कोशी प्रदेश नाम साझा हो, ठिक छ : केपी ओली
पूर्णपुष्टि, बैशाख १४ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नाम साझा भएकोले ठिक रहेको बताएका छन् । मिसन ग्राँसरुट अभियानमा इलाम पुगेका ओलीले बिहिबार यस्तो बताएका हुन् । मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकामा पहिचानवादीहरुले नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाईएपछि ओलीले यस्तो प्रतिक्रिया दिएको हो ।
कोशी प्रदेश सभाले कोशी प्रदेश नामाकरण गर्यो, म कोशी प्रदेश सांसद पनि होइन ‘उनले भने’ अनि म आफ्नो भ्रमणमा हिँडिरहेको छु, कार्यक्रममा हिँडिरहेको छु, जनता भेटिरहेको छु, कसलाई टाउको किन दुख्ने ? जहाँसम्म कुरा छ कोशी प्रदेश ठीक थियो कि थिएन, यो बिल्कुल ठीक थियो । यो साझा नाम हो, सबैका लागि छ। यसलाई एउटा अर्को भन्ने कुरै छैन।’
‘कोशी भित्र दाँफेमुनाल समेटिन्छ, मयुर समेटिन्छ, हात्ती गैँडा समेटिन्छ, शेर्पा–लेप्चा, तामाङ–भोटे, खोँच हिमाल, राजवंशी, थारू तिनीहरू पनि समेटिन्छन्। त्यसका...









