Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

सांसद लक्ष्मी महतो बिरामी होइन फरार अभियुक्त हो : रवि लामिछाने

सांसद लक्ष्मी महतो बिरामी होइन फरार अभियुक्त हो : रवि लामिछाने

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी अरार अभियुक्त रहेको बताएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा लामिछानेले विगत आफु गृहमन्त्री हुँदा फरार रहेको अभियुक्तलाई बिरामी भन्न नसकिने बताएका छन् । पूर्व गृहमन्त्री लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए । ‘उनको तस्वीर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु । फरार अभियुक्तलाई विरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’ सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन् । स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जान...
त्रियुगा उद्योग बाणिज्य संघको नि:शुल्क स्वास्थ्य शिविरमा सात सय बढीले लिए सेवा

त्रियुगा उद्योग बाणिज्य संघको नि:शुल्क स्वास्थ्य शिविरमा सात सय बढीले लिए सेवा

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १५ । शुक्रबार त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आयोजना गरेको निशुल्क स्वास्थ्य शिवीरमा बढी भन्दा बढी विरामीहरुले सेवा लिएको छ । जिल्ला अस्पताल उदयपुरमा संञ्चालन यो सिविरमा त्रियुगा नगर र त्यस बाहेकका अन्य ठाउँका सेवाग्राहीहरुले धेरै फाईदा लिएका छन् । बिषेशगरी बृद्ध बृद्धा र महिलाहरुलाई प्राथामिकता दिएर शिविर संञ्चालन गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । शिविरमा क्यान्सर, मुटु, नसा, स्त्री रोग र नाक कान घाँटीको निशुल्क चेक जाँच सम्बन्धि चेक जाँच भएको अध्यक्ष रसाईलीको भनाई छ । त्यस बाहेकका सामान्य उपचार र परिक्षण भने चल्नेनै छन् । सिविरले निशुल्क औषधी पनि वितरण गरेको छ । रसाईलीका अनुसार मुटु सम्बन्धि २ सय ३५, स्त्रि सम्बन्धि ६०, मुटु इको ९९ , नाककान घाँटी १४७, र न्युरो १६७, क्यान्सर २९ गरी ७ सय ३७ जनाले सिविरको प्रत्यक्ष फाईदा उठाएको छ । सामान्य चेकजाँच सहित हज...
रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्छ : पर्यटनमन्त्री किराती

रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्छ : पर्यटनमन्त्री किराती

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १५ । चितवन २ को उपनिर्वाचनबाट भारी मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डले सांसद लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने बताएका हुन् । चितवनका जनताले अत्याधिक बहुमतका साथ लामिछानेलाई दिएको लोकप्रिय मतको पनि कदर गर्दै प्रधानमन्त्री प्रचण्डले लामिछानेले रोजेकै मन्त्रालय दिन तयार हुनुपर्ने बताए । अहिले देशको अर्थतन्त्र समस्याग्रस्त रहेको भन्दै उनले राष्ट्रिय सहमतिको विकल्प नरहेको पनि बताए ।...
सामुदायिक विद्यालयलाई टाई अनिर्वाय नगर्न महानगरको निर्देशन

सामुदायिक विद्यालयलाई टाई अनिर्वाय नगर्न महानगरको निर्देशन

समाचार
पूर्णपुष्टि, बैशाख १५ । काठमाण्डौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई टाई अनिवार्य नगर्न निर्देशन दिएको छ । बिहिबार महानगरले परिपत्र गर्दै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई टाई अनिर्वाय नर्गन निर्देशन गरेको हो । चैत २८ गते शिक्षा समितिले टाई अनिर्वाय नगर्ने गरेको निर्णय अनुसार विद्यालयहरुलाई बिहिबार परिपत्र गरी निदेर्शन दिएको महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताए । टाइ लगाउँदा बालबालिकाहरूलाई असहज महसुस हुने, स्वतन्त्र रूपमा हिँड्डुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतिराज खनालले जानकारी दिए ।...
नवनिर्वाचित सांसद रवी र स्वर्णीमले लिए सपथ

नवनिर्वाचित सांसद रवी र स्वर्णीमले लिए सपथ

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद रवी लामिछाने र स्वर्णीम बाग्लेले आज सपथ लिएका छन् । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका लागी बैशाख १० मा भएको उपनिर्वाचनबाट निर्वाचित लामिछाने र वाग्लेले सिंहदरबारमा आयोजित कार्यक्रममा सपथ लिएका हुन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ । रास्वपाका सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने उनको नागरिकता सम्बन्धि मुद्धामा मंसिर ४ को चुनावबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नेपाली नागरिकता सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले लामिछानेको सांसद सहित गृहमन्त्र...
बाजुरा भूकम्प अपडेट : २३ घरमा पूर्णरुपमा क्षति

बाजुरा भूकम्प अपडेट : २३ घरमा पूर्णरुपमा क्षति

समाचार
पूर्णपुष्टि,वैशाख १५ । बाजुराको दहकोट केन्द्र विन्दु भएर ५.९ म्याग्निच्यूठको भूकम्प जाँदा हिमाली गाउँपालिका–२, विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ । गए रातको १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए। अधिकृत भण्डारीका अनुसार वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको बताएको छ । यस्तै वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ । सोही वडाका सुर्ज बोहरा, जस थापा, भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, वाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का, गोल्लाल खड्कालगायतको घरमा क्षति भएको गाउँपालिकाका प्रशासकीय अधिकृत...
रास्वपाका दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने

रास्वपाका दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १५ । राष्ट्रिय स्तन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएको छ । सभामुख देवराज घिमिरेले उनीहरुलाई आज ११ ः ३० बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेको हो चितवन क्षेत्र नम्बर २ मा सांसद उमदवार लामिछाने र तनहुँ १ मा सम्पन्न उपनिर्वाचनबाट उनिहरु निर्वाचित भएका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।...
जिल्ला अस्पता उदयपुरमा ५ ओटा ठुला रोग सम्बन्धि निशुल्क स्वास्थ्य सिविर

जिल्ला अस्पता उदयपुरमा ५ ओटा ठुला रोग सम्बन्धि निशुल्क स्वास्थ्य सिविर

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्ट, वैशाख १५ । त्रियुगा उद्योग वाण्ज्यि संघ गाईघाटले मानव शरीरको मुख्य ५ ठुला रोग सम्बन्धि निशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको छ । शुक्रबार जिल्ला हस्पिटल उदयपुरमा संघले आयोजना गरेको उक्त स्वास्थ्य सिविरमा क्यान्सर, मुटु, नसा, स्त्री रोग र नाक कान घाँटीको निशुल्क चेक जाँच तथा औषधी पाईने छ । त्रियुगा नगरपालिका, जिल्ला अस्पताल गाईघाट र दाजुभाई समूह दोहा कतारको सहकार्य साथै बिएण्डसी मेडिकल कलेज पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सिविर संञ्चालन भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जानकारी दिए । रसाईलीका अनुसार ११ बजे सम्ममा करिब ७ सय बढीले बिभिन्न रोग बारे पुर्जा काटेको जनाए । चेकजाँच गर्न हजारौँको संख्यामा आउन सक्ने भन्दै १ दिने सिवीरले भ्याउन अवस्था नरहने रसाईलीले जनाए । एक दिनमा सिविर संम्भव नभए उपचारका लागि पुर्जा कटाएकाहरुलाइई शनिवार पनि सेवा दिईने जनाए...
शैक्षिक शुल्क, सेवा सुविधा र पारदर्शीका लागि मेरो उम्मेदवारी : तामाङ

शैक्षिक शुल्क, सेवा सुविधा र पारदर्शीका लागि मेरो उम्मेदवारी : तामाङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ वैशाख । यहि आउँदो १६ गते हुन गैरहेको त्रियुगा नमुना मा.वि गाईघाटका शिक्षक अविभावक संघको निर्वाचनमा लोक वहादुर तामाङले अध्यक्ष पदको उम्मेवादरी दिएका छन् । त्रियुगा नगरपालिका १२ डिएमगेट निवासी तामाङले आफ्नो उम्मेदावरीको मुख्य कारण गुणस्तर शिक्षा र पारदर्शीता सँगै अभिभावक, शिक्षक, विद्यार्थी सबैको हितका लागि रहेको जनाए । बिभिन्न क्षेत्रहरुमा लामो समय काम गर्दै हरेक अनुभवहरुमा पोख्त तामाङले अब विद्यार्थी, शिक्षक, अविभावकहरुको नेतृत्व गर्ने जनाए । तामाङले आफुले यस विद्यालयको नेतृत्व गर्न पाएमा विद्यालयको नियमित पठनपाठन, शैक्षिक गुणस्तर, शैक्षिक शुल्क र सेवा सुविधाहरुलाई सर्वशुलभ र पारदर्शी, नियमित अनुगमन, मुल्यांकन, भेटघाट तथा अन्तरक्रिया, विद्यार्थी, अभिभावक र शिक्षकलाई जवाफदेहिता लगायतका समस्यालाई सहज गराउने जनाए । तामाङ संग दुई प्रतिस्पर्धिहरु समेत अध्यक्ष पदमा उम्मेदवारी दि...
बाजुरमा एकै रातमा दुई पटक भुकम्पको धक्का

बाजुरमा एकै रातमा दुई पटक भुकम्पको धक्का

समाचार
पूर्णपुष्टि,वैशाख १५ । गएको राती ११ः५८ मिनेटको आसपास बाजुराको दहकोट केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडका दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातको समयमा दुईपटक भूकम्पको धक्का दिएको हो । बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९ म्याग्निच्यूडको र १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ। बडिमालिका नगरपालिकाका उपमेयर नन्दा थापाका अनुसार भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए।...