Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

ज्योति मगरले आज उदयपुर एक्स्पो तताउने

ज्योति मगरले आज उदयपुर एक्स्पो तताउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ माघ । उदयपुर एक्स्पोमा आज चर्चित गायिका ज्योति मगर आउने भएको छ । मगरले साँझ गाईघाट मा संञ्चालन भैरहेको एक्सपोलाई भव्य तताउने छिन् । त्रियुगा नदी किनारमा ११ गतेदेखी सुरु भएको एक्स्पोमा राष्ट्रिय कलकारहरुले दिनहुजसो मनोरञ्जन दिईरहेको छ । यस पहिले एलिना चौहान, प्रिती आले, सुबोध गौतम र अनु चौधरी लगायतका कलकारहरुले प्रस्तुती दिई सकेको अवस्था छ । मेलामा मनोरञ्जन सहित बिभिन्न ब्यपारिक स्टलहरुले दर्शक आकर्षक गरिरहेको छ ।...
प्रधानमन्त्री प्रचण्डद्वारा रौतामाई पालिकाभवन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा रौतामाई पालिकाभवन उद्घाटन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । उक्त भवन रु सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । साे अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उहाँले बताउनुभयो । शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधान...
प्रधानमन्त्री प्रचण्डद्धारा उदयपुर सिमेन्ट उद्योगक अवलोकन

प्रधानमन्त्री प्रचण्डद्धारा उदयपुर सिमेन्ट उद्योगक अवलोकन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० माघ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताउनुभयो । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताउनुभयो । उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।...
प्रधानमन्त्री प्रचण्डले आज उदयपुरमा दुई कार्यक्रम भ्याउने

प्रधानमन्त्री प्रचण्डले आज उदयपुरमा दुई कार्यक्रम भ्याउने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज उदयपुरमा दुई ओटा कार्यक्रम भ्याउने भएको छ । रौतामाई गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशाकीय भवनको उद्घाटन सँगै दाहालले उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन गर्ने भएको छ । दाहाल भवन उद्घाटन सकेर दुई बजे उद्योगगको अनुगमन गर्न आईपुग्ने कार्यक्रम रहेको छ । उद्योगको अनुगमन पछि तत्काल सिन्धुलीको कार्यक्रममा दाहालको कार्यक्रम रहेको छ ।...
स्लो साईक्लिङ प्रतियोगिता धरानका दिपसागर तामाङले जिते

स्लो साईक्लिङ प्रतियोगिता धरानका दिपसागर तामाङले जिते

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १९ । उदयपुरमा भएको स्लो साईक्लिङ प्रतियोगिता धरानका दिपसागर तामाङले जितेका छन् । शुक्रबार त्रियुगा नगरपालिका वडा नं ११ स्थित पिपल चोकमा बिहान ७ बजे भएको स्लो साईक्लिङ प्रतियोगिता तामाङले जितेका हुन् ।जिल्ला उद्योग बाणिज्य संघ उदयपुर र उदयपुर जिल्ला साईकल संघको समन्वयमा प्रतियोगिता आयोजना भएको हो । त्यस्तै त्रि.न.पा.१० बोक्सेका निमा शेर्पा दोस्रो र कुशाङ शेर्पाले तेस्रो स्थान हासिल गरे भने बिजेता उपबिजेता सबैमा बधाई तथा शुभकामना दिईएको थियो।...
रौतामाई गापाको प्रमुख प्रशासकीय भवन ७ करोड ८७ लाखमा सम्पन्न

रौतामाई गापाको प्रमुख प्रशासकीय भवन ७ करोड ८७ लाखमा सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १९ । भोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन हुने उदयपुरको रौतामाई गाउँपालिकाको प्रमुख प्रशासकीय भवन नेपाल सरकारको ७ करोड ८७ लाख बजेटमा निर्माण भएको हो । पालिका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार समायोजनसहितको उक्त बजेटमा भवन गत भदौमा निर्माण सम्पन्न भएको हो । भवनमा २८ वटा कोठा छन् । सुविधा सम्पन्न पक्की भवन निर्माणका लागि २०७७ साल असोजमा ठेकेदार कम्पनी रौतामा धुलिखेल सुसम आदिज्या जेभीसंग सम्झौता भएको थियो ।...
प्रधानमन्त्री प्रचण्डले रौतामाईको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने

प्रधानमन्त्री प्रचण्डले रौतामाईको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, १९ माघ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने भएको छ । उदयपुरको पहाडी पालिका रौतामाईको भुट्टारमा निर्माण भएको पालिकाको नयाँ भवन शनिबार प्रधानमन्त्री दाहालले बिषेश कार्यक्रमकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवन उद्घाटनको लागि दाहाल हेलीबाट भोली उदयपुर आउने आयोजकले जनाएको छ । आयोजक रौतामाई गाउँपालिकाले भवन उद्घाटन सँगै रौतामाई गाउँपालिकाको बिकासको बारेमा पनि धारणा राख्ने जनाएको छ । कार्यक्रम १० बजेदेखी सुरु भएर दुई बजे सकिने छ ।...
प्रधानमन्त्री दाहालले भोली उदयपुर सिमेन्ट उद्योगकको अनुगमन गर्ने

प्रधानमन्त्री दाहालले भोली उदयपुर सिमेन्ट उद्योगकको अनुगमन गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ माघ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले भोली उदयपुर सिमेन्ट उद्योगकको अनुगमन गर्ने भएको छ । शनिवार उदयपुर आउने कार्यक्रम रहेको दाहालले देशकै सभैभन्दा ठुलो उद्योगकको रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगको अनुगमन गर्ने भएको हो । पछिल्लो समय खस्किदै गएको उद्योगलाई दाहालले महत्वपूर्णका साथ चासो दिरहेको छ । अनुगमन सँगै दाहालले उद्योगकका बारेमा आफ्नो धारणा पनि राख्ने भएको छ ।...