सुनसरीमा बस र ट्रक एक आपसमा ठोक्किएर आगोलागी हुँदा चालक सहित तिन जनाको मृत्यु, २७ जना घाईते
पूर्णपुष्टि, माघ २२
सुनसरी भोक्राहा नरसिहं गाऊपालिका–३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर खाई आगोलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ बर्षीय शेख फिरोज रहेका छन् । घाईते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार राति साँढे ७ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।घटनाको जानकारी पाए लगत्तै खटिएको सुनसरी प्रहरीले सवारी साधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको थियो । आगोलागीबाट बस र ट्रकमा चेपिएका...









