Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई युवकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २१ सुनसरी ईटहरी उपमहानगरपालिका १६ लायन्स चौक स्थित पुर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । हिजो राती सँवा ११ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा नै मृत्यु भएको हो । ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरीलाई नियनत्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।...
गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

Breaking News 3, समाचार
 पूर्णपुष्टि,असोज २१ धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् । हिजो दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण गाऊपालिका ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।...
गाईघाटमा पोखरेल एण्ड सन्स सप्लायर्स भिवोन कुर्सिको सोरुम उद्घाटन

गाईघाटमा पोखरेल एण्ड सन्स सप्लायर्स भिवोन कुर्सिको सोरुम उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २१ गाईघाटमा पोखरेल एण्ड सन्स सप्लायर्सले भिवोन कम्पनीको कुर्सिहरु बिक्रिमा ल्याएको छ । गाईघाटको लागि आधिकारीक बिक्रेताको रुपमा पोखरेल एण्ड सन्स सप्लायर्स रहेको छ । पुरानो पेट्रोलपम्प नजिक रहेको सप्लयार्सको उद्घाटन ११ नं वडाअध्यक्ष बिवश्राज भट्राई र नेपाल पत्रकार माहासंघका अध्यक्ष भरत खड्काले संयुक्त रुपमा उद्घाटन गरे । नेपालको लागि कनक न्यु ट्रेडर्स आधिकारीक बिक्रेता काठमाण्डौँमा रहेको छ । नेपालमा हाल अहिले सम्म गाईघाट सहित तिन ठाउँमा मात्र यसको सोरुम खुलेको छ । काठमाण्डौँ, इटहरी र गाईघाटमा यसको सोरुम खोलीएको नेपालका लागि कन्ट्री म्यानेजर प्रविन श्रीवास्तवले बताउनुभयो । श्रीवास्तवले यो कुर्सि अन्य कुर्सिहरु भन्दा भरपर्दो र उत्कृष्ट रहेको बताउनुभयो । उहाँले यो कुर्सिनै किन त ? भन्ने प्रश्नमा लामो समय सम्म कुर्सिमा बस्दा ढाँड कम्मर दुख्ने समस्यालाई मध्यनजर गर्दै...
उदयपुरमा कार्यरत डिएसपी गौतमले पाय, अपराध शाखा तर्फ प्रदेश १ कै उत्कुष्ट पुरस्कार

उदयपुरमा कार्यरत डिएसपी गौतमले पाय, अपराध शाखा तर्फ प्रदेश १ कै उत्कुष्ट पुरस्कार

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २० उदयपुरमा कार्यरत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमले अनुसन्धान तर्फ प्रदेश नं १ कै उत्कृष्ट प्ररीको उपाधि पाएका छन् । १ नं प्रहरी कार्यालय विराटनगरले डिएसपी गौतमलाई अनुसन्धान तर्फ उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश भरीकै उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको हो । सुवेदीलाई ६६ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरीले विराटनगरमा पुरस्कृत गरेको हो । डिएसपी गौतम करिब १ बर्ष देखि उदयपुरमा निरन्तर कार्यरत छन् । गौतमलाई केहि समय अघि मात्रै जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि उत्कृष्ट प्रहरी घोषित गरेका थिए । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन भएर उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको आधारमा डिएसपी गौतमलाई जिल्लाले पनि यस अघिनै उत्कृष्ट प्रहरी घोषित गरिसकेका थिए ।...
युवतीको शव झुन्डिएको अवस्थामा फेला

युवतीको शव झुन्डिएको अवस्थामा फेला

समाचार
पूर्णपुष्टि, असोज २० एक जना २० वर्षीया युवती झुन्डिएको अवस्था फेला परेको छ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनि मन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा फेला परेको हो । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदनी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुना साथ प्रहरी घटना स्थलमा पुगेका थिए । मृतक महिलाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थ...
तिव्र गतिमा चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु, एक प्रहरी हवल्दार गम्भिर घाईते

तिव्र गतिमा चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु, एक प्रहरी हवल्दार गम्भिर घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २० अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनु भयो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंहको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ...
बाघले आक्रमण गर्दा एकको ज्यान गयो

बाघले आक्रमण गर्दा एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असोज २० चितवनमा बाघले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । खैरहनी नरपालिका–१३ कुमरोज सामुदायीक वनभित्र घाँस दाउरा गर्ने क्रममा स्थानीय २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गर्दा उनको ज्यान गएको हो । बोटेलाई मंगलबार दिउँसो बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । बाघले आक्रमण गरेको स्थान भन्दा सय मिटर पर झाडीमा बोटेको शव फेला परेको प्रहरीले जनाएको छ । बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुने बित्तिकै आठवटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाले बोटेको खोजी गरेको प्ररीले जनाएको छ ।...
ठगी गरेको अभियोगमा दुई महिला पक्राउ

ठगी गरेको अभियोगमा दुई महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २० ठगी गरेको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई पक्राउ गरेको हो । उनीहरुले काठमाडौंको बौद्ध बस्ने एक पुरुषलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाएर ललितपुरको चापागाउँमा पु¥याई उनको साथबाट भएको २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई ठगी सम्बन्धी कसूरको मुद्दामा थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।...
उदयपुरको भूतिया दहमा नुहाउँने क्रममा डुबेर युवाको मृत्यु

उदयपुरको भूतिया दहमा नुहाउँने क्रममा डुबेर युवाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २० उदयपुरको भूतिया दहमा नुहाउँने क्रममा डुबेर एक जना युवाको ज्यान गएको छ । मोरङको सुन्दरहैंचा नगरपालिका–४ बलिया निवासी अन्दाजी २२ वर्षीय शिखर सिलवारको भूतिया दहमा डुबेर ज्यान गएको हो । बेलका नगरपालिका–५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर भुतिया दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएका थिए । बेपत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । यस भुतिया दहबाट बेला बेलामा धेरै पौडि खेल्ने क्रममा घाइते भएको तथा धेरै समय अगाडि पनि पौडि खेल्ने क्रममा मृत्यु भएको पाइएको छ । बेलका नगरपालिकाले बेलका पर्यटकिय स्थलको सुचिमा यश दहलाइ पनि राखेको छ भने गर्मीको समय र बिदाको दिन यहाँ सयौको संख्यामा पौडी खेल्न आगन्तुक आउने गरेको छ्न ।...
सामुहिक ठगिको आरोपमा सहकारीका १२ जना पक्राउ

सामुहिक ठगिको आरोपमा सहकारीका १२ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १९ सहकारीका संञ्चालक समिति तथा कर्मचारीनै ठगिमा संलग्न रहेको भन्दै प्रहरीले सिभिल सहकारी पूर्व कर्मचारी तथा संञ्चालक समिति गरी १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ, हालका सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक सहजकर्ता भगवानबहादुर सिंह, जुनियर असिष्टेन्ट म्यानेजर मायोनानी महर्जन र एलिना तुलाधर रहेका छन् । यस्तै जुनियर अधिकृत शङ्करप्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभकेतन ढुङ्गाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरिएको ब्यूरोले आज एक विज्ञप्तिमार्फत जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का अनुसार सहकारी ठगी गरेको आरोपमा प...