Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

संकटामाथि सातदोबाटोको सहज जित, उक्लियो तेस्रो स्थानमा

संकटामाथि सातदोबाटोको सहज जित, उक्लियो तेस्रो स्थानमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १३ । शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबमाथि सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ । बुधबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटालाई ४–० गोलको फराकिलो अन्तरमा हराएको हो । सातदोबाटोलाई जित दिलाउन विलियम ओपोकु र दिपकराज सिंह ठकुरीले समान २–२ गोल गरे । खेलको १० औं मिनेटमा विलियमले गोल गर्दै आग्रता दिलाएका थिए भने १८ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २–० को आग्रता बनाएको हो । भने दोस्रो हाफको ६८ औं र ८२ औं मिनेटमा दिपकको गालबाट सातदोबाटोले फराकिलो गोल अन्तरमा संकटामाथि जित निकालेको हो । सिजनको छैटौं जितपछि सातदोबाटो १२ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ भने पाँचौ हार बेहोरेको संकटा १२ खेलबाट १५ अंकसहित नवौँ स्थानमा छ ।...
झापामा नाराबाजी सहित ओलीलाई देखाईयो कालोझन्डा

झापामा नाराबाजी सहित ओलीलाई देखाईयो कालोझन्डा

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा पहिचानवादीहरुले कोशी प्रदेशको नाम खारेजको माग सहित कालो झण्डा देखाएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै आज नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाईएको हो । पार्टी कार्यक्रममा सहभागी भएका ओलीलाई उनिहरुले कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश चाहिँदैन लगायतका नारा लगाउँदै कालो झण्डा देखाएका थिए । प्रहरीले पहिचानवादीहरूलाई सय मिटर वर नै रोकेको थियो भने केहिबेर सडकमा तनाव सिर्जना भएको थियो । कालो झण्डा देखाएको आरोपमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । उनका अनुसार एक्कासी प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा दुई जना प्रहरी घाईते भएका छन् । प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदीपनारायण राजवंशी घाइते घाईते भएका...
बहराईनलाई हराउँदै युएई सेमिफाईनलमा प्रवेश

बहराईनलाई हराउँदै युएई सेमिफाईनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १३ । एसीसी मेन्स प्रिमियर लिग अन्तर्गत समुह ‘बी’ को आफ्नो अन्तिम खेल जित्दै युएई सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार मुलपानी मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो ब्याटिङ गरेको बहराइनले ४०.५ ओभरमा ८ विकेटको क्षति सहित ११६ रन बनाएको थियो भने कप्तान हैदर बट र अली दाउदले सर्वाधिक २३–२३ रन जोडेका थिए । बलिङमा युएईका आयन खानले चार विकेट लिए थिए भने रोहन मुस्ताफा र कार्तिक मेइयाप्पनले समान दुई दुई विकेट लिए । ११७ रनको लक्ष्य पाएको युएईले २ विकेटको क्षतीमा २७.४ ओभरमै पुरा गरेको थियो । वृत्य अरविन्दले नटआउट ६२ रन र मुस्ताफाले नटआउट ५० रन जोडे। त्यसअघि आर्यन लक्रा ५ रन र मोहमद वासीम १ रनमा आउट भए। बराईनलाई हराएसँगै शिर्ष स्थानमा रहेको युएई चार खेलमा ६ अंक जाड्दै सेमिफाईनलमा पुगेको हो । अब समुह बी बाट हङकङ र कुवेत मध्य...
प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’ को ट्रेलर सार्वजिनक

प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’ को ट्रेलर सार्वजिनक

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख १३ । प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’ को ट्रेलर सार्वजिनक भएको छ । विश्व फिल्मको महाकुम्भ मानिने अमेरिकाको लस भेगासमा आयोजित सिनेमाकन समारोहमा मंगलबार राति फ्ल्यासको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक भएपछि कतिपयले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको संज्ञा दिएका छन् । डिस्कभरीका सीईओ डेभिड जेस्लभले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको ट्रेलर बनाएको र आफुले तिन पटकसम्म हेरेको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ । डीसी युनिभर्सको पात्रमा आधारित वार्नर ब्रोज स्टुडियोको यो फिल्म आगामी असार १ गते नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको छ । शीर्ष पात्र ब्यारी एलेनको भूमिकामा अभिनेता मिलर स्टार्सले चरित्र चित्रण गरेका छन् । माइकल किटन र बेन एफलेकले पनि ब्याटम्यानका विभिन्न चरित्रमा अभिनय गरेका छन् । उक्त समारोहमा वार्नर ब्रोजले ओफ्रा विन्फ्...
स्याउला लिन जंगल गएकी गर्भवती महिलाको भिरबाट लडी मृत्यु

स्याउला लिन जंगल गएकी गर्भवती महिलाको भिरबाट लडी मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १३ । डोटीमा जङ्गलभित्र स्याउला संकलन गर्न गएकी एक गर्भवती महिलाको भिरबाट लडी मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका–१ कि २१ वर्षीया अनिता मल्ल रहेकी छन् । मंगलबार बिहान घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा स्याउला संकलन गर्न गएकी उनी दिउँसो खाना खाने समयसम्म नफर्किएपछि खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको शव भिरबाट निकालिएको छ । मृतकको शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरी चौकी गैराले जनाएको छ ।...
आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच

समाचार
पूर्णपुष्टि,वैशाख १३ । आज बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो मंगलबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।...
अर्जेन्टिनी फरवार्ड कास्टेलानोसको ४ गोलमा जिरोनाले रियललाई हरायो

अर्जेन्टिनी फरवार्ड कास्टेलानोसको ४ गोलमा जिरोनाले रियललाई हरायो

Breaking News 3, खेलकुद, समाचार
पूणपुष्टि, बैशाख १३ । स्पेनिस ला लिगमा अर्जेन्टिनी फरवार्ड कास्टेलानोसको सानदार प्रदर्शनमा जिरोनाले रियल म्याड्रिडमाथि सानदार जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा भ्यालेन्टिन कास्टेलानोसले चार गोल गरेपछि जिरोनाले देस्रो स्थानको रियललाई ४–२ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलको १२ औं र २४ औं मिनेटमा गोल गर्दै कास्टेलानोसले जिरोनालाई दुई गोलको आग्रता दिलाएका थिए भने खेलको ३४औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसपछि खेलको ४६ औं मिनेटमा गोल गर्दै उनले रियलविरुद्ध ह्याट्रिक पुरा गर्दै ३–१ को अग्रता बनाए भने ६२ मिनेटमा ब्यक्तिगत चौथो गोल गरे । लुकास भजक्वेजले खेलको ८५ औं मिनेटमा गोल गरेपनि रियलका लागी हार टार्न पुगेन । न्युयोर्क सिटीबाट लोनमा आएका २४ वर्षीय कास्टेलानोस रियलविरुद्ध ला लिगामा ४ गोल गर्दे ७५ वर्षयता पहिलो खेलाडी समेत ब...
गाईघाटमा वैशाख १६ देखि उप-मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने

गाईघाटमा वैशाख १६ देखि उप-मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख १३ । उदयपुरको गाईघाटमा अवस्थित थरुहट संगशालामा आगमी बैशाख १६ गते देखि उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा हुने लागेको प्रतियोगितामा गाईघाट फुटबल क्लबको महिला टिम सहित विभिन्न ८ टिमले प्रतियोगितामा सहभागित जनाएको छ । प्रतियोगीताको उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी र बागमति युवा क्लब सर्लाहि विच हुने छ । दोस्रो खेल एनविवाईसि सप्तरी र हेटौटा फुटबल क्लब विच हुने छ भने बैशाख १८ मा अल इन वान क्लब झापा र डिडब्लुएफसि धरान सुनसरी विच प्रतियोगीता हुने छ । प्रतियोगीताको अन्तिम सेमिफाईनल खेल आयोजक गाईघाट फुटबल क्लब र पिएसडब्लुसि पथरी मोरङ विच हुने आयोजक जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले जनाए । महिला फुटबल खेलाडिहरुको विकास र प्रबद्र्धन तथा व्यवसायीकरणको लागि प्रतियोगीता आयोजना गर्न लागिएको जिल्...
आज विश्व बौद्धिक सम्पत्ति दिवस

आज विश्व बौद्धिक सम्पत्ति दिवस

समाचार
पूर्णपुष्टि,वैशाख १३ । आज अप्रिल २६ अर्थात विश्व बौद्धिक सम्पति दिवस । ‘महिला तथा बौद्धिक सम्पत्ति स् नवखोज र सृजनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ९विपो० को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । नेपाल विपोको सदस्य राष्ट्र हो । विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रवर्द्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रवर्द्धक गरी जनचेतना फैलाउने नीति रहेको छ । विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ ।...
पहिचान विरोधी सांसदहरुलाई गाउँ पस्न नसक्ने अवस्था बनाउँछौ : यायोख्खा केन्द्रीय अध्यक्ष हाताचो

पहिचान विरोधी सांसदहरुलाई गाउँ पस्न नसक्ने अवस्था बनाउँछौ : यायोख्खा केन्द्रीय अध्यक्ष हाताचो

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख १२ । किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हाताचोले पहिचान विरोधी नेता तथा सांसदहरुलाई गाउँ पस्न रोक लगाउने चेतावनी दिएको छ । मंगलबार किरात राई यायोख्खा जिल्ला कार्य समिति उदयपुरले गाईघाटमा आयोजना गरेको प्रदेश नं १ पून : नामाङकन सघर्ष समिति घोषणाको क्रममा राईले यस्तो बताएका हुन् । हालै विवादित कोशी प्रदेश तत्काल खारेज गरी यसलाई पहिचानको आधारमा पून : नामाकरण गर्नु पर्ने राईले सरकारलाई अनुरोध गरे । यदि यो कुरालाई सरकारले खेलाची ठाने यसको परिणाम सुखद नहुने र यसबाट हुने क्षतीबारे सरकार जिम्मेवार रहने जनाए । राईले शान्तीपूर्ण आन्दोलनलाई सरकारले तत्काल सम्बोधन गरी आन्दोलनलाई सकरात्मक निष्कर्षमा पुराउनु पर्ने राईले माग गरेका छन् । यदि हैन् भने नेता तथा सांसदहरुलाई गाउँवस्तीमा रोक लगाउनुका साथै राजनितिक कार्यक्रमहरु बिथोल्ने समेत चेतावनी दिए । सिहचान अचल वस्तुलाई नभै स...