Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

चितवन उपनिर्वाचन अपडेट : कस्को किता मत आयो ?

चितवन उपनिर्वाचन अपडेट : कस्को किता मत आयो ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १२ । चितवन–२ को उपनिर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।...
आज ‘विश्व औलो दिवस’ मनाइँदै

आज ‘विश्व औलो दिवस’ मनाइँदै

समाचार
पूर्णपुष्टि,वैशाख १२ । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्ष ‘विश्व औलो दिवस’ मनाइँदै छ। विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले यो दिवस मनाउने गरिन्छ । नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमन सिंहले औलो निवारणका लागि जोखिम क्षेत्रमा स्कृनिङ गर्नुका साथै क्रस बोर्डरको संयन्त्रको राम्रो सदुपयोग गर्नुपर्ने बताए । त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाले दासले सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पुर्‍याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको बताए । औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बत...
सिंहदरबारको फोहोर १५ दिन पछि उठाउँन सुरु

सिंहदरबारको फोहोर १५ दिन पछि उठाउँन सुरु

समाचार
पूर्णपुष्टि,वैशाख ११ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउँन निर्देशन दिएपछि करिव १५ दिन पछि सिंहदरबारको फोहोर उठ्न थालेको छ । महानगरका मेयर बालेन्द्र साहले गत चैत्र २६ गते देखि सिंहदरबार क्षेत्रको फोहोर उठाँन बन्द गरेका थिए । मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए । उनले आफ्नै अडानको कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो । सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौंको मेयर बालेनले फोहोर उठाउनको...
गाईघाटमा संञ्चालित १५ दिने सिलाई मेशिन मर्मत तालिम सम्पन्न, व्यवसायीहरु उत्साहित

गाईघाटमा संञ्चालित १५ दिने सिलाई मेशिन मर्मत तालिम सम्पन्न, व्यवसायीहरु उत्साहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख ११ । चैत्र २७ देखी गाईघाटमा सुरु भएको सिलाई मेशिन मर्मत तालिम आज सम्पन्न भएको छ । त्रियुगा नगरपालिका ११ जगत भवन स्थित नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कार्यालयमा संञ्चालन भैरहेको तालिम सोमवार सम्पन्न भएको हो । तालिमलाई घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेका थिए भने सिलाई व्यवसायी संघ उदयपुरले समन्वय गरेका थिए । तालिममा २० जना सिलाई व्यवसायीहरुले सहभागीता जनाएका थिए । घरेलु उद्योगका कार्यालय प्रमुख नरेन्द्र पराजुलीका अनुसार व्यवसायीहरुलाई काममा सहज गराउन उक्त तालिमको आयोजना गरिएका थिए । सहभागी सबै व्यवसायीहरुले तालिमबाट भरपुर ज्ञान प्राप्त गर्नुका साथै यस ज्ञानलाई सदुपयो गर्दै व्यवसायलाई थप सहज बनाउन सक्ने जनाए । तालिममा बिषेशगरी महिलाहरुले सहभागी जनाएको प्रमुख पराजुलीले जनाए । सानो तिनो मेशिनको समस्यालाई समेत मर्मत गर्न नसक्दा ठुला ठुलो दुख र क्ष...
एसीसी मेन्स प्रिमियर कप : मौसमको कारण खेल रद्ध, समुह ‘ए’ बाट नेपाल सेमिफाईनलमा

एसीसी मेन्स प्रिमियर कप : मौसमको कारण खेल रद्ध, समुह ‘ए’ बाट नेपाल सेमिफाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ११ । एसीसी मेन्स प्रिमियर कपमा आज नेपालले साउदी अरवसँग खेल्न लागेको खेल रद्ध भएको छ । मुलपानी मौदानमा बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल मौसमको कारण टस हुन नसकेपछि रद्ध हुन पुगेको हो । खेल रद्ध भएसँगै साउदीसँग अंक बाड्दै नेपाल समुह ‘ए’ बाट सेमिफाईनलमा प्रवेश गरेको छ । तिन खेलमा २ जितसहित नेपालले ५ अंक जोड्दै सेमिफाईनलमा स्थान बनाएको हो । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ । तेस्रो स्थानमा समान खेलबाट २ अंक जोडेको मलेसिया छ भने साउदी अरव २ अंकसहित चौथो स्थानमा छ । त्यस्तै यस समुहमा कतारले मात्र अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेल कतारसँग खेल्नुपर्ने छ । बौशाख १४ गतेको खेलमा कतारलाई हराए नेपाल समुह ‘ए’ को विजेता हुनेछ । समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने दोस्रो टिम हुनेछ ।...
कलाकार रियाशा दाहाल भिक्टर सँग विवाह गर्दै

कलाकार रियाशा दाहाल भिक्टर सँग विवाह गर्दै

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,वैशाख ११ । पछिल्लो समय कलाकारिता क्षेत्रमा प्रख्यात नाम कमाएकी कलाकार रियाशा दाहालले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल सँग विहा गर्ने भएकी छीन् । बिजत तीन वर्षदेखिको प्रेम सम्बन्धमा रहेका यी जोडीले आगामी २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । यता भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । ३६ लाख बढी लाइक भएको पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।...
एसीसी मेन्स प्रिमियर कप : मौसमको कारण खेल प्रभावित, साउदीसँग अंक बाडेँपनि नेपाल सेमिफाईनलमा

एसीसी मेन्स प्रिमियर कप : मौसमको कारण खेल प्रभावित, साउदीसँग अंक बाडेँपनि नेपाल सेमिफाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ११ । एसीसी मेन्स प्रिमियर कपमा तेस्रो चरणको खेल आज नेपालले साउदी अरवसँग खेल्न लागेको छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल खराब मौसमको कारण प्रभावित भएको छ । साढे ९ बजे पानी रोकिन लागेपछि पीच कभर हटाएर टसको तयारी गरिएपनि पुनः पानी पर्न थालेपछि प्रक्रिया रद्ध भएको थियो । आजको खेल दिउँसो २ बजेलाई कटअफ टाइम तेकिएको छ भने २ बजेसम्म टस हुन नसकेको खण्डमा खेल रद्ध गरिने छ । त्यस्तै खेल रद्ध भएमा दुबै टिमले १–१ अंक पउनेछन् भने अंक बाडेको खण्डमा नेपाल सेमिफाईनलमा पुग्ने छ । दुई प्रतियोगिता जितेको नेपालको ४ अंक रहेको छ भने साउदीसँग अंक बाँड्दा ५ पुग्ने छ । तीन खेलबाट ४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ । त्यस्तै समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा र साउदी अरब २ अंक सहित चौथोमा छ । नेपालले समुह चरणको अन्तिम खेल बैशाख १४ गते कतारसँग खेल...
एफएकपको फाईनलमा दुई म्यानचेष्टर क्लब भिड्ने

एफएकपको फाईनलमा दुई म्यानचेष्टर क्लब भिड्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ११ । एफएकपको फाईनल खेलमा दुई म्यानचेष्टर क्लब भिड्ने भएको छ । उपाधिको लागी न्यान्चेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड बिच भिडन्त हुने भएको हो । पहिलो सेमिफाइनल खेलमा शेफिल्ड युनाइटेडलाई हराउँदै सिटी फाईनलमा पुगेको थियो भने दोस्रो सेमिफाईनलमा युनाईटेडले ब्राइटनलाई पेनाल्टी सुटआउटमा हराएपछि दुई म्यान्चेस्टर क्लबबिच भिडन्त हुने पक्का भएको हो । आइतबार राति लण्डनस्थित वेम्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटसहित अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा युनाइटेडका सातै खेलाडीले गोल गर्न सफल भएभने ब्राइटनका एक खेलाडीले गोल गर्न चुकेका थिए । त्यसअघि ब्राइटनका लागि अन्तिम प्रहार गरेका सोली मार्चको पेनाल्टी प्रहार बारमाथि गएको थियो । युनाइटेड र सिटीबीचको फाइनल खेल आगामी जुन ३ मा हुनेछ ।...
सन्दिप विरुद्धको मुद्धाको आज अन्तिम सुनुवाई

सन्दिप विरुद्धको मुद्धाको आज अन्तिम सुनुवाई

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख ११ । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुदाको आज अन्तिम सुनुवाई हुने भएको छ । नाबालिक बलात्कार आरोप लागेका लामिछाने विरुद्धको मुद्धा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा हुनेछ भने पेशी चौथौ नम्बरमा छ। यसअघि शंकर बरालको इजलासले चैत २६ गते लामिछानेविरुद्धको मुद्धामा दुई साक्षीको बकपत्र नभएको कारण साक्षी बुझाउन आदेश दिएको थियो । फास्ट ट्र्याकबाट सन्दिप विरुद्धको मुद्धा किनार लागउन सर्वोच्चले फागुन १५ गते आदेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार उनको मुद्धाको अन्तिम सुनुवाइ हुन लागेको हो । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप विरुद्ध २१ भदौमा जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिईन् । प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दिपलाई नेपाल क्रिकेट संघ (क्यान) ले...
आज लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

समाचार
पूर्णपुष्टि,वैशाख ११ । आज अप्रिल २४ अर्थात १७औँ लोकतन्त्र दिवस । आज चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। विसं २०६२–०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालको अन्त्यको सम्झनामा हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइएको हो । यो दिवस विसं २०६४ सालदेखि देशभर मनाउन सुरुगरिएको हो यस दिनलाई नेपाली जनताहरूले आफू विजयी भएको दिनको रूपमा स्मरण गर्दछन् । निरङ्कुश राजतन्त्रले २०६२–६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पछि वैशाख ११ गते घुँडा टेकेको थियो । त्यति बेला १९ दिने ऐतिहासिक जनआन्दोलन र सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरू बिच १२ बुँदे सहमति भएको थियो। पुनः स्थापित...