मेयर वस्नेतले पत्रकार गालिगलोज गरेको अडियो सार्वजानि भएपछि…
पूर्णपुष्टि, १७ फागुन ।
कार्यपालिका बैंठकमा पत्रकारलाई गालीगलौज गरेको अडियो सार्बजनिक भएपछि उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको सचिवालयले आज स्पष्टिकरण दिएको छ । सचिवालयले उक्त गाली गलौज पत्रकारमाथि लक्षित नभएको स्पष्टिकरण दिएको हो । उक्त अडियो कार्यपालिका सदस्यहरुलाई इंगित गर्दै बोल्ने क्रमको रहेको भनिएको छ ।
हिजोको कार्यपालिका बैंठकमा मेयर बस्नेतले गालीको क्रममा तल्लोस्तरको शब्द प्रयोग गरेको अडियोमा सुनिन्छ । मेयर जस्तो ओहदाबाट जो सुकैका लागि बोलिएको शब्द पाच्य किसिमको छैन । उक्त शब्दले पत्रकारिता तथा संचारक्षेत्रको गरिमामा आँच पुर्याउने कुनै आशय नरहेको जनाएको छ ।
हिजो विहान १० नं। वडाध्यक्ष किरण पाण्डेले भ्रष्टाचार गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कालोमोसो लाउनुपर्छ भन्ने सन्दर्भ जोडेर सार्बजनिकरुपमा बोलेका थिए । अघिल्लो कार्यपालिका बैंठकमा उनले बोलेको भ्रष्टाचारविरुद्...









