Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषध ब्राउनसुगर सहित युवक पक्राउ

लागुऔषध ब्राउनसुगर सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ झापाको मेचिनगर नगरपालिका–६ मेचिपुलबाट प्रहरीले नियन्त्रीत लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर –११ का २३ बर्षीय सेवन उराव रहेका छन । सोमबार दिउँसो साढे १ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा उरावलाई ६ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उरावको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।...
आगो तापिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा दुईको मृत्यु

आगो तापिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा दुईको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १८ वर्दियामा आगो तापिरहेको अवस्थामै टिपरले ठक्कर दिँदा दुईको मृत्यु भएको छ । सोमावार बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो । बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको र तीन जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
ताप्लीमा राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा सईन्द्र राई

ताप्लीमा राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा सईन्द्र राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १८ राष्ट्रिय युवा संघ नेपाल ताप्ली गाउँपालिकाको अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले सईन्द्र राईको अध्यक्षतामा ५३ सदस्यीय कमिटिी समेत गठन गरेको छ । संघका ताप्ली गाउँपालिका इन्चार्ज समिप राईका अनुसार अध्यक्ष राई सहित उपाध्यक्षमा ओम बहादुर मगर, कोषअध्यक्षमा मनिसा मगर, सचीब तिलक बाहादुर मगर, उपसचिव छबिराज राई, र उपसचिव डेनि बुढाथोकी लगायत पदाधिकारी सहित ५३ सदस्यीय कमिटि गठन भएको छ । कार्यक्रम अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघको गरी संयुक्त रुपमा गरिएको थियो । नेकपा एमाले केन्द्रीय सदस्य अम्विका थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । अधिवेशनमा एमाले जिल्ला नेताहरु गंगा राई, महेश्वरी राई मन्दीप राई, उद्धव सिंह थापा, कमलामाया राई, सुवास ज्यु ठकुरी तथा संघका प्रदेश कमिटी उप सचीव समीर चौलागाई, जिल्ला अध्यक्ष बिमल भण्डारी साथै जिल्ला कमिटी पार्टी सदस्यह...