Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

चितवन,तनहुँ, र बारा २ मा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

चितवन,तनहुँ, र बारा २ मा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज (आइतबार) तीन जिल्लामा मतदान हुँदैछ । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुन लागेको मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो। नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ रिक्त थियो । बारा–२ मा जनता समाजवादीका अध्यक्ष रामसहायप्रसाद यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतका उम्मेदवार छन्। तनहुँ–१ नेपाली कांग्रेसब...
आज अन्तर्राष्ट्रिय पुस्तक दिवस

आज अन्तर्राष्ट्रिय पुस्तक दिवस

समाचार
पूर्णपुष्टि,वैशाख १० । आज अप्रिल २३ तारिख अर्थात अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले २३ अप्रिल सन् १९९५ देखि मनाउन सुरु गरेको यो दिवस नेपालमा भने पाँच वर्षअघिदेखि मात्रै मनाउन थालिएको हो । दिवसका अवसरमा मंगलवार नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको आयोजनामा ‘हातहातमा पुस्तक, घरघरमा पुस्तकालय’ भन्ने नाराका साथ विचारगोष्ठी आयोजना गरेको छ । यसैबीच सत्याल बुक्स एन्ड स्टेसनरीले पाठ्यक्रममा आधारित पुस्तकका सारांश समेटेर प्रकाशित विद्यालयस्तरीय अभ्यास पुस्तिका सोमावर सार्वजनिक गरेको थियो । गणित, अङ्ग्रेजी, नेपाली, विज्ञानजस्ता विषयमा ती अभ्यास पुस्तिका प्रकाशन भएको प्रकाशनका प्रबन्ध निर्देशक अजय सत्यालले बताउनुभयो । नेपालमा केही वर्षयता पढ्ने बान...
‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ प्रतियोगिता सुरु

‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ प्रतियोगिता सुरु

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,वैशाख ९ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा खोटाङ कलाकार समाजद्धारा आयोजित ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ प्रतियोगिता सुरु भएको छ । पालिकाले स्थानीय स्तरमा गायन तथा नृत्य क्षेत्रमा रुची भएका र लुकेका प्रतिभाहरुलाई खोजी एवम ती प्रतिभाहरुलाई प्रस्फटन तथा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाको आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेटमा समावेश गरी दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२को आयोजना गरिएको हो । यस प्रतियोगितामा दुवै विद्याका अडिसन आज शनिवार सम्पन्न भैसकेको छ । अडिसनबाट गायन तर्फकोबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका क्षेत्र भरीका ३९ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागिता मध्यबाट १५ जनाले फाइनल राण्डमा आफ्नो सीट सुरक्षित बनाएको छ । छनोटमा पर्नेहरु क्रमशः संग्राम राई, प्रदिप राई, देउराज राई, रमेश खड्का, रेशम भुजेल, भुपेन्द्र मगर, सुव...
उदयपुरमा किरात जनगणराज्य मोर्चा गठन, प्रदेश नामाकरण संघर्ष समितिलाई सघाउने

उदयपुरमा किरात जनगणराज्य मोर्चा गठन, प्रदेश नामाकरण संघर्ष समितिलाई सघाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ वैशाख । उदयपुरमा पनि किरात जनगणराज्य मोर्चा गठन भएको छ । शनिवार गाईघाट स्थित होटल टाउन हलमा २५ सदस्यीय कार्यसमिति रहने गरी मोर्चा गठन भएको हो । किरात जनगणराज्य मोर्चाका अभियान्ता गोपाल किराँतीको उपस्थितिमा मोर्चा गठन गरिएको छ । मिन वहानुर राईको संयोजकत्वमा हाललाई १६ सदस्यीय कार्यसमिति गठन गरियो । २५ जना कार्यसमित रहने गरी निर्मण हुने उक्त मोर्चाको गठनमा बाँकी सदस्यलाई पछि थप गरिने छ । अभियान्ता राईले यस मोर्चाले कोशी प्रदेश खारेजी र पशिचान मुखी नामकरणमा भैरहेको संघर्ष समितिलाई सघाउने जनाए । उक्त मोर्चाले प्रदेश नं १ पून : नामाकरण संघर्ष समितिलाई सहयोग गर्ने जनाएको छ । यसले आन्दोलनलाई थप सफलता बनाउन एउटा इटाको रुपमा सक्ति थप्ने काम गरेको राईले जनाए । राईले उक्त आन्दोलनलाई साथ दिँदै निरन्तर रुपमा अगाडी बढाउन यस मोर्चाको मुख्य भुमिका र दायित्व रहेको जनाए । उदयपुर सहित हाल प्...
साउनेको एक घरमा आगलागी, करिव १५ लाख बराबरको क्षति

साउनेको एक घरमा आगलागी, करिव १५ लाख बराबरको क्षति

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख ९ । त्रियुगा नगरपालिका वडा नम्बर १४, साउनेको रातमाटेमा अवस्थित एक घरमा आगलागी भएको छ । स्थानीय समिल माझीको घरमा आगलागी हुँदा लत्ताकपडा खाद्यान्न गरी करिव १५ लाख बराबरको क्षति भएको टोल विकास संस्थाका अध्यक्ष भानु नारायण श्रेष्ठले बताउनुभएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आज शनिवार दिउँसोको करिव ४ बजे देखि माझीको घरमा आगलागी हुन सुरुभएको हो । उक्त घर काठै काठले निर्माण भएको घर पूर्णरुपले क्षेती भएको हुँदा आगो नियन्त्रण गर्न मुस्किल भएको उहाँले बताउनुभयो । आगलागीमा परी घर भित्र रहेका खाद्यन्न सामाग्री लत्ताकपडा साथै नगद १५ हजार रकम सहित जलेर नष्ट भएको छ । काठको प्रयोगमा बनेको घर भित्र खयार जस्ता बस्तुहरु समेत राखेको रहेको बताइएको छ । करिव दिउँसोका ४ बजेबाट सुरु भएको आगलागी स्थानीयहरुको रोहवरमा नियन्त्रण कार्य जारी छ । तसर्थ घर देखि पानी ल्याउँन टाढा जानु परेकाले अझै सम्म...
चौदण्डीगढीमा मोटरसाईकल दुर्घटना, सवारी चाकल गम्भीर घाइते

चौदण्डीगढीमा मोटरसाईकल दुर्घटना, सवारी चाकल गम्भीर घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख ९ । जिल्लाको चौदण्गढी नगरपालिका वडा नम्बर ६, स्थित रातमाटेमा मोटरसाकल दुर्घट्ना भएको छ । शनिवार दिउँसो के.टि.एम कम्पनिका २०० सिसिको बा ८५ प ७५९० नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको हो । दुर्घट्नामा परी गम्भीर घाइते अवस्थाका चालकको कागजात अनुसार सबिन लिम्बु खुलेको छ । उनको घर मोरङ घर उल्लेख भएका छ । दुर्घटना प्रश्चात उनलाई चौदण्डीगढी हस्पिटलमा उपचारको लागि लगिएको थियो । गम्भीर घाईते भएका लिम्बुको उपचार त्यहाँ हुन नसकेकोले बिराटनगर रिफर गरिएको छ ।...
सहकारी फोडी लुटपाट गर्ने ४ जना पक्राउ

सहकारी फोडी लुटपाट गर्ने ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ९ । मोरङमा सहकारी संस्था फोडी नगद लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका–५ मोरङका ४० बर्षीय दिलिप कुमार चौधरी, २८ बर्षीय ईरज धामी, सर्लाही लालबन्दी–२ का ३५ बर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर–५ का २६ बर्षीय मिथिलेश महत्तो रहेका छन । उनिहरुले मोरङको ग्रामथान गाँउपालिका–२ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गत चैत्र २ गते राती बैङ्कको ढोका फोडी फलामको सेफ बाकसमा राखेको नगद ७ लाख ७७ हजार १८ रुपैया चोरी गरेका थिए । रकम चोरी भएको जानकारी प्राप्त भए संगै इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान तथा खोज तलास सुरु गरिएको थियो । चोरी तथा डाका गरी फरार रहेका ४ जनालाई सर्लाहीको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालतमा ...
नेपालमा भित्रियो ९ महिनामा १७ करोडभन्दा बढीको पापड

नेपालमा भित्रियो ९ महिनामा १७ करोडभन्दा बढीको पापड

समाचार
पूर्णपुष्टि,बैशाख ९ । चालु आर्थिक बर्ष २०७९–८० को ९ महिनामा १७ करोडभन्दा बढीको पापड नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्म १७ करोड ७८ लाख रुपैयाँ बराबरको पापड आयात भएको हो । विभागका अनुसार ९ लाख ७९ हजार किलोग्राम बराबरको पापड आयात भएको छ भने पापड ल्याउँदा आयात कर्ताले ९ करोड ४० लाख रुपैयाँ राजश्व सरकारलाई बुझाएको छ । नेपालमा आयात हुने सबै पापड दक्षिण छिमेकी मुलुक भारतबाट ल्याईने गरिएको छ भने नेपालदेखी पनि पापड वेदेशर्फ निर्यात हुने गरेको छ । नेपालबाट पापड, दालमोट र भुजियाका रुपमा एकमुष्ट २१ करोड रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।...
कञ्नपुरमा महिलाको ज्यान लिने पाटे बाघ नियन्त्रणमा

कञ्नपुरमा महिलाको ज्यान लिने पाटे बाघ नियन्त्रणमा

समाचार
पूर्णपुष्टि,बैशाख ९ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ खप्टीनालाकी गंगा चन्दलाई घाँस काट्ने क्रममा आक्रमण गरी ज्यान लिने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ । शनिबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले पाटे बाघलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । खप्टीनाला नजिकै झाडीमा बसेको बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाड्ने तयारी रहेको । आक्रमणमा परी मृत्यु भएकी महिलाको शव पनि बाघलाई नियन्त्रणमा लिएको स्थानमा नै भेटिएको थियो । उनको शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।...
फ्रेन्च लिग वानमा पिएसजीको सहज जित, लिग लिडर उपाधि तर्फ लम्कदैँ

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित, लिग लिडर उपाधि तर्फ लम्कदैँ

खेलकुद, समाचार
पूर्णपुष्टि,बैशाख ९ । फ्रेन्च लिग वानमा एन्गर्समाथि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । शुक्रबार राती भएको खेलमा पिएसजीले एन्गर्सलाई २–१ गोलले पराजित गरेको हो । एन्गर्सको मैदानमा भएको खेलको ९ औं मिनेट र २६ औं मिनेटमा पिसजीका लागी किलिएन एमबाप्पेले गोल गरेका थिए भने एन्गर्सका लागि सादा थिउबले ८७औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । यस जितसँगै लिग लिडर पिएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । यस सिजनमा सबैखाले प्रतियोगिता गरी एमबाप्पेले ३४ गोल गरिसकेका छन् । लिग लिडर पिसजीले ३२ खेलबाट ७५ अंक जाडेको छ भने दास्रो स्थानको मार्सेमाथि ११ अंकको अग्रता लिएको छ । मरासले एक खेल कम खेलेको छ भने एन्गर्स ३२ खेलबाट १४ अंक सहित अंक तालिकाको पुछारमा रहेको छ ।...