रमा कुकुरहरुको समस्या देखिन थालेको हो । सिंहदरबारको पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मा पाएका सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार शाहले सिंहदरबारभित्रका कुकुरको व्यवस्थापनसम्बन्धी सचिवालयमा कुनै बजेट तथा कार्यक्रम नरहेको बताए। उनले करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको बताए। उनले भने, “सिंहदरबारमा मुख्य चारवटा गेट भए पनि सातवटा ढोका छन्। कति कुकुर भित्रिन्छन् र कति बाहिरिन्छन् भन्ने तथ्याङ्क राख्न सम्भव छैन। दक्षिणी गेट सधैँ खुलै रहन्छ। अन्य गेट बन्द गरिए पनि ढोकामा रहेका फराकिलो प्वालका कारण कुकुर सजिलै आउजाउ गर्छन्।” यस क्...
आज विश्व नृत्य दिवस मनाइँदै

आज विश्व नृत्य दिवस मनाइँदै

समाचार
पूर्णपुष्टि,वैशाख १६ । आज अन्तर्राष्ट्रिय नृत्य दिवस संसारभर विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष २९ अप्रिलमा नृत्य दिवस मनाउने गरिएको छ । यस दिन अर्थात २९ अप्रिल जिन जर्जस् नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्त्व बुझाउने प्रयास गरिन्छ । हिजोआज शैक्षिक प्रणालीदेखि सबै क्षेत्रमा नृत्यलाई उचित स्थान प्रदान गरिनुपर्ने आवाज बुलन्द बन्दै गएको छ । रंगकर्ममा त नृत्यको खास महत्त्व छ नै, अन्य विभिन्न उद्देश्यले आयोजना गरिने कार्यक्रममा समेत नृत्यलाई महत्त्वपूर्ण हिस्साका रूपमा समावेश गर्न थालिएको छ । विभिन्न चाडपर्व, विवाह भोज, जन्मदिनका अवसरमा नृत्य कार्यक्रम बिना पूर्ण नहुने मान्यता सामान्यजस्तो बनेको छ। राजनीति...
दोस्रो स्थानको थ्रि स्टारलाई एनआरटीले हरायो

दोस्रो स्थानको थ्रि स्टारलाई एनआरटीले हरायो

खेलकुद, समाचार
पूर्णपुष्टि,बैशाख १५ । सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो स्थानको थ्रि स्टार क्लबलाई एनआरटीले हराएको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एनआरटीले थ्रि स्टारलाई १–० गोलले हराएको हो । खेलको ३७ औं मिनेटमा सन्जिव विष्टले गरेको गोल नै एनआरटीको जितको लागी निर्णायक गोल बनेको हो । त्यसअघि थ्रीस्टारले खेलको ३७ औं मिनेटमा पेनाल्टि पाएको थियो । पहिले अग्रता लिने अवसर पाए पनि सन्तोष साहुखल पेनाल्टिमा चुके । सन्तोषको प्रहार आउट भएको थियो । यस जितसँगै १३ खेलबाट १६ अंक जोड्दै एनआरटी तालिकाको आठौं स्थानमा उक्लिएको छ भने हार व्योहोरेको थ्रि स्टारले शिर्ष स्थानमा निस्कने मौका गुमाएको छ । थ्रि स्टार १३ खेलबाट २२ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको जावलाखेल युथ क्लब थ्रि स्टार भन्दा एक अंकले अघि छ ।...