Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

रास्वपाका स्वर्णिम दोब्बरभन्दा बढी मतले अगाडि,कसले कति पाए ?

रास्वपाका स्वर्णिम दोब्बरभन्दा बढी मतले अगाडि,कसले कति पाए ?

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख ११ । आइतबार तनहुँ १ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ । आज बिहान साढे सात बजेसम्म २० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ । कुल ६३ हजार ७ सय ५७ मत खसेको तनहुँमा अहिलेसम्म १३ हजार ६५ मत गणना भएको छ । प्राप्त पछिल्लो मत परिणाममा तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमल...
खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिकामा स्रष्टा सम्मान तथा गान विमोचन

खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिकामा स्रष्टा सम्मान तथा गान विमोचन

समाचार
पूर्णपुष्टि,वैशाख ११ । खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिकाले आइतवार पालिका गान विमोचन तथा सार्वजनिकिकरण गरेको छ । पालिकाको साझा भावना एवम् साझा परिचयलाई मुखरित गर्न निर्माण गरिएको गाउँपालिकाको गान विमोचन तथा सार्वजनिकिकरण गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले पालिका गान स्विच अन गरी विमोचन गर्नुभएको हो । पालिकाले गान संगितकार, गान रचनाकार र गान गायर्न निर्माणमा योगदान पु¥याउनु हुने स्रष्टाहरुलाई विभिन्न विधामा प्रशंसा पत्रका साथमा नगदसहित सम्मान गरिएको छ । गाउँपालिका गान रचनाकार गोपालचन्द्र राई गाउँपालिकामा रचना उपलब्ध गराई द्वित्तिय सुवास पराजुली तृत्तिय ओमसरा राई, सान्त्वना नरेन्द्र राई (निर्विकार) र सान्त्वना बिजय राईलाई प्रशंसा पत्रका साथमा नगदसहित सम्मान गरिएको हो । गाउँपालिका गान संगितकार तर्फ बिजय राई (तोरेम्पा हाङ), गाउँपालिका गान निर्माण समिति तर्फ संयोज रुपकुमार राई सदस्य ब...
‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’को उपाधी दिलीप राईलाई

‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’को उपाधी दिलीप राईलाई

समाचार
पूर्णपुष्टि,वैशाख ११ । खोटाङ कलाकार समाजद्धारा आयोजित ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’को उपाधी दिलीप राईले हात पारेको छ । गायन विद्या तर्फका प्रतिश्पर्धी राईले आईतवार सम्पन्न फाइनल अडिसनमा १५ जना प्रतिश्पधीहरुलाई पछि पार्दै प्रतियोगिताको उपाधी हात पर्न सभफल भएको हो । ‘गाउँपालिका तारा’का लागि गाउँपालिकाभित्रका ३९ जनाले अडिसन दिएका थिए । ती मध्य प्रदीप राईले दोश्रो स्थान हासिल गर्नु भएको छ । यता तेश्रो स्थानमा संग्राम राई रहेको गाउँपालिकाका सुचना अधिकारी पिएस्पी चाम्लिङले बताए । आफ्नो सुमधुर स्वरले सबैको मन जित्दै प्रथम स्थान प्राप्त गरेका दिलीपले नगद १ लाख साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने अवशर पाएका छन् । यस्तै, दोश्रो स्थान प्राप्त गर्ने प्रदीप र तेश्रो स्थान प्राप्त गर्ने संग्रामले क्रमशः नगद ६० हजार र ३५ हजार ट्रफी पाएका छन् । गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको ख...
चितवन,बारा र तनहुँ गरी तीन क्षेत्रका उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

चितवन,बारा र तनहुँ गरी तीन क्षेत्रका उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । आईतवार चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे । ‘पौने पाँच बजेको स्थिति हेर्दा तीनवटै स्थानको ५५ र ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ’, प्रमुख थपलियाको भनाइ छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । चितवनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेको नागरिकता विवदाको क्रममा रिक्त रहेको थियो । त्यस्तै तनहुँ र बारा...
चौदण्डीगढीको बेतिथि विरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई  ज्ञापन पत्र

चौदण्डीगढीको बेतिथि विरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १० । चौदण्डीगढी नगरपालिकाको बेथिति बिरुद्ध बिभिन्न५ दलले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएको छ । उनिहरुले नगर प्रमुख कालुमान लामा र उस माताहतका कर्मचारीहरुले जनताको राजश्वमाथी मनपरी गरेको जनाएको छ । उनिहरुले नदीजन्य उत्खनन प्रक्रिया नपुराई ठेक्का लगाएर आर्थिक चलखेल, नदीजन्य पदार्थ उत्खननगरी जिल्ला वाहीर निकासी र राजनितिको प्रतिशोतमा पालिका क्षेत्रभित्र रहेका शिक्षकहरुलाई मनपरी सरुवा गरेको लगायत बुद्धामा ज्ञापन पत्र बुझाएको हो । नेपाली कांग्रेस नगर सभापति राजेन्द्र प्रसाद पौडेल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष दिनेश राई, जनता समाजवादी पार्टीका गोपाल राई क्षेत्रीय सभापती, राप्रपा नेपाल राम बहादुर खत्री नगर सभापति र नेकपा एकिकृत समाजवादीका जि.स.स लोप्साङ शेर्पा हस्ताक्षर बिज्ञाप्तीमा संयुक्त बिज्ञाप्ती जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय सिंहद...
भरतपुरमा दुई पक्ष विच धकेलाधकेल भएपछि मतदान स्थगित

भरतपुरमा दुई पक्ष विच धकेलाधकेल भएपछि मतदान स्थगित

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । भरतपुरको एक मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरु विच नाराबाजी भएपछि एक केन्द्रको मतदान स्थगित भएको छ । भरतपुर–११, स्थित नयाँ किरण माविमा मतदान स्थगित भएको हो। पार्टीका उम्मेदवार लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए । लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो । रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ । धकेलाधकेल भएपछि लामिछाने फेसबुक लाइभमा आएर आफू त्यहाँ पुग्दा समर्थकले सामान्य रूपमा स्वागत गरेको बताए । उनले भने मंसिरको चुनाव आफू मतदान केन्द्रमा पुग्दा योभन्दा ठूलो स्वागत भएको उनले बताएका छन् । उनले मतदानलाई शान्तिपूर्ण तरिका स...
चितवनमा रविका समर्थक र प्रहरी बीच तनाव ग्रस्त

चितवनमा रविका समर्थक र प्रहरी बीच तनाव ग्रस्त

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । चितवनको भरतपुर महानगपालिका ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा राष्ट्रिय स्तन्तत्र पार्तीका सभापति एवम चितन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेको समर्थक र प्रहरी बिच केहीबेर तनाव ग्रस्त भएको छ । उम्मेदवार लामिछाने मतदान स्थलमा आउँन वित्तीकै उनका समर्थहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो । त्यस क्षेत्रमा नाराबाजी पछि तनाव सिर्जना भएको लगत्तै भागाभाग मच्यो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो । रविले पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनी विभिन्न मतदानस्थलमा पुगिरहेका र अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।...
पाल्पा बस दुर्घटना : गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

पाल्पा बस दुर्घटना : गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि,वैशाख १० । पाल्पाको जोरधारमा आज विहान भको बस दुर्घटनामा परि गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाप्लाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक (डिएसपी) वीरेन्द्र थालाका अनुसार आज विहान बुटलबाट बाग्लुङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको (डिएसपी) थापाले जानकारी दिए । मृतकको परिचय नखुलेको डिएसपी थापाले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दार कार्य थालिएको जानकारी दिए। उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ...
अमृतपाल सिंह भारतबाटै पक्राउ

अमृतपाल सिंह भारतबाटै पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १० । खालिस्तानको अभियान चलाईरहेका अमृतपाल सिंह भारतबाटै पक्राउ परेका छन् । आइतबार बिहान पन्जाबबाट सिंहलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको भारतीय सञ्चार माध्यामले उल्लेख गरेको छ । मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका सिंहलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ। शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका थिए । लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए । उनका थुप्रै समर्थकहरुलाई पञ्जाबबाट प्रहरीले पक्राउ गरेको थियो भने सिंह लुकीछिपि बस्दै आएका थिए । संगठनका नाईके अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । भ...
पहिचान विरोधीहरुको शासन व्यवस्था अब ध्वस्त हुन्छ : पूर्व मन्त्री किराती

पहिचान विरोधीहरुको शासन व्यवस्था अब ध्वस्त हुन्छ : पूर्व मन्त्री किराती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १० । “कति सय लाग्छ त्यो थाहा छैन् तर पहिचान विरोधी शासन व्यवस्था अब नेपालमा ध्वस्त हुन्छ, ‘किनाकी गाउँगाउँमा पहिचान आन्दोलनको सन्देश पुगिसेको छ ।” किरात गणराज्य मोर्चाका अभियान्ता तथा संयोजक गोपाल किरातीले भने,” पूर्व मन्त्री समेत रहेका किरातीले शनिवार गाईघाट स्थित किरात गणराज्य मोर्चा संगठको क्रममा यस्तो बताएका हुन् । उनले पछिल्लो समय प्रदेश नामाकरणको बिषयमा सरकारले यहाँको पहिचान मेटाउन खोजेको आरोप समेत लगाए । जाबो एउटा पहिचानको नाम सम्म स्वीकार्न नसक्ने सरकारले भोली यहाँको आदिवासी जनजातिहरुलाई अधिकार कसरी संरक्षण गर्छ ? उनले प्रश्न गरे । विस्तारी पहिचान मेटाउँदै यहाँको मुलवासीहरुलाई लखेट्ने र देश विहिन बनाउने अहिलेको दल र सरकारको उदेश्य रहेको समेत किरातीले जनाए । यसका लागि हामि सबै पहिचानवादी जातजातिहरु जाग्नु पर्ने पर्छ उनले भने, । राईले पूर्वमा किराती पहिचान खोस...