Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

१२ वर्षीया बालिका करणी अभियोगमा चौधरी पक्राउ

१२ वर्षीया बालिका करणी अभियोगमा चौधरी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २० १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा मोरङबाट एक पुरुष पक्राउ परेको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधवार साझा करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर करणी गरेको प्रहरीको भनाई छ । चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला प्रहरी कार्याय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।...
करणी पश्चात जन्मिएको ३४ दिने शिशु हत्या गराउनेलाई जन्मकैदको फैसला

करणी पश्चात जन्मिएको ३४ दिने शिशु हत्या गराउनेलाई जन्मकैदको फैसला

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २० ३४ दिनको शिशुलाई हत्या गर्न लगाएउने एक जनालाई उच्च अदालत दिपायल राजपुरले जन्मकैदको फैसला सुनाएको छ । अदालतले बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाएको हो । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा राजकुमारमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको थियो । तर, उच्च अदालत दिपायल राजपुरले भने राजकुमार दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले २०६९ साल जेठ २७ गते शिशु जन्माएकी थिइन् । उनीबाट जन्मिएको बच्चा मारिदिनु भन्दै पटकपटक दबाब दिएपछि युवतीले जन्मेको ३४ दिनमा विषादी खुवाइ आफ्नै सन्तानको हत्या गरेको प्रमाणका आधारमा राजकुमारलाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायल राजपुरले जनाएको छ । बुधवार उच्च अदालतका कामु मुख्य न...
जनकपुरको ग्याँस पसलमा चोरी

जनकपुरको ग्याँस पसलमा चोरी

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २० जनकपुरधामको भानु चोक नजिकै रहेको एक ग्याँस पसलमा चोरी भएको छ । रामसोगारथ पण्डितले सञ्चालन गर्दै आएको विजय जेनरल सप्लायर्स पसलमा चोरी भएको हो । निकै भिडभाड रहने उक्त चोकमा सञ्चालित पसलबाट पाढडेले ग्याँसको सिलिण्डर तथा ग्याँससम्बन्धी उपकरण बिक्रि गर्दै आइरहेका छन् । गोदामको ताल्चा फुटाएर ३ लाख बराबरको सामान चोरी भएको पण्डितले बताउनुभएको छ । उहाँका अनुसार २२ थान ग्याँससहितको सिलिण्डर, १२ थान खाली सिलिण्डर, चुल्हो, लाइटर, बर्नटसहित अन्य उपकरणहरु चोरी भएको छ । चोकमा सीसीटिभी क्यामेरा जडान गरेको भएता पनि क्यामेराले काम गर्न छोडेको स्थानीयहरुको भनाई छ ।...
पाँचथरमा लेक लागेर एक जना युवाको ज्यान गयो

पाँचथरमा लेक लागेर एक जना युवाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २० पाँचथरमा चौंरी गोठ जाँदा लेक लागेर एक युवाको ज्यान गएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको लेक लागेर ज्यान गएको हो । बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए । हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाउने एमालेका ३ कार्यकर्ता पक्राउ

उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाउने एमालेका ३ कार्यकर्ता पक्राउ

Breaking News 1
पूर्णपुष्टि, माघ २० उदयपुरमा ३ एमाले कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाउने ३ एमाले युवा कर्यकर्तालाई बिहिबार विहान पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय सदस्य मनोज तामाङ, जिल्ला अध्यक्ष भुवन दाहाल र जिल्ला सचिवालय सदस्य अश्विन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।उनिहरुले गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका थिए । डा.खड्का त्रियुगा नगरपालिका–८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासको बालबालिकाहरूलाई न्यानो कपडा र त्रियुगा नगरपालिका ९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउँने क्रममा कालो झण्डा देखाएको हो ।...
गाईघाटमा स्कारपियाे र माेटरसाईकलमा आगजनि

गाईघाटमा स्कारपियाे र माेटरसाईकलमा आगजनि

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २० । उदयपुरकाे त्रियुगा नगरपालिका ११, गाईघाटमा एक स्कारपियाे गाडि र एक माेटरसाईकलमा गएराती आगजनी भएकाे छ । गाईघाट निवासी कालिदास राई (किसन राई)काे निजि गाडि र माेटरसाईकलमा आगजनि भएकाे हाे । प्रदेश १, ०२-००२ च ४३८५ नम्बरकाे स्कारपियाे र स ३ प २२८३ नम्बरकाे माेटरसाईकलमा आगजनि भएकाे हाे । आगजनिबाट गाडि र माेटरसाईकल पूर्णरुपमा क्षति भएकाे छ । घरकाे ग्यारेजमै पार्किङ गरि राखिएकाे अबस्थामा आगजनि भएकाे हाे । आगजनिकाे कारण थाहा हुन सकेकाे छैन । विद्युतसर्ट भई आगजनि भएकाे हुनसक्ने आशंका गरिएकाे छ ।  राईका अनुसार राती करिव १:०० बजेकाे समयमा आगजनि भएकाे हाे । आगजनि भएकाे करिव एक घण्टाकाे प्रयासमा प्रहरी, स्थानीय र नगरपालिकाकाे दमकलले आगाे नियन्त्रण गरेकाे थियाे । घटनाकाे छानविन भईरहेकाे जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बाेहराले बताउनुभयाे ।...
पूर्वमन्त्री हरिबहादुर बस्नेत चुनाव लड्ने तयारीमा

पूर्वमन्त्री हरिबहादुर बस्नेत चुनाव लड्ने तयारीमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १९ । आगामी संघीय चुनावमा पूर्वमन्त्री हरिबहादुर बस्नेत लड्ने तयारीमा रहेका छन् । आज पत्रकार भेटघाटमा कुरा गर्दै पूर्वमन्त्री बस्नेतले विगतमा चुनाव एकलरुपमै लड्दै आएकोले यस पटक पनि तयारी रहेको बताए । पार्टीले अन्य दलहरुसंग गठबन्धनको निर्णय गरेमा सोही निर्णयलाई मानेर जाने उनको भनाइ छ । भिडियो : https://youtu.be/fr0nl4ajCLU...
ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु

ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १९ ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक जना बालकको ज्यान गएको छ । जिल्लाको रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेका १३ वर्षीय रोशन विकको आज ज्यान गएको हो । भदौरेमा व्यक्तिको घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर ज्यान गएको प्रहरीले जनाएको छद । पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्काले किचेका बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो । मृतक बालक सोही ट्रयाक्टरमा मजदुरी (लोडअनलोड) को गर्दैआएका थिए । ट्रयाक्टर चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको अब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिदैछ । घटको विषयमा थप अनुसन्धान सुरू ग...
पुल निर्माणको लागि राखिएको सामान चोर्दै गरेको अवस्थामा एक जना पक्राउ, तीन फरार

पुल निर्माणको लागि राखिएको सामान चोर्दै गरेको अवस्थामा एक जना पक्राउ, तीन फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १९ पुल निमार्णका लागि राखिएका सामान चोर्दै गरेको अवस्थामा प्रहरीले झापाबाट एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको गौरादहमा ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायतका सामाग्री चोरी गरेको अवस्थामा प्रहरीले नियन्त्रमा लिएको हो ।गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गौरादह–९ को दुधे बैगुन्धुरा भित्री सडकखण्डअन्तर्गत कमल खोलामा पुल निर्माणका लागि राखिएको छड चोरी गर्दैगर्दा मे १ त ४७२८ नम्बरको ट्याक्टरसहित साह पक्राउ परेका हुन् । उनलाई छड ट्याक्टरमा लोड गर्दैगर्दा प्रहरीले पक्राउ गरेको थियो । अन्य तीन जना भने फरार रहेको प्रहरीको भनाइ छ । यो समूहले दुई दिनअगाडि पनि ४० थान छड लगेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १९ बैंकिंङ् कसुर मुद्धाका फरार रहेका प्रतिवादी पक्राउ परेको छ । मोरङ विराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सिताराम लुईटेल पक्राउ परको हो । लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा मंगलबार पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ । प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा उच्च अदालत विराटनगरबाट २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना तोकीएकोमा उनी फरार भएका थिए । लगत नं.– ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सजाय भूक्तन गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...