Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १९ झापाको बिर्तामोड नगरपालिका–५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ परेको छ । सोही स्थानका २४ वर्षीय सुनिल लिम्बु पक्राउ परेको हो । हिजो बेलुका ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान–२ सहित पक्राउ गरेको थियो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।...
आयोगले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सिफारिश गर्यो

आयोगले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सिफारिश गर्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १९ २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्नका निम्ति निर्वाचन आयोगले सरकारलाई सिफारिश गरेको छ । आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति सिफारिश गरेको हो । स्थानीय जनप्रतिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने भएकोले त्यसअगावै स्थानीय तकहो निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व रहेको छ । आयोगले यसअघि एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखमा गर्न प्रस्ताव गरेको थियो । तर सत्तारुढ पाँचदलीय गठबन्धनले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै आयोगले प्रस्ताव गरेको समयमा चुनाव गर्न चाहेन । फागुन २०७९ मा तीनै तहको निर्वाचन गर्ने गठबन्धनको तयारी थियो । चौतर्फी दबावपछि गठबन्धनमा आवद्ध दलहरु जेठ तेस्रो वा चौथो साता स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर स्थानीय तह निर्वाचन ऐन,...
ताप्लीको वडा नं १ मा पनि बिजुली पुग्यो, स्थानीय खुसी

ताप्लीको वडा नं १ मा पनि बिजुली पुग्यो, स्थानीय खुसी

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १९ ताप्ली गाउँपालिकाको १ नं वडा मादलेमा बजुली पुगेपछि स्थानीयहरु हर्षित भएका छन् । लामो समयपछि जनताहरुको सपना पुरा भएको भन्दै स्थानीयहरु खुसी बनेको हो । स्थानीय सरकार पछि पहिलो पटक त्यस ठाउँमा बिजुली पुगेको स्थानीय समिप राईले बताए । पहाडी ठाउँमा बत्तिको समस्याले लामो समयदेखि अन्धकारमा गुज्रिएको जनताले स्थानीय सरकारको महसुस गरेको राईले बताए । राष्ट्रिय बिधुत प्रसारण लाईबाट बालिएको बत्तिको उद्घाट मंगलबार पालिका अध्यक्ष उदब सिहं थापा तथा उपाध्यक्ष कमलामा राईले संयुक्त रुपमा गरे । पालिकाको वाड नं १ मा समेत बत्ति पुगेपछि अध्यक्ष थापाले ताप्ली गाउँपालिका अब अध्याँरो मुक्त भएको समेत घोषाण गरे । यस्तै कार्यक्रममा बिभिन्न पार्टीका स्थानीय नेताहरु समेतको उपस्थितिमा बत्तिको उद्घाटन भएको हो । कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य बाबुराम राई, नेपाली काङ्ग्रेस वडा १ का सभाप...
बृद्धा आमाको हत्या आरोपमा छोरा पक्राउ

बृद्धा आमाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले हिजो दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा पास गरिदिए । उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा उनिमाथि मुद्धा हालेका थिए ।अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिशको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।...
रौतामाईका ४० सुत्केरी महिलालाई पोषण युक्त सामाग्री वितरण

रौतामाईका ४० सुत्केरी महिलालाई पोषण युक्त सामाग्री वितरण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १८ उदयपुरको रौतामाई गाउँपालिकामा सुत्केरी महिलालाई पोषण युक्त सामाग्री वितरण गरिएको छ । २ नम्बर वडा भुटार स्थित पालिकाका ४० सुत्केरी महिलाहरुलाई पोषण युक्त सामाग्री वितरण गरिएको हो । बहुक्षेत्रीय पोषण योजना उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण युक्त सामाग्री वितरण गरिएको पालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले बताउनुभयो । उहाँका अनुसार चामल, गेडागुडी,दाल, अण्डा, साबुन, सर्फ, घ्यु, चौवन्दी, बच्चाको लागि न्यानो कपडा लगाएतका सामाग्री वितरण गरिएको छ । विशेष गरेर पालिकामा भएका विपन्न सुत्केरी महिलाहरुलाई प्राथमिकता दिदैँ पोषण युक्त सामाग्री वितरण कार्यक्रम अगाडि बढाएको थियो । यस पोषण युक्त सामाग्री वितरण कार्यक्रमले सुत्केरी आमा तथा बच्चालाई कुपोषणबाट बचाउनुका साथै स्वास्थय राख्न सहयोग पुग्ने पालिकाले विश्वास लिएको छ । यो कार्यक्रम आ...
भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १८ सरकारले भोली बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा भोली देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधवार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।...
दुधौली , १४ लाई मारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान

दुधौली , १४ लाई मारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १८ मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । ककुरठाकुर लगायत आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो । सोमवार दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।मेयर राउतको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको प्रालिका संञ्चालक राउतले बताउनुभयो । एम्बुलेन्स ग्रहण गरी वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाउँदै मेयर रा...
मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण

मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १८ मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू संक्रमण पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते बर्डफ्लु पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले बताउनुभयो । उहाँका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोेग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ । मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्थास्थ्यपरीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्...
उदयपुरको चौदण्डीमा वन विनाश रोक्न एलपी ग्यासको सिलिण्डर वितरण

उदयपुरको चौदण्डीमा वन विनाश रोक्न एलपी ग्यासको सिलिण्डर वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १८ उदयपुरको चौदण्डीगढी नगरपालिकामा बढ्दै गएको वन विनाशलाई रोक्न एक सामुदायिक वनले उपक्तालाई एलपी ग्यास सिलिण्डर र चुलो वितरण गरेको छ । दाउराको प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै जिल्लाको चौदण्डीगढी नगरपालिका–८ सालघारी सामुदायिक वन उपभोक्ता समूहका उपक्तालाई एलपी ग्यास सिलिण्डर वितरण गरिएको हो । सामुदायिक वनले ४ लाख खर्चेर ४३ घरधुरी उपभोक्तालाई सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष चन्द्र कुमार राईले बताउनुभयो । समूहले आर्थिक वर्ष २०७८÷७९ को गरिबी निवारण कार्यक्रम अन्तर्गत समूहभित्र रहेका दलित, एकल महिला र विपन्न गरी ४३ घरधुरी परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरेको समूहका अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १४ अतिविपन्न परिवारलाई सिरक पनि वितरण गरिएको छ । घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी...
स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दै लिम्चुङबुङ, थपियो डिजिटल एक्स–रे र भिडियो एक्स–रे सेवा

स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दै लिम्चुङबुङ, थपियो डिजिटल एक्स–रे र भिडियो एक्स–रे सेवा

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, माघ १८ लिम्चुङबुङ गाउँपालिकाले बिकट अवस्थालाई बदल्दै प्रबिधि तर्फ छलाङ मारेको दावी गरेको छ । स्थानीय सरकार अगाडीको अवस्था र हालको अवस्थालाई तुलना गर्दै लिम्चुङबुङ गाउँपालिकाले सेवा सुविधाले निकै फड्को मारेको दावी गरेको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अगाडी बढेको पालिकाले केहि दिन बाट डिजिटल एक्स–रे सहितको उपचार सेवा संञ्चालन गर्ने जनाएको छ । पालिकामा रहेको ए.ल.वी कार्की स्मृति लिम्चुङबुङ अस्पतालमा केहि दिनमै डिजिटल एक्स–रे भिडियो एक्स–रे को सेवा संञ्चालन हुने पालिका अध्यक्ष मेजर कुमार राईले बताए । सामान्य उपचारहरुले मात्रै पालिकामा स्वास्य क्षेत्र पुरा नहुने भन्दै डिजिटलको माध्यम बाट गर्न सकिने उपचारहरलाई समेत ध्यानमा राखी यो व्यवस्था गरेको अध्यक्ष राईले बताए । राईले अब साना देखी ठुलो उपचारहरु समेत जनताहरुले पालिका बाटै पाउने राईको भनाई छ । पालिकामै डिजिटलको माध्यम...