Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

खुकुरी प्रहार गरी तामाङले गरे २ जनाको हत्या

खुकुरी प्रहार गरी तामाङले गरे २ जनाको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ सिन्धुपाल्चोकमा हिजो साँझ खुकसरी प्रहार गरी बिजय तामाङले दुई जनाको हत्या गरेको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको हो । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।...
ब्राउन सुगर सहित ४ जना पक्राउ

ब्राउन सुगर सहित ४ जना पक्राउ

Breaking News 2, बिचार, समाचार
पूर्णपुष्टि, माघ २४ मोरङको कानेपोखरी गाउँपालिका ५ बाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् । हिजो आईतबार प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।...
शरीरमा पेट्रोल छर्केर आगो लगाई देवरले गरे भाउजुको हत्या

शरीरमा पेट्रोल छर्केर आगो लगाई देवरले गरे भाउजुको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २३ सप्तरीमा आफ्नै देवरले भाउजुको शरिरमा आगो लगाएर हत्या गरेको छ । माघ २१ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय देवरले २७ वर्षीया भाउजुको शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सप्तरीको बोदेबर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाको राजकुमारीको श्रीमान रविनको आरोप छ । राजकुमारीको उपचारको क्रममा मृत्यु भएको हो । राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । प्रहरीले आगो लगाउने देवर फरार अवस्थामा रहेकाले मृतकी श्रीमानको जाहेरीको आधारमा उनको खोजी कार्य भईरहेको जनाएको छ ।...
ब्राउनसुगरसहित दुई जना भारतिय नागरिक पक्राउ

ब्राउनसुगरसहित दुई जना भारतिय नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २३ ब्राउनसुगरसहित दुई जना भारतिय नागरिक झापाबाट पक्राउ परका छन् । जिल्लाको मेचिनगर नगरपालिका–१५ स्थितबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउका २५ वर्षीय मो.सुल्तान र २७ वर्षीय रन्जित गणेश रहेका छन् । हिजो दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ ।...
लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २३ झापा दमक नगरपालिका–१ डाँडागाउ एकता टोलका २६ वर्षीय प्रकाश सिटौला लागुऔषधसहित पक्राउ परेको छ । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट निट्राभेट–७५ ट्याब्लेट र इस्कुफ १०० एमएलको ७ बोतल फेला पारेको थियो । पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।...
प्रदेश १ को उर्जा तथा सिँचाई मन्त्रीमा खोटाङका रामकुमार राई (पासाङ ), ११ बजे सपथ

प्रदेश १ को उर्जा तथा सिँचाई मन्त्रीमा खोटाङका रामकुमार राई (पासाङ ), ११ बजे सपथ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २३ खोटाङका रामकुमार राई (पासाङ) प्रदेश नं १ को खानेपानी तथा खाने पानी ऊर्जा तथा सिँचाइ बन्ने भएको छ । राईले आजै ११ बजे सपथ लिने तयारी भएको छ । प्रदेश १ ले मन्त्रिपरिषद विस्तार गरे सँगै माओवादी केन्द्रको कोटा बाट राई उर्जा तथा सिँचाई मन्त्री बन्न लागेको स्रोतले जनाएको छ । अब बन्ने मन्त्रीहरु सँगै प्रदेश १ मा १३ ओटा मन्त्रालयहरु बन्ने छ । यस अघि ७, १२ हुँदै पफेरी एक थपेर १३ पुराईएको छ । यस्तै आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । पाँच दलीय गठबन्धन भित्रको नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवानिकट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, कृष्णप्रसाद सिटौलानिकट ओमप्रकाश सरावगीको मन्त्रीका लागि नाम तय भएको छ । शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, ...
परिमार्जन नगरी एमसीसी पास गर्न नमिल्ने माओवादी केन्द्रको अडान

परिमार्जन नगरी एमसीसी पास गर्न नमिल्ने माओवादी केन्द्रको अडान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २३ नेपालमा भित्र्याउन लागेको एमसीसी एथास्थितिमा स्वीकार गर्न नमिल्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनाएको छ । श्रेष्ठले उनले एमसीसी जस्ताको तस्तै स्वीकार गर्न नमिल्ने भन्दै यो अडान पार्टीले निरन्तर राख्ने जनाए । उनले हालको सरकार गठबन्धनको सरकार रहेकाले एमसीसीकै कारण गठबन्धन नटुटोस भन्ने आफुहरुको चाहाना रहेकाले यस्लाई जस्ताको तस्तै स्वीकार नहुने श्रेष्ठले जनाए । उनले अन्य पार्टीहरुले जे भने पनि आफुहरुले भने यसलाई परिमार्ज गरेर मात्र स्वीकार गर्नु पर्ने अडान राखेको जनाए । नेता श्रेष्ठले कांग्रेस पहिले देखीनै यसलाई जस्ताको तस्तै स्वीकार गर्नु पर्ने पक्षमा रहेको समेत जनाए । नेता श्रेष्ठले एमसीसी पास गर्न नमिल्ने भन्ने त हईन तर नेपाल र नेपाली जनताहरुको हितमा छ या छैन् भन्ने कुरालाई अत्यादिक ध्यान दिएर अनुसन्धान गर्नु पर्नेमा जोड गर्न महत्वपूर्ण बिष...
आज बाट चौदण्डीगढी नगरले आफ्नै भवन बाट कार्यसम्पादन थाल्ने

आज बाट चौदण्डीगढी नगरले आफ्नै भवन बाट कार्यसम्पादन थाल्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ चौदण्डीगढी नगरपालिकाले जनताहरुको काम कार्वाहीका लागि आफ्नै व्यवस्थित प्रशासकीय भवन निर्माण गरेको छ । लामो समयदेखी बेल्टार गाउँविकास समितिको जिर्ण भवनबाट जनताको काम गरिरहेको अवस्थामा अव भने आफ्नै नवनिर्मित प्रशासकीय भवन बाट कार्य सम्पादन हुने नगर प्रमुख खेगेन्द्र राईले जानकारी दिए । राईले आईतबार देखी नगरले सम्पूर्ण प्रशासकीय कामहरु आफ्नै भवन बाट थाल्ने जनाएको छ । उक्त भवनको उद्घाटन शनिवार नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका थिए । भवन उद्घाटन सँगै औपचारिक रुपमा अव जनताको काम कार्वाही सोही वभन बाट हुने छ । १३ महिनाअघि वल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो । आफ्नै भवन भएपछि जनताहरुको काम गर्न सहज हुने नगरले जनाएको छ । जनताका लागि काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई व्यवस्थित भवनको आवश्यक रहेको र त्यसक...
चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन्

चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ उदयपुरमा चौदण्डीगढी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिवार उद्घाटन भएको छ । भवनको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेको छ । मन्त्री खड्काले भवनको उद्घाटन सँगै १५ शैय्याको आधारभूत स्वास्थ्य भवनको समेत सिल्यान्यास गरेको छ । भवन उद्घाटनपछि आइतबारदेखि औपचारिक रूपमा कार्यालय सञ्चालनमा आउने भएको छ । यसअघि नगरपालिकाले तत्कालीन बेलटार गाउँविकास समितिको जिर्ण कार्यालयबाट सेवा प्रदान गर्दै आएको थियोे । १३ महिनाअघि वल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो । १५ शैय्याको नगर अस्पतालको भने ओमबुद्ध चेन्जिङ ग्याल्वा निर्माण कम्पनीले १२ करोडमा निर्माण गर्ने ठेक्का सम्झौता गरेको छ । कार्यक्रममा १ नं। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीको पनि उपस्थिती रहेको थियो ।...
प्युठानमा जन्ति लिएर फर्कदै गरेको जिप दुर्घटना हुदाँ ८ जनाको मृत्यु, बेहुला–बेहुली सहित पाँच जना घाइते

प्युठानमा जन्ति लिएर फर्कदै गरेको जिप दुर्घटना हुदाँ ८ जनाको मृत्यु, बेहुला–बेहुली सहित पाँच जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २२ प्युठानमा जन्ति लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ५० ९२ नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट मृत्यु हुनेमा गौमुखी गाउँपालिका–६ लिवाङका ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको थियो भने सोहि ठाउँका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए । घाईते हुनेहरूमा गौमुखी गाउँपालिका–६ का बेहुला २५ वर्षीय दान...