Monday, April 20News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा सुनसफा गर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ, सफा गरेको १ तोला सुनमा आदितोला ठगी, सतर्क रहन प्रहरीको आग्रह

उदयपुरमा सुनसफा गर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ, सफा गरेको १ तोला सुनमा आदितोला ठगी, सतर्क रहन प्रहरीको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १४ उदयपुरमा सुन ठगी गर्नेको बिगबिगि रहेको पाइएको छ । सुन सफा गर्ने नाउमा ठगी गर्दै हिडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सहरसका ४५ बर्षिय अरुण साह र भारत बिहारकै ३० बर्षिय हरिराम साहलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले बिभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुन घटाएर सफा गरेको पाइएको छ । त्रियुगा नगरपालिका ४ बगाहामा तारा बहादुर राईको छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आदितोला बनाएर फिर्ता गरेको प्रहरीले जनाएको छ । बिभिन्न प्रलोभनमा पारी कमलाई राईले लगाईरहेको सुनको १ तोला सिक्रिलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनु पर्छ भनि झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पिडितले जनाएको छ । सफा गरी फिर्ता गरेको सुन पहिलाका भन्दा कम परिणामको देखिए पछि पिडितलाई संका लागि तोल...
नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, कार्तिक १४ नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । कैलालीमा नदीमा नुहाउने क्रममा भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनञ्जय र लायकराम चौधरीका १० वर्षीया छोरा अरविन्द्रको ज्यान गएको हो । उनीहरुको काडाँ नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।...
चार वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

चार वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १४ चार वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ परेको छ । जिल्लाको भिमदत्त नगरपालिका–१६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई प्रहरीले करणी गरेको अभियोगमा पक्राउ गरेको हो । सिहंले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सिहंमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा

राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १४ राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । केन्दीय तथ्यांक विभागका अनुसार घरघरमा गएर विरण संकलन गर्ने गणकका लागि शनिबारबाट अन्तिम चरणको तालिम शुरु भएको छ । ७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ । देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको काम मंसिर ९ गते पूरा हुनेछ । कुल ३९ हजार गणक देशैभर खटिनेछन् । गणकका लागि तालिम १३ कात्तिकबाट १६ कात्तिकसम्म चल्नेछ । ट्याब प्रयोग हुने काठमाडौंमा भने १७ गतेसम्म गणकको तालिम चल्ने विभागले जानकारी गराएको छ । तालिममा जनगणना क्षेत्रको पहिचान, सही तथ्यांक ल्याउन गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयता कायम राख्ने विषयमा जानकारी गराइने भएको छ । गणकको सानो गल्तीले तथ्यांकको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै ग...
बगाहामा तेस्रो वडा स्थरीय फुटवल प्रतियोगिता हिजोबाट सुरु

बगाहामा तेस्रो वडा स्थरीय फुटवल प्रतियोगिता हिजोबाट सुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १४ त्रियुगा नगरपालिका ४ बगाहामा तेस्रो वडा स्थरीय फुटवल प्रतियोगिता हिजो शनिवार बाट सुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ हरेक बर्ष गर्दै आएको प्रतियोगिता यो बर्ष पनि गरिएको हो । प्रतियोगितामा ८ टिम सहभागी रहेको आयोजक सिर्जनशिल समूहका अध्यक्ष महेन्द्र कट्टेलले जनाए । हिजो भएको सुरुवाती खेलमा सिसुवारीले विजयी सुरुवात गरेको छ । पारिजात क्लवलाई ट्राईबेकरमा हराउँदै सिसुवारीले जित सुरुवात गरेको हो । आजको खेल आयोजक सिर्जनशिल युवा क्लव र ढल्के युवा क्लव बिच हुने भएको छ भने, अर्को टिम सुर्यदय युवा क्लव र बगाहा गरी जम्मा चार टिमले प्रतिस्पर्धा गर्ने क्लवका संस्थापक अध्यक्ष भवन कटुवालले जनाए । खेल कार्तिक १७ गते सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथमलाई १२ हजार र दोस्रो हुने टिमलाई ६ हजार नगद ट्रफि दिईने कटुवालले जनाए । हर...
तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित

तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १४ तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित तामाङ चयन भएका छन् । उनि तामाङ पत्रकार संघ उदयपुरको तेस्रो जिल्ला अधिवेशनमा बाट सर्वसहमत अध्यक्षमा चयन भएको हो । अध्यक्ष तामाङ सहित उपाध्यक्ष सन्तोषकला तामाङ, सचिव तारा तामाङ ब्लोन, सह सचिव मिलन लो तामाङ, कोषाध्यक्ष सम्झनाकुमारी तामाङ र सदस्यहरु ः कुसुम तामाङ, भेषमोहन गोले, यमुना गोले, असोक तामाङ रहेका छन् । अधिवेशन शनिवार गाईघाटमा भएको थियो ।...
मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १४ झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जना चालकको ज्यान गएको छ । जिल्लाको अर्जुन्धारा नगरपालिका–११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सोही स्थानका १८ वर्षीय कुसल दासको ज्यान गएको हो । हिजो राती साढे ९ बजे पश्चिम तर्फ जादैँ गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कलवटमा ठोकीएर खोलामा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटि गई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो । अस्पताल पु¥याउन साथ उनको ज्यान गएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
लहरीको ठक्करबाट स्कुटी चालकको ज्यान गयो

लहरीको ठक्करबाट स्कुटी चालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १४ मोरङमा लहरीको ठक्कबाट एक जना स्कुटी चालकको ज्यान गएको छ । जिल्लाको सुन्दरहरैचा नगरपालिका–४ दुलारी स्थित पुर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको ज्यान गएको हो । सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खाको ज्यान गएको छ । हिजो बेलुका पौने ६ बजे पश्चिम आउदै गरेको बिआर ५० गा ०३०६ नम्बरको भारतीय लहरीले विपरित दिशाबाट जादैँ गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे ज्यान गएको हो । ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।...
लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारी मोतीगडामा बाचक तथा भव्य स्मृति कार्यक्रम

लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारी मोतीगडामा बाचक तथा भव्य स्मृति कार्यक्रम

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि, कार्तिक १४ माहाकविको लक्ष्मी प्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारी उदयपुरमा अग्रज साहित्यकारहरुले बाचन तथा स्मृति सभा कार्यक्रम भव्य गरेको छ । शनिवार मोतिगडाको रामजानिकी मा.वि.मा भव्य साहित्य कार्यक्रम सहित देवकोटाको जन्मजयन्ती मनाईएको हो । लक्ष्मी प्रसाद देवकोटा माहाकवि हुन् । उनि विना साहित्य अझै पनि अपुरो नै रहने भन्दै भौतिक शरिर मरेर गएपनि काम र नाम सँधै जिवित राख्न पछिल्लो पुस्ताको अग्रज सर्जकहरुले देवकोटाको जन्मजयन्तीलाई निकै महत्व दिने गरेका छन् । देशव्यापी रुपमा शनिवार साहित्य कार्यक्रमहरु गरी देवकोटाको जन्मजयन्ती मनाईरहँदा गाईघाटमा उदयपुरका अग्रज साहित्यकारहरुको उपस्थितिमा सो कार्यक्रम भव्य मनाईयो ।मोति काव्य समूहको आयोजनामा साहित्य सम्बन्धि गोष्ठी तथा समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लाको अग्रज साहित्य सर्जकहरुले कविता, गजल, गितहरु प्रस्तुत...
लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारी मोतीगडामा बाचत तथा भव्य स्मृति कार्यक्रम

लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारी मोतीगडामा बाचत तथा भव्य स्मृति कार्यक्रम

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि, कार्तिक १४ माहाकविको लक्ष्मी प्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारी उदयपुरमा अग्रज साहित्यकारहरुले बाचन तथा स्मृति सभा कार्यक्रम भव्य गरेको छ । शनिवार मोतिगडाको रामजानिकी मा.वि.मा भव्य साहित्य कार्यक्रम सहित देवकोटाको जन्मजयन्ती मनाईएको हो । लक्ष्मी प्रसाद देवकोटा माहाकवि हुन् । उनि विना साहित्य अझै पनि अपुरो नै रहने भन्दै भौतिक शरिर मरेर गएपनि काम र नाम सँधै जिवित राख्न पछिल्लो पुस्ताको अग्रज सर्जकहरुले देवकोटाको जन्मजयन्तीलाई निकै महत्व दिने गरेका छन् । देशव्यापी रुपमा शनिवार साहित्य कार्यक्रमहरु गरी देवकोटाको जन्मजयन्ती मनाईरहँदा गाईघाटमा उदयपुरका अग्रज साहित्यकारहरुको उपस्थितिमा सो कार्यक्रम भव्य मनाईयो । मोति काव्य समूहको आयोजनामा साहित्य सम्बन्धि गोष्ठी तथा समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लाको अग्रज साहित्य सर्जकहरुले कविता, गजल, गितहरु प्रस्तु...