गाईघाटमा आधारभूत पत्रकारिता तालिम सुरु
पूर्णपुष्टि, फागुन १६
गाईघाटमा सोमवार देखी आधारभूत पत्रकारीता तालिम सुरु भएको छ । त्रियुगा उद्योग बाणिज्य संघको सभाहलमा करिब ४४ जनाको सहभागितामा तालिम सुरु भएको हो । पत्रकारिता प्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले तालिमको आयोजना गरेको हो । तालिमको अभावमा सामाजिक संजाल, युटुव च्यानलमा जथाभावि सूचनाहरु प्रशारण गर्दा सिंगो पत्रकारिता क्षेत्र प्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले महासंघले उनीहरुलाईसमेत लक्षित गरी तालिम आयोजना गरेको अध्यक्ष भरत खड्काले बताए ।
प्रदेश सभा सदस्य अम्बिका थापाको संसदिय विकास कोष र त्रियुगा नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा उदयपुर र छिमेकी जिल्ला खोटाङ्गका गरी ५० जनाको सहभागिता रहेको उनले बताए । पाँच दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजय मिश्र, वरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले गर्नु हु...









