Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

खोटाङमा भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

खोटाङमा भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १७ खोङमा बालुवा लिएर दिक्तेल जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको हो । रसुवा नजिकैबाट बालुवा लिएर सदरमुकाम दिक्तेल बजारतिर जाँदै गरेको स१त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा एकै दिशाबाट गइरहेको गाडीलाई ओभरटेक गर्न खोज्दा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुन पुगेको जनाएको छ ।  हो । चालक राई सकुशल रहेका छन् । ट्याक्टर सडकबाट ३५ मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्रयाक्टर चालक हलेसी तुव...
राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा र्याली सहित विश्व अहिंसात्मक दिवस उदयपुरमा पनि मनाईयो

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा र्याली सहित विश्व अहिंसात्मक दिवस उदयपुरमा पनि मनाईयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १६ उदयपुरको गाईघाटमा शनिवार भूमि अधिकार मञ्च उदयपुरको आयोजनामा विश्वअहिंसात्मक दिवस र्याली सहित मनाईएको छ । विश्वलाई शान्ति राख्न पहिले हिंसात्मक गतिविधि हुनुहुँदैन विश्व शान्ति भए आफ्नो देशनै शान्ति हुन्छ भन्दै र्याली सहित यो दिवस उदयपुरमा पनि मनाईएको हो । अहिंसावादी नेता माहात्मा गान्धीको जन्म उत्सवको अवसर पारी अहिंसात्मक विश्व निर्माणका लागि चेताना फैलाउँदै गाईघाट स्थित त्रियुगा बसपार्क देखि आँखा अस्पताल हुँदै बजार परिक्रमा गरी बरुवा बसपा सम्म र्याली कार्यक्रम र कोणसभा गरी कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय भूमि अधिकार मञ्च उदयपुरका अध्यक्ष सन्त बहादुर सुनुवारले बताए । कार्यक्रममा उपाध्यक्ष गोमा राई, जिल्ला सचिब राजेश बि क, संयोजक फुर्तीमान राई, कार्यलय सचिब सन्तोषी बि क र कटारी, चौदण्डीगढी ,त्रियुगा नगर मञ्चका अगुवा सदस्यहरूको सहभागी थियो ।...
खरिजुकाहरु

खरिजुकाहरु

Breaking News 1, बिचार, समाचार, साहित्य
खरीजुकालाई थाहा छ, कसलाई लक्कुले हानेर लडाउनु पर्ने हो, कसलाई पक्कुले पेट सुमरो बनाइदिनुपर्ने हो, कसलाई चक्कुले च्वास्सच्वास्स घोच्नु पर्ने हो । लडाई लड्ने लडाकुले टिकट पाउँदैन यहाँ, यहाँ त लक्कुले टिकट पाइराखेको छ, पक्कुले टिकट पाइराखेको छ, चक्कुले टिकट पाइराखेको छ । पुण्य कार्की खरिजुकाको स्वभावदेखि म भलिभाँती परिचित छु । मनुष्य रगतको गन्धयसले यतिछिटो थाहा पाउँछ । यसको नजिक पुगेको मान्छे यसबाट बँच्न गाह्रो गाह्रो हुन्छ । ऊबेला हामी पहाडबाट मधेश झर्दा लामो लेकाली बाटो छिचोलेर झर्नुपर्थ्यो । जीरे, टाट्ने, डोबाटे, थाम, माझखर्क, सीस्ने, भालेबास र ढुंग्रेको तेस्रो जंगलमा खरिजुकाहरु पातको भित्री सतहमा लुकीबस्ते । बाटाको दुवै किनारा बनमारा र घाँसका पातले ढाकिएको हुन्थ्यो । पातका विपरित पाटामा खरिजुका चुपचाप बसेका हुन्थे । जब बटुवा आएको गन्ध पाएपछि लुकी बसेका खरिजुकाहरु लप्लपाउँदै मान...
उदयपुरको जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगितामा (ए) डिभिजनतर्फ बल बहादुर कार्की, हिमाल श्रेष्ठ र (बी) डिभिजन तर्फ साजन राई र केनिस मगरको जोडी प्रथम

उदयपुरको जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगितामा (ए) डिभिजनतर्फ बल बहादुर कार्की, हिमाल श्रेष्ठ र (बी) डिभिजन तर्फ साजन राई र केनिस मगरको जोडी प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १६ तिन दिनदेखि उदयपुरमा जारी जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिता शनिवार चुहाडेमा सम्पन्न भएको छ । चुहाडे स्थित भेटघाट कवर्डहलको आयोजनामा सम्पन्न जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिताकोे प्रथम पुरस्कार (ए) डिभिजनतर्फ बल बहादुर कार्की र हिमाल श्रेष्ठको जोडी (गाईघाट) र (बी) डिभिजनतर्फ साजन राई र केनिस मगरको जोडी (चौदण्डीगढी) प्रथम बनेका छन् । यस्तै प्रतियोगितामा (ए) डिभिजन तर्फ सन्तोस कटुवाल र बिनय चौधरीको जोडी (चौदण्डीगढी) र (बी) डिभिजनतर्फ जिवन बोगटी र नविना राईको जोडी (कटारी) दोस्रो भएका छन् । यता तेस्रो हुनेहरुमा (ए) डिभिजनतर्फ चित्र थापा र सरोज खवासको जोडी (गाईघाट) र (बी) डिभिजनतर्फ जयराम राई र अफताब आलमको जोडी (चौदण्डीगढी) रहेका छन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश ः २५ हजार, १५ हजार र ८ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमा...
चुहाडेमा संञ्चालित व्याडमिन्टन प्रतियोगिता फाईनल पुग्यो

चुहाडेमा संञ्चालित व्याडमिन्टन प्रतियोगिता फाईनल पुग्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १५ गाईघाट व्याडमिन्टन क्लव चुहाडेद्वारा आयोजित जिल्ला स्तरीय मेयर कप व्याडमिन्टन प्रतियोगिताको फाईनल भोली हुँदै छ । हिजोदेखि संञ्चालित प्रतियोगितामा (ए) डिभिजन तर्फ सन्तोष कटुवाल र विनय चौधरीको जोडी (चौदण्डीगढी) तथा बल वहादुर कार्की र हिमाल श्रेष्ठको जोडि (गाईघाट) फाईनलमा प्रवेश गरेका छन् । त्यस्तै (वी) डिभिजनतर्फ केनिस मगर र सुजन राईको जोडि (चौदण्डीगढी) तथा जिवन बोगटी र नविना राईको जोडी (कटारी) फाईनलमा पुगेको छ । (ए) डिभिजनतर्फको कटुवाल र चौधरीको जोडिले चित्र थापा र सरोज खवासको जोडी (गाईघाट) लाई पराजित गर्दै फाईनलमा पुगेको हो भने कार्की र श्रेष्ठको जोडीले दिपक राई र प्रतिस राईको जोडी (गाईघाट) लाई पराजित गर्दै फाईनलमा पुगेको हो ।त्यस्तै (वी) डिभिजनतर्फ मगर र राईको जोडीले जयराम राई र अख्तर आलमको जोडी (चौदण्डीगढी) लाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने बोगटी र राईको ...
जंगली हात्तीले सुडले च्यापी बेपत्ता बनाएकी महिला मृत अबस्थामा फेला

जंगली हात्तीले सुडले च्यापी बेपत्ता बनाएकी महिला मृत अबस्थामा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १५ झापाको भद्रपुर नगरपालिका १० देउनिया स्थितमा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् । हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्यापेर लगेको थियो । मृतकको श्रीमानले घटनाको जानकारी गराए लगतै अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल खटि गई स्थानियबासीको सहयोगमा खोजी गरेका थिए । खोजतलास गर्ने क्रममा हिजो बेलुका ५ बजे सोही वनको सेति खोलाको पैनीमा मृत अबस्थामा फेला परेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा ५९ बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा बिक पक्राउ

उदयपुरमा ५९ बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा बिक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १५ उदयपुरको चौदण्डीगढी नगरपालिका ६ द्धारखोला जंगलमा एक महिला माथी जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ गरेको छ । ५९ बर्षिया महिला नाम परिवर्तन (माया) लाई सोहि वडाका ३० बर्षिय मुकेश बिकले जबरजस्ती करणी गरेको भन्दै बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमका अनुसार जंगलमा आफुलाई जवरजस्ती करणी गरेको भन्दै पिडितले शुक्रबार ईलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिने साथ उनलाई पक्राउ गरिएको जनाएको छ । बिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि जवरजस्ती करणी मुद्धामा उदयपुर जिल्ला अदालतमा जिम्मा दिइएको गौतमले बताए ।  ...
नेपाल सहित २७ ओटा देशको दशैँको टिका साईत सार्वजानिक कुन देशमा कति बजे ?

नेपाल सहित २७ ओटा देशको दशैँको टिका साईत सार्वजानिक कुन देशमा कति बजे ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १५ अन्तराष्ट्रिय पञ्चाङ निर्णय समितिले यो बर्षको दशैँको टिकाको उत्तम साईत सार्वजानिक गरेको छ । समितिले नेपाल सहित २७ ओटा देशको उत्तम टिका साईत सार्वजानिक गरेको हो । नेपालीहरुको माहान चाँडको रुपमा मनाईने दशैँ बिभिन्न देशमा रहेको नेपालीहरुले पनि आफु रहेको देश बाटै मनाउने गर्छन् । नेपालीहरुले दशैँलाई माहान चाँड र महत्वका साथ मनाउने गर्छ यसै शिलशिलामा यो बर्षको दशैँ नजिकिए सँगै पंञ्चाङ समितिले सुभ साईत सार्वजानिक गरेको जनाए छ । यो दशैँमा नेपालको लागि असोज २९ गते बिहानको १० बजेर २ मिनेटमा टिका लगाउने उत्तम साईत रहेको समितिले जनाएको छ । बिभिन्न रोजगार तथा पढाईको शिलशिलामा बिदेशमा रहेको लाखौँ नेपालीहरुले दशैँलाइ आफुबसोवास गरेकै देश बाट महत्वका साथ मनाउँदै आईरहेको भन्दै बिभिन्न देशको सुभ साईत सार्वजानिक गरेको समितिले बताए । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसा...
गाईघाटको नितेश फेशन कलेक्सनमा कपडा किन्दा स्कुटर, मोवाईल र राईस कुकर जित्ने अवसर

गाईघाटको नितेश फेशन कलेक्सनमा कपडा किन्दा स्कुटर, मोवाईल र राईस कुकर जित्ने अवसर

Breaking News 1
पूर्णपुष्टि, असोज १४ गाईघाटको असारी रोड पुरानो सब्जी बजार बैजु गिफ्ट पसल अगाडी रहेको नितेश फेसन कलेक्सनले उपहार नै उपहारको दशैँ अफर ल्याएको छ । यस फेसन कलेक्सनले हरेक कपडाको खरिदमा स्कुटर, मोवाईल, राईस कुकर लगायतका उपहार सहित दशैँ अफर ल्याएको हो ।३ हजार माथी कपडा खरिद गरे बापत कलेक्सनले एउटा कुपन व्यवस्था गरेको छ । त्यसमध्ये भाग्यशाली ग्राहक १ जनाले यामाहा कम्पनीको स्कुटर प्रथम पुरस्कार पाउने छन्, त्यस्तै समासङ कम्पनीको मोवाईल ५ जनाले र अन्य १५ जना भाग्यशालीहरुले भने राईस कुकर पाउने छ । यी उपहारहरु भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत नितेश फेसन कलेकसनले उपलब्ध गराउने प्रोपाईटर रमेश कुमार रायले बताए । नितेश फेसन कलेक्सनमा साना देखि ठुला सम्म सबै खालको कपडाहरु राखिएको छ ।यो अफर बिषेश दशैँको लागि राखिएको छ । दशैँलाई पहिलो प्राथामिकता दिएर अफरको आयोजना गरे पनि छैठ सम्मका लागि यो अफर उपलब्...
जितिया महोत्सव जिल्ला स्तरीय नाच प्रतियोगिताको उपाधी रिपब्लिक क्लव बहेडुवाले जित्यो

जितिया महोत्सव जिल्ला स्तरीय नाच प्रतियोगिताको उपाधी रिपब्लिक क्लव बहेडुवाले जित्यो

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १५ जितिया महोत्सवको अवसरमा आयोजना गरिएको जिल्ला स्तरीय नाच प्रतियोगिताको उपाधी रिपब्लिक क्लब बहेडुवाले जितेको छ । असोज १३ गते गाईघाटको थारुहट रंगशालामा भएको नाच प्रतियोगिताको प्रथम उपाधीको बिजेता भएसँगै बहेडुवा जितिया महोत्सव २०७८ को बिजेता भएको हो । त्यस्तै प्रतियोगितामा मोसण डान्स स्टुडियोले प्रथम स्थान हासिल गरेको छ भने इभरगृन क्लव गाईघाटले दोस्रो स्थान हासिल गरेको छ । नाच प्रतियोगिताको उपाधी जिते सँगै बिजेता रिपब्लिक क्लव बहेडुवाले रु १५ हजार र प्रमाण पत्र, थम स्थान हासिल गर्न सफल मोसण डान्स स्टुडियोले रु १० हजार प्रमाण पत्र र दोस्रो स्थान हासिल गर्न सफल इभरगृन क्लब गाईघाटले रु ५ हजार सहित प्रमाण पत्र पाउन सफल भएका छन् ।...