Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा पनि  प्रदेश नम्बर १ पून : नामाङ्कन संयुक्त सघर्ष समिति गठन

उदयपुरमा पनि प्रदेश नम्बर १ पून : नामाङ्कन संयुक्त सघर्ष समिति गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १२ । उदयपुरमा पनि प्रदेश न। १ पून : नामाकरण संयुक्त सघर्ष समिति गठन भएको छ । मंगलबार गाईघाट स्थित होटल टाउन हालमा १ हजार १ सय ११ जनाको संघर्ष समिति गठन गरेको हो । किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष जिवन हाताचो लगायत अन्य पधाधिकारीहरुको उपस्थितिमा संघर्ष समिति गठन गरिएको हो । किराँत राई यायोख्खा उदयपुरकी अध्यक्ष समेत रहेका गंगा राईको संयोजकत्वमा प्रदेश नामाकरणको विषयलाई तिव्र बनाउँनका लागि संघर्ष समिति गठन गराएको हो । समिति गठन अभियान १४ ओटै जिल्लाहरुमा तिव्र गतिमा रहेको यायोख्खा केन्द्रीय अध्यक्ष हाताचोले जनाए । किरात प्रदेशलाई आफुहरुले जातित्वको आधारमा नरहि केवल पहिचानको रुपमा किरात प्रदेशको माग गरेको यायोख्खा जिल्ला अध्यक्ष हाताचोको बताए । संघर्ष समितिका संयोजक गंगा राईले यस समितिले अब आउँदो आन्दोलनलाई ब्यापक बनाउने जनाईन् । राईले अबको...
विमानमा चरा ठोक्किएको भ्रम फैलाएको भन्दै २ म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

विमानमा चरा ठोक्किएको भ्रम फैलाएको भन्दै २ म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

Breaking News 3, समाचार
पूर्णपुष्टि, बेशाख १२ । फ्लाइ दुबई एफडीजेड ५७६ जहाज काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको भ्रम फैलाएको भन्दै फ्लाइ दुबईका २ उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । सोमबार साँझ दुबईका लागि उडेको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो । भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको प्राधिकरणको भनाई छ । प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर सहित एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्कृय पार्ने निर्णय गरेपछि उनीहरुले विमानस्थल भित्र प्रवेश पाउने छैनन् । सोमबार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे संयुक्त अरब इमिरेट्सको...
त्रियुगा उद्योग वाणिज्य संघद्धारा निःशुल्क स्वास्थ्य शिविर हुने

त्रियुगा उद्योग वाणिज्य संघद्धारा निःशुल्क स्वास्थ्य शिविर हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १२ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आगामी वैशाख १५ गते शुक्रवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । संघले दक्षिण एसियाकै नमुना क्यान्सर अस्पताल पूर्वाञ्चल क्यान्सर अस्पताल र वि.एण्ड सि. टिचिङ्ग अस्पताल विर्तामोड झापाको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो । शिविरमा पाउँने सेवाहरु क्रमशः नसा सम्बन्धी सम्पूर्ण जाँचहरु, मुटु सम्बन्धी सम्पूर्ण जाँच परिक्षण सेवा, महिलाको स्तन क्यान्सर तथा पाठेघरको सम्पूर्ण जाँच गराउँने र अन्य क्यान्सर सम्बन्धी सम्पूर्ण परिक्षण गरिने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए । उनले आफ्नै गाउँ ठाउँमा यस्तो सुविधा सम्पन्न सेवा आएको हुँदा सम्पुर्ण नगरवासीहरुलाई आएर सेवा प्रदान गर्न अनुरो गरे । उक्त शिविर आउँने शुक्रवार विहान ७ः३० बजे देखि जिल्ला अस्पत...
गाई भैंसी गाठालो गरेको मान्छे शहरमा हवाईजहाजको गोठालो गर्दैछु : सुदन किराती

गाई भैंसी गाठालो गरेको मान्छे शहरमा हवाईजहाजको गोठालो गर्दैछु : सुदन किराती

Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, बेशाख १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गाउँमा गाई भैंसी गोठालो गरेर आएको आफुले शहरमा हवाईजहाजको गोठालो गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेको र आज राति आफुले राम्ररी थाहा पाएको बताए । गएराति फ्लाइ दुबईको विमान काठमाडौंबाट उडेलगत्तै विमानबाट विस्फोटको आवाज आएको थियो भने केहिबेर काठमाडौं र धादिङको आकाशमा राउण्ड लगाएर आफ्नो गन्तब्य दुबई नै गएको थियो । मन्त्री किरातीले जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा समेत स्पष्ट पारेका छन् । नकरात्मक हल्ला फौलाउने बानी सबैलाई छाड्न आग्रह गर्दै ‘उनले भने’ कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्ने उनको भनाई छ ।...
महानगरले पुरानो बसपार्कको प्रहरी बिटमा भत्कायो

महानगरले पुरानो बसपार्कको प्रहरी बिटमा भत्कायो

समाचार
पूर्णपुष्टि,वैशाख १२ । काठमाडौं महानगरपालिकाले डोजर लगाएर पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ । सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार काठमाण्डौको भ्यु टावर नजिक रहेको पुरानो बसपार्कको सडक पेटीमा रहेको प्रहरी बिट हटाएको हो । महानगरले पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या पौदा भएको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ । सडक अतिक्रमण गरी बनाएको संरचनाहरु भत्काउने अभियान योजनाअनुसार काम अघि बढाएको जनाएको छ ।...
चितवन क्षेत्र नं २ मा भारी मतान्तर सहित पुन : रवी निर्वाचित

चितवन क्षेत्र नं २ मा भारी मतान्तर सहित पुन : रवी निर्वाचित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ । राष्ट्रिय सभा सदस्यका लागी भएको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरी निर्वाचित भएका छन् । उनले नेपाली काग्रेसका उम्मेदवार जित नारायण क्षेष्ठलाई ४३०६१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । अन्तिम मत परिणाममा लामिछानेले ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन् । यसअघि मंसिर ४ मा भएको चुनावमा ४९ हजार ३०० मत सहित निर्वाचित भएका लामिछानेले अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा सांसद पद गुमाएका थिए । उनको पद गुमेपछि पुन उपनिर्वाचन गर्नुपरेको हो ।...
कांग्रेसका उम्मेदवार क्षेष्ठले रवीलाई दिए बधाई

कांग्रेसका उम्मेदवार क्षेष्ठले रवीलाई दिए बधाई

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ । चितवन क्षेत्र नं २ मा कांग्रेसबाट उम्मेदवार बनेका जित नारायण क्षेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई बधाई दिएका छन् । उनले मत गणनास्थलमा पुगेर रवीलाई बधाई दिएका हुन् । ३७ हजारबढी मतान्तरले अगाडि रहेका रविले जित्ने पक्का भईसकेको छ भने मतगणनाको अन्तिम परिणाम नआउँदै कांग्रेस उम्मेदवार जितनारायणले रास्वपा उम्मेदवार लामिछानेलाई बधाई दिएका हुन्। रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए । ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ‘उनले भने’ जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्छ । लामिछानेले अहिलेसम्म ४५ हजार ८ सय ४२ मत ल्याइसकेका छन् भने जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपा...
जनताबाट पाएको मतको गुन विकास गरेर तिर्छु : सांसद वाग्ले

जनताबाट पाएको मतको गुन विकास गरेर तिर्छु : सांसद वाग्ले

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका स्वर्णीम वाग्लेले जनताबाट पाएको मतको गुन विकास गरेर तिर्ने बताएका छन् । तनहुँ क्षेत्र नं –१ बाट निर्वाचित वाग्लेले प्रमाणपत्र ग्रहण गर्दै तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । उनले स्थानिय मात्र नभई देशको मुद्धा उठाउने र जनताबाट पाएको मतको गुन यहाँको विकास गरेर तिर्ने बताए । सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता सहित देश विकासका मुद्धा उठाउने बताए ।...
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार वाग्ले निर्वाचित

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार वाग्ले निर्वाचित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णीम वाग्ले निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । तनहुँ क्षेत्र नं १ मा मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो भने उपनिर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । जसमध्ये वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदै निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द २० हजार १२२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाएका छन् । त्यस्तै राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । वाग्लेले भट्टराईको भन्दा १४ हजार ७ सयभन्दा बढी मत पाएका छन् । मंसिर ४ को चुनावबाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपत...
२०७२ सालको विनाशकारी भूकम्प आठ वर्ष पूरा

२०७२ सालको विनाशकारी भूकम्प आठ वर्ष पूरा

समाचार
पूर्णपुष्टि,वैशाख १२ । नेपालमा २०७२ सालको विनाशकारी भूकम्प गएको आठ वर्ष पूरा भएको छ । ०७२ वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो । राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्याङ्क अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए । भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । सो भूकम्पबाट ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा सङ्खुवासभा, भोजपुर, धनकुटा, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी, ...