Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

खोटाङमा घरको बरन्डाबाट लडेर ६० बर्षीया कमलाको मृत्यु

खोटाङमा घरको बरन्डाबाट लडेर ६० बर्षीया कमलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडेर गम्भिर घाईते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
रुखबाट लडेर राईको ज्यान  गयो

रुखबाट लडेर राईको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार साढे २ बजे घिरौला टिप्न रुखचढेका राई लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।  ...
उदयपुरको ७ जना भन्दा बढी ज्यान लिसकेको कोशी टप्पु आरक्षको मुकुना हात्ति मृत फेला

उदयपुरको ७ जना भन्दा बढी ज्यान लिसकेको कोशी टप्पु आरक्षको मुकुना हात्ति मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १७ आज सम्म उदयपुर र सुनसरी लगायतका २० जना भन्दा बढी मान्छेको ज्यान लिसकेको मकुना नामक हात्ति मृत फेला परेको छ । उदयपुरको मात्रै ७ जना भन्दा बढी मान्छे मारिसकेको मकुना विद्युतिय धरापमा परी मरेको जनाएको छ ।उक्त हात्तीले गत वर्षको पुसदेखि आरक्षको मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर धेरै व्यक्तिको ज्यान लिएको छ । बस्तीमा पसेर विध्वंस मच्चाउन थालेपछि आरक्षले गत पुसदेखि रातभरि मकुनाको रेखदेख गर्दै आएको थियो । बस्तीमा नपसोस् भनेर रातभरि ट्याक्टरमा नेपाली सेना र प्राविधिकले गस्ती गर्दै आएका थिए । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मकुना धरापमा परेर मरेको आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जनाए । रामका अनुसार शनिबार राति १ बजेसम्म उक्त हात्ती आरक्ष आसपासमै थियो । राति धेरै समय नदेखिएपछि खानतलासी गर्दा खेतमा लडेको अवस्थामा भेटिएको उनले जानकारी दिए । घटनाबारे विस्तृत अ...

उदयपुर सिमेन्ट उद्योग, जलजलेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसंग पूर्णपुष्टिको प्रश्नहरु

Breaking News 2, Purnapusti TV
https://youtu.be/dFsZKUhYxA0 यस अन्तर्वार्ता थप सम्बाद https://www.youtube.com/channel/UCwnVxvlEJsYJ5Sl8PdmhKGg मा हेर्न सक्नुहुनेछ  
ऋण चुक्ता नहुँदा श्रीमतीलाई बन्धक बनाएको अभियोगमा एक पक्राउ

ऋण चुक्ता नहुँदा श्रीमतीलाई बन्धक बनाएको अभियोगमा एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ ऋण लिएको रकम फिर्ता नगरेको भन्दै अर्काकी श्रीमतीलाई बन्धक बनाएको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भक्तपुरका धीरज श्रेष्ठलाई अर्काकी श्रीमतीलाई बन्धक बनाएको अभियोगमा नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए । रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर बन्धक बनाइ राखेको प्रहरीको स्रोतले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले ‘पैसा दे अनि तेरो श्रीमती लैजा’ भन्दै उक्त व्यक्तिलाई धम्क्याएपछि प्रहरीले उनलाई आज नियन्त्रणमा लिएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
बालिकामाथि बलात्कार प्रयास गर्ने एक अभियुक्त तीन सातापछि पक्राउ

बालिकामाथि बलात्कार प्रयास गर्ने एक अभियुक्त तीन सातापछि पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको अभियोगमा बिराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिराटनगर महानगरपालिका–४ का ५० वर्षीय लभ कोइरालालाई बालिका बलात्कार प्रयास गरेको अभियोगमा शनिवार बिहान पक्राउ गरेको हो । कोइरालालाई प्रहरीले तीन सातापछि पक्राउ गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कोइरालाले गत भदौ २२ गते दिउँसो बालिकामाथि जबरजस्तीको प्रयास गरेको खुलेको छ । बालिकालाई कोठाभित्र लगेर कोइरालाले जबरजस्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेको खुलेको छ । ५ वर्षीया बालिका पुगेपछि ११ वर्षीया बालिका बलात्कृत हुनबाट जोगिएको पत्ता लागेको प्रहरीको भनाई छ । डिएसपी श्रेष्ठका अनुसार घरमा अभिभावक कोही पनि नभएको र एक्लै रहेको मौकामा छिमेकी बालिकामाथि बलात्कारको प्रयास भएको थियो । उनका अनुसार घट...
सर्पले टोक्दा बालकको ज्यान गयो

सर्पले टोक्दा बालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ महोत्तरीमा गएराति सर्पले टोक्दा एक जना बालकको अकालमै ज्यान गएको छ । महोत्तरी गाउँपालिका–२ अनैठा बस्ने रामका १३ वर्षीय छोरा आकाशलाई सर्पले टोक्दा उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको ज्यान गएको सो अस्पतालले जनाएको छ ।...
उदयपुरमा पोलको भाडा नतिर्ने दुई ओटा इन्टरनेनको तार काटियो, तिन सय ३० घर प्रभावित

उदयपुरमा पोलको भाडा नतिर्ने दुई ओटा इन्टरनेनको तार काटियो, तिन सय ३० घर प्रभावित

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १७ पोलको भाडा नतिर्ने इन्टरनेट तथा केवलहरुको तार काट्ने कार्य अन्तर्गत उदयपुरमा पनि शनिवार २ ओटा इन्टरनेटको तार काटिएको छ । प्राधिकरणले तार काटे सँगै ३३० घर परिवार प्रत्यक्ष प्रवावित बनेका छन् । हाल उयदपुरमा पोलको भाडा तिर्दै आएको भएपनि पछिल्लो समय नतिर्नेहरुको धमाधम तार काट्न थालिएको हो । शनिवार भायानेट र फस्ट लिंकको तार काटिएको छ । त्रियुगा नगरपालिका १० र १५ वडाको सिमलटार, रानीवास, फोक्सीनटार सम्म जडान गरिएको भायानेट र त्रियुगा नगरपालिका ७ र ८ को नमूना चोक, भाण्टाबारी, चुहाडे र गुण्टे टोल सम्मको तार काटिएको नेपाल विद्युध प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका इन्जिनियर सत्यनारायण साहाले बताए । हाल दुईओटाको मात्र काटिएको र अन्य भने भाडा तिर्ने सम्झौतामा धमाधम आउने क्रम रहेकोसाहाले बताए ।साहाका अनुसार ३ ओटा दायरामा आएर सम्झौता गरिसकेको जनाएको छ । सिद्ध विनायक नेटवर्क...
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ १ नम्बर प्रदेशका तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको हो । लालिगुराँस नगरपालिका–५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको थियो ।साथै सोही ट्याक्टरमा सवार रहेका सोही स्थानका १६ बर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यसैगरी सुनसरीको दुहवी नगरपालिका–१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहवी नगरपालिका–११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) लाई उ...
त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष संञ्चालन

त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष संञ्चालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १७ जिल्ला प्रहरी कार्यालय उयदपुर र ट्राफिक प्रहरी उदयपुरले चाँडबाँडलाई मध्यनजर गर्दै त्रियुगा बस पार्कमा यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ । आईतबार प्रहरी प्रमुख (एसपी) सुवास चन्द्र बोहोराले यात्रु सहायता कक्षको औपचारीक उद्घाटन गर्दै पूर्ण रुपमा संञ्चालनमा आएको बताउनुभयो । दशैँ तथा अन्य चाँडबाँडहरु नजिकिए सँगै यात्रुहरुको सफल यात्रा र गन्तव्यलाई सहयोग पुराउने उदेश्य सहित कक्ष स्थापना गरिएको एसपी बोहारोले बताउनुभयो । ट्राफिक प्रहरी, जिल्ला प्रहरी र सवारी चालकहरुको उपस्थिति गराई कक्षा संञ्चालन भएको छ । चाँडबाँडको बेला यात्रा असुरक्षित हुने र यसलाई सुरक्षित गर्न सवारी तथा सवारी चालकहरुले केकस्ता भुमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल समेत भएको छ । चाँडबाँडमा यात्रुहरुको बाढी चाप हुने र सवारी चालकहरुले लापर्वाही यात्रु ओसार पसार गर्नाले दुर्घटनाको कारण बन्दै गएको भन...