Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

उदयपुरमा काठ बोकेको ट्रक सहित दुई जना पक्राउ

उदयपुरमा काठ बोकेको ट्रक सहित दुई जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २३ । उदयपुरमा काठ बोकेको ट्रक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बिरगञ्ज मनपा–१० बस्ने ३६ बर्षीय बलराम गिरी र ताप्लेजुङ फुङ्लिङ नगरपालिका–३ बस्ने २३ बर्षीय राजेश सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार चौनपा–६ स्थितमा काठ बोकेको ट्रक सहित उनिहरुलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ताप्लीबाट इनरुवा तर्फ जादै गरको ना.५ ख १५१ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा लोड भएका अन्दाजी ५ पाँच सय क्यू. फिट उत्तिस जातको गोलिया काठमा टाँचा नलगाई आवश्यक कागजाँच समेत नभएको अवस्थामा ट्रक चालक गिरी र सह चालक सुनुवारलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । उक्त काठ सहित नियन्त्रणमा लिई ईप्रका बेल...
स्तन क्यान्सर पीडित बोक्सेकी मनमायालाई अटो व्यवसायीहरुको आर्थिक सहयोग

स्तन क्यान्सर पीडित बोक्सेकी मनमायालाई अटो व्यवसायीहरुको आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ माघ । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी मनमाया मगर क्यान्सरले थलिएकी छिन् । उनि एक बर्षदेखी स्तन क्यानसरबाट पिडित छिन् । आर्थिक अवस्था कम्जोरका कारण उपचारमा असज भोगिरहेकी मगरलाई गाईघाटका अटो व्यवसायीहरुले आर्थिक सहयोग गरेको छ । ५५ वर्षीया मनमाया क्यान्सरले थलिएपछि निरन्तर उपचार हुँदै आएको छ । तर आवश्यक खर्चको अभावमा उपचार उत्ति सहज नभएको परिवारको भनाई छ । हाल चितवनको भरतपुरस्थित क्यान्सर हस्पीटलमा उपचाररत उनलाई गाईघाट बोक्से अटोव्यवसायी समूहले ६ हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ’ भन्ने कुरालाई आत्मा साथ गर्दै अटो व्यसायी सर्वधन राईले आफुहरुको सानो सहयोग क्यान्सर पिडित मनमायालाई हस्तान्तरण गरेको जनाए । कसैको जीवन बाँच्छ भने सुरक्षित यात्रा मात्र नभई सामाजिक सहयोगका लागि पनि तत्पर छौँ राईले भने, । राईका अनुसार यसअघि...
उदयपुर एक्स्पो २०८० धुमधामका साथ सम्पन्न

उदयपुर एक्स्पो २०८० धुमधामका साथ सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ माघ । उदयपुर एक्सपो २०८० सोमावार सम्पन्न भएको छ । गाईघाट स्थित त्रियुगा नदीमा संञ्चालन भएको एक्स्पो १२ दिन पछि समापन गरिएको हो । माघ ११ देखी सुरु भई १४ गते बाट औपचारिकता पाएका मेला सफलता पूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । जिल्ला उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा संञ्चालित मेलाले स्थानीय व्यपारीहरुको लागि बिषेश स्टलको र व्यपारको व्यवस्था गरेको थियो । सँगै अन्य जिल्ला बाहिरबाट पनि ब्यपारीहरु सहभागी भई आम्दानी गर्न सफल भएको छ । मेलामा रैथाने सामाग्री र परिकार, खेलकुद, मनोरञ्जन र ब्यपारलाई बिषेश प्राथामिकता दिईएको थियो । दुई दर्जन बढी राष्ट्रिय कलकारहरुलाई मेलामा सहभागी गराई दर्शकहरुलाई मनोरञ्जनमा सहभागी गराउनुका साथै मेलाको रौनकतामा बिषेश जोड दिईएको थिायो । समय थपेर २६ गते सम्म लगाउने भनिएको मेला थकान र धेरै खटानका कारण स्थगित गर्नु परेको आयोजकले जनाएको छ । मेला जिल...
उदयपुरका डम्बरबहादुर कायाकिङमा प्रथम

उदयपुरका डम्बरबहादुर कायाकिङमा प्रथम

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २३ माघ । उदयपुरका डम्बरबहादुर पुर्वथाने कायाकिङ प्रतियोगितामा प्रथम भएको छ । नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका पूर्वथाने पहिलो भएका हुन् । डम्बरबहादुरले सात किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पुरा गरे । यस्तै गोर्खाका दिपेश रानामगर निर्धारित दुरी ३६ मिनेट १० सेकेन्डमा पार गरी दोस्रो भए । चितवनका विजय गुरुङ ३७ मिनेट २१ सेकेण्डमा दुरी पार गरी तेस्रो भएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा अयोजना गरेको कायाकिङ प्रतियोगितामा सहभागी १८ प्रतिस्पर्धीलाई पुर्वथानेले पछि पारेका थिए । प्रतियोगितामा प्रहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे । आगामी वर्ष असोज...
उदयपुरमा दुई जना फरार प्रतिवादीहरु पक्राउ

उदयपुरमा दुई जना फरार प्रतिवादीहरु पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २२ । उदयपुरमा दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१० वस्ने वर्ष ३९ को देब कुमार खत्री र बर्ष ४२ की गिता खत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरु जारी मुद्धामा १ महिना कैद र रु १ हजार जरिवाना तोकेता पनी फरार रहेका उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न उदयपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।  ...
पत्रकार उर्मिला दनुवारलाई बैकुण्ठ उषा पत्रकारिता पुरस्कार

पत्रकार उर्मिला दनुवारलाई बैकुण्ठ उषा पत्रकारिता पुरस्कार

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २२ । उदयपुरका पत्रकार उर्मिला दनुवारलाई बैकुण्ठ उषा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल उदयपुर शाखाले आफ्नो २६ औँ स्थापना दिवसको अबसर पारेर दनुवारलाई सो पत्रकारिता पुरस्कार प्रदान गरेको हो । प्रेस चौतारी नेपाल उदयपुर शाखाका अध्यक्ष पुरुषोत्तम सापकोटाका अनुसार डेढ दशक देखी पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी संचारकर्मी रडियो उदयपुर एफ एममा कार्यरत उर्मिला दनुवारलाई पुरस्कार प्रदान गरिएको हो । पत्रकार दनुवार विगत १५ बर्ष देखि रेडियो पत्रकारिता गर्दै आएको र सूचनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै पुरास्कार प्रदान गरिएको आयोजक प्रेस चौतारी नेपाललको भनाई छ । दनुवार सम्वाददाता, समाचार तथा कार्यक्रम संयोजक हुँदै सहायक स्टेशन मेनेजरको भुमिका निर्वाह गरिसकेकी पत्रकार हुन् । दनुवारले पत्रकारिता बिषयमै स्नातक उत्तिर्ण समेत गरेकी छिन् । बैकुण्ठ उष...
गाईघाटमा फेसवुक म्यासेजबाट पैसा ठगी

गाईघाटमा फेसवुक म्यासेजबाट पैसा ठगी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ माघ । आफ्नै नातेदार भाई पर्ने निश्चल नामक फेसबुक आईडी बाट दिदिलाई म्यासेज आउँछ । ति भाईले दिदिलाई अत्यावश्यक पैसा चाहिएको भन्दै फेसवुकमा पैसाको माग गर्छ । फेसवुकमा भाईले पैसा माग गरेपछि दिदि अच्चम्म पर्छ कहिले पैसा नमागेको भाईले आज पैसा माग्यो । सुरुमा एक छिन अलमलिएर आफु सँग पैसा नभएपछि दिदिले भेना सित छ भने कुरा गर्छु है भन्छ । उता भाईले जति सक्दो चाँडो गर्नु पर्यो इर्मेजेन्सी पर्यो भन्दै दिदिलाई आपत बनाउँछ । दिदिले आफ्नो श्रीमानलाई भाईले पैसा मागेको बारे बताउँँछिन् । आफ्नै नातेदार सालोले पैसा माग गरेपछि कसरी नपठाउँ ? यी कुराकानी पश्चान श्रीमान श्रीमतीले निश्चल नाम गरेको सालो अर्थात भाईलाई पैसा पठाउने सहमति गर्छ । भेनाले पसलमा काम छाडेर आपत्तिएका भाईलाई पैसा पठाउँछ । पैसा पठाएको फेरी केहि छिनमा भन्छ दिदि यतिले पुगेना अझै अरु दश हजार पनि पठाईदिनुस न भन्छ । अन्य प...
गाईघाट उदयपुर एक्स्पोमा आज साहिमा र दुर्गेसले प्रस्तुती दिने

गाईघाट उदयपुर एक्स्पोमा आज साहिमा र दुर्गेसले प्रस्तुती दिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ माघ । गाईघाटमा संञ्चालन भैरहेको उदयपुर एक्स्पोमा आज दुई चर्चित कलकारले आफ्नो भव्य प्रस्तुती दिने भएको छ । जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा त्रियुगा किनारमा भैरहेको एक्स्पोमा आज नेपालका चर्चित कलकार साहिमा श्रेष्ठ र दुर्गेश थापाले प्रस्तुती दिने भएको हो । हिजो मात्रै ज्योति मगरले एक्स्पो तताईन् । मगरले ठुलो सँंख्यामा उपस्थित रहेको दर्शकहरुलाई मैदानमा उफारिन ।...
खानेपानी समितिको अध्यक्षमा खड्का र बस्नेतको उम्मेद्वारी

खानेपानी समितिको अध्यक्षमा खड्का र बस्नेतको उम्मेद्वारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २१ । त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई समिति (संस्था) को अध्यक्षमा ओमबहादुर खड्का र शंकरकुमार बस्नेतको उम्मेदवारी परेको छ । निर्वाचन समितिको मनोनयनपत्र दर्ता तालिका बमोजिम आज खड्का र बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् । २०७३ वैशाख १८ गतेको गएको चुनावमा बस्नेत अध्यक्ष र खड्का उपाध्यक्षमा एउटै प्यानलबाट विजयी बनेका थिए । निर्वाचित भएकाे करिव डेडवर्ष पछि आर्थिक अनियमितता, लापरवाही र मनोपोली निर्णय चलाए पछि अध्यक्ष बस्नेत पदमुक्त भइ बस्नुपरेको थियो भने खड्काले कार्यवाहक अध्यक्ष भई संस्था चलाएका थिए । उच्च अदालत ओखलढुंगाको फैसला आदेशबाट बस्नेत पद मुक्त भएका थिए । उनी आफैले अदालतमा लगाएको रिटमा आफ्नै गल्ती, कमजोरी प्रमाणीत भएपछि अदालतले पदमुक्त गराएको थियो । निर्वाचनमा उपाध्यक्षमा शुपराज राई र निगमकुमार कोइरालाको उम्मेदवारी परेको छ भने सचिवमा सन्तोष खड्का र नरेन्द्रकुम...
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आज उम्मेदवारी दर्ता हुदैँ

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आज उम्मेदवारी दर्ता हुदैँ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २१ । उदयपुरको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोत्ता समिति (संस्था) को आज उम्मेदवारी दर्ता भईरहेको छ । आईतबार खानेपानी तथा सरसफाई उपभोत्ता समितिको निर्वाचन कार्यालयमा बिहान १० बजेदेखी उम्मेदवारी दर्ता सुरु गरिएको हो । आज दिउँसो ४ बजे सम्म उम्मेदवारी दर्ता गरी ५ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक उज्वल सुवेदीले बताएका छन् । उम्मेदवारको विरुद्धमा २२ गते दिउँसो २ बजेसम्म उजुरी दिन सकिने समय तोकिएको छ भने निर्वाचनमा दुई पक्ष बिच प्रतिष्पर्धा हुने भएको छ ।...