Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

यौण शोषण गरेको आरोपमा उदयपुरमा वकिल पक्राउ

यौण शोषण गरेको आरोपमा उदयपुरमा वकिल पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १९ उदयपुरमा एक वकिललाई यौण शोषणको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १० बर्ष देखी बन्धक बनाई बिभिन्न बाहानावाजीमा यौनसोसण गर्दै आएका उदयपुर जिल्ला अदालतमा कानुन व्यवसायीको रुपमा काम गर्ने एक वकिललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । एकल महिला समेत रहेकी एक पिडित ममिहलाले आफुलाई बिबाह गर्ने बाहानामा र अन्य आश्वासनमा १० बर्ष देखि यौनसोसण गर्दै आएको भन्दै प्रहरीमा उजुरु दिएपछि सोही उजुरुको आधारमा वकिललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरको बेलाका गनरपालिका रामपुर घर भएका कानुन व्यवसायी (वकिल) सुमन भनिने किरण केसीलाई सोमवार पक्राउ गरेको उदयपुर प्रहरी पवक्त तथा (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिए । सोमबार पक्राउ परेका केसी पीडित महिलाबीच केही दिनअघि जिल्ला मालपोत कार्यालय उदयपुरमा छलफलसमेत भएको पी डि त को आफन...
एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’

एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’

राजनीति, समाचार
अर्जुन आर्चाय पूर्णपुष्टि, असोज १८ मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् । आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनले आफू माओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनमै रहेको र माओवादीमै गोलबद्ध हुन सबै शिक्षकलाई आव्हान पनि गरेका छन् । ‘केही हप्ताअघि मलाई झुक्याएर मेरा आफ्नै संगठनका साथीहरूबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको घटनाप्रति मेरो असहमति रहेको सबैमा जानकारी गराउँछु’, विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यक्रममा म आफ्नो इच्छाले नगएको पनि स्पष्ट पार्दछु । राजनीतिक र वैचारिक रूपले उल्टोबाटो हिंडिरहेको एमाले पार्टीनिकटको शिक्षक संगठनमा म नरहेको र एकीकृत शिक्षक संगठनम...
२ तले घरबाट लडेर एक पलम्बरको मत्यु

२ तले घरबाट लडेर एक पलम्बरको मत्यु

समाचार
पूर्णपुष्टि, असोज १८ झापा कनकाई नगरपालिका–४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर ज्यान गएको छ । सोही नगरपालिका–३ का ६५ वर्षीय रुद्र अधिकारीको आज घरबाट लडेर ज्यान गएको हो । आज विहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा अधिकारी गम्भिर घाईते भएका थिए । घाईते भएका उनलाई अपचारको लागि बि. एण्ड सी अस्पताल बिर्तामोड पु¥याउना साथ ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
उदयपुरको कोभिड अस्पताल रितियो तर कोरोना क्रस कायमै

उदयपुरको कोभिड अस्पताल रितियो तर कोरोना क्रस कायमै

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ उदयपुरको कोभिड अस्पतालबाट सवै कोरोना संक्रमित डिस्र्चाज भएपछि अस्पताल रिक्त भएको छ । आईतवार ४ महिला र २ पुरुष गरी ६ जनाले कोरोना जितेर घर फर्किएसँगै उदयपुरको कोभिड अस्पताल रितिएको हो । तर उदयपुरमा कोरोना संक्रमत पूर्णरुपमा शुन्य नभएकोले क्रस भने कायमै रहेको छ । उदयपुरमा आज (सोमवार) थप १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएको संक्रमित कटारी नगरपालिका–७ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितकोे संख्या ३ हजार ५६३ जना पुगेको हो । जिल्लामा कोरोना मुक्त हुँनेको कुल संख्या १ हजार ८६५ पुरुष र १ हजार ६१४ महिला गरी ३ हजार ४७९ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार १७ पुरुष र १४ महिला गरी ३१ जना मात्र संक्रमण मुक्त हुन बाँकी रहेको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने कुल संख्या ३६ पुरुष र १...
खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भिर घाइते

खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भिर घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ, भने एक जना गम्भिर घाइते भएका छन् । रुपन्देहीको शुद्धोधन–३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता–३ का अवधेश चमारको खुकुरी प्रहारबाट ज्यान गएको हो । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट चमारको ज्यान गएको प्रहरीले जनाएको छ । आईतवार राति सिंहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको पाइएको डीएसपी थापाले बताउनुभयो । सिंहले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाए...
¥याफ्टिङका क्रममा सुनकोसीमा  खसेको युवाको  २ घण्टापछि शव फेला

¥याफ्टिङका क्रममा सुनकोसीमा खसेको युवाको २ घण्टापछि शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ ¥याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको ज्यान गएको छ । दोलखाकोमेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज ¥याफ्टिङ गर्ने क्रममा ज्यान गएको हो । सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको २ घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।...
उदयपुरको कोभिड अस्पताल खाली

उदयपुरको कोभिड अस्पताल खाली

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सातधारे स्थित सञ्चालित कोभिड अस्पताल पूर्णरुपमा खाली भएको छ । ४ महिला र २ पुरुष गरी ६ जनाले आईतवार कोरोना जितेर घर फर्किएसँगै उदयपुरको कोभिड अस्पताल खाली भएको हो । गत वैशाख ९ गतेदेखि कोभिड–१९ को दोस्रो लहर शुरु भएपछि कोरोना संक्रमितको उपचारको लागि अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा उपचाररत्त सवै संक्रमित कोरोना मुक्त भएकोले करिब ५ महिनापछि अस्पताल खाली भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । सो अवधिमा २ सय ८२ महिला र २ सय ४७ पुरुषगरी कूल ५ सय २९ जना भर्ना भएका मध्ये २ सय ६६ महिला र २ सय १९ पुरुषगरी ४ सय ८५ जना निको भई घर फर्किएका छन् । अस्पतालबाट उपचार सम्भव नभएपछि १५ महिला र २७ पुरुषगरी ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको थियो । अस्पतालमा १ पुरुष १ महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । नगरपालिकाभरी २ महिला र १ पुरुषगरी ३ जन...
इटहरीमा इभिनिङ वाकमा निस्केकी महिलामाथी सामूहिक वलत्कार, आरोपित एक जना सार्वजानिक

इटहरीमा इभिनिङ वाकमा निस्केकी महिलामाथी सामूहिक वलत्कार, आरोपित एक जना सार्वजानिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १८ इभिनिङ वाक गर्न निस्केकी एक महिलामाथी इटहरीमा सामूहिक वलत्कार भएको छ । सामूहिक वलत्कार पछि ती महिलाको सुनको सिक्रि र नगद समेत चोरेर दोषीहरु फरार रहेका थिए । पिडितको उजुरीको आधारमा प्रहरीले दोषीलाई खोजतलास गरी ६ जना मध्ये ५ जनालाई पक्राउ गरिसकेको छ । घटनाका आरोपीत इटहरी–१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई भने प्रहरीले सार्वजनिक गरेको हो ।अन्य चार जना भने १८ बर्षमुनिका दोषीहरु रहेकाले प्रहरीले सार्वाजनानिक गरेनन् । यता एक जना फरार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए । पीडितको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले बताएको छ । इटहरी ८ स्थित भुर्कीमा शुक्रबार साँझ ७ बजे ६ जनाको समूहले महिलालाई सामूहिक बलत्कार गरे...
इलाममा ११ लाख भारतीय नोट सहित अग्रवाल पक्राउ

इलाममा ११ लाख भारतीय नोट सहित अग्रवाल पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ ईलाम सुर्योदय नगरपालिका ६ हर्कटे चौकबाट ११ लाख भारतीय नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतिय रुपिया ११ लाख फेला परे पश्चात पक्राउ गरि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनि कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको छ ।  ...
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधि Tramadol- ४१७ क्याप्सुल र  Spaspain-४१७ क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।...