Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

बिहे भोज खान गएका एक पुरुषको कठ्याङ्ग्रिएर ज्यान गयो

बिहे भोज खान गएका एक पुरुषको कठ्याङ्ग्रिएर ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २५ बिहे भोज खान गएका एक जना पुरुषको कठ्याङ्ग्रिएर ज्यान गएको छ । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका–९ का ५२ वर्षीय बिने बटालाको सोमवार चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो । बटाला वडाकै राडी बजारमा बिहे भोज खान गएका थिए । उनले बिहेमा आउनु अगाडी नै मदिरा सेवन गरेको र बिहेमा आएर फेरी पनि मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बटाला बिहे घरकै पछाडी त्रिपालमा एक्लै सुतेका थिए । बिहान उनी मृत फला परेको हो । चिसोकै कारण कठ्याङ्ग्रिएर बटालाको मृत्यु भएको अनुमान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ध्रुबकुमारश्रेष्ठले जानकारी बताउनुभयो । बिहान आफन्तले उठाउन खोज्दा बटाला हलचल नगरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको र पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
पौडि खेल्ने क्रममा बेपत्ता भएका उदयपुरे तामाङको शव फेला

पौडि खेल्ने क्रममा बेपत्ता भएका उदयपुरे तामाङको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २५ पौडि खेल्ने क्रममा बेपता भएका उदयपुर कटारी नगरपालिका ४ का २७ बर्षीय रबिन तामाङको हिजो बेलुका ३ बजे शब फेला परेको छ । तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाऊपालिका ४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी १६ कि.मि.दक्षिण उदयपुर कटारी नगरपालिका १४ सुनकोशी नदिको किनारमा तामाङको लाश फेला परेको छ । कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
विराटनगरको मुसहर वस्तीमा रोजिहिरा फाउन्डेशनकाे श्रमदान

विराटनगरको मुसहर वस्तीमा रोजिहिरा फाउन्डेशनकाे श्रमदान

Breaking News 1, समाचार
पूर्णपुष्टि (बिराटनगर), माघ २४  । बेलायतस्थित समाजसेवी दम्पति रोजिना प्रधान राई तथा हिराधन राईको रोजीहिरा फाउन्डेसनले विराटनगरकाे मुसहर वस्तीमा श्रमदान गरेको छ । फाउण्डेशनले वसन्त पञ्चमी अर्थात सरस्वती पूजाका दिन आइतबार प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणकालागि श्रमदान थालनी गरेको हो । सो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य शुरु भएको छ । आजबाट सुरुवात गरिएको उक्त श्रमदान अभियानमा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की समेत खटिएका थिए । गास, बास र कपासबाट वञ्चित भूमिहीन मुसहर परिवारलाई जमिनको मालिक बनाएर सुन्दर वस्तीमा राख्ने अभियानमा स्वच्छाले एउटा उत्कृष्ट मानवीय कार्य गर्ने मौका मिलेकामा 
रोजीहिरा फाउन्डेसनकी अध्यक्ष रोजिनाप्रधान राईले मन्त्री कार्कीप्रति आभार व्यक्त गरिन मुसहर बस्तीकालागि फाउन्डेसनकी ...
पोलबाट खसेर प्राधिकरणका कर्मचारी लिम्वुको मृत्यु

पोलबाट खसेर प्राधिकरणका कर्मचारी लिम्वुको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २४ नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको पोलबाट खसेर मृत्यु भएको छ । सोमवार पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बूको मृत्यु भएको हो । प्रहरीका अनुसार लिम्वु वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए । लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए। गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।...
उदयपुर स्केटीङ तथा स्केट बोर्डीङ संघको अध्यक्षमा राकेश राई

उदयपुर स्केटीङ तथा स्केट बोर्डीङ संघको अध्यक्षमा राकेश राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ उदयपुरमा स्केटीङ तथा स्केट बोर्डिङ संघको अध्यक्षतमा राकेश राई चयन भएको छ । जिल्लामै पहिलो चोटी संगठन भएको संघले ११ सदस्यी संगठन निर्माण गरेको छ । सोमवार संघका केन्द्रीय उपाध्यक्ष चुडामणी खरेल तथा जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश राम राईको उपस्थितिमा समिती विस्तार गरिएको हो । समितिको उपाध्यक्षमा निश्चल राई, निश्चल चौधरी र क्षितिज राई रहेको छ । महासचिवमा शुसन राई, सचिवमा दिक्षा चौधरी र कोषाध्यक्षमा प्रतिक्षा राई रहेको छ । त्यस्तै गरी सदस्यहरुमा रोजन राई, भावेश परियार, मनिष राई र इन्द्र तामाङ रहेको छ । संगठन विस्तार सँगै समितिले पहिलो बैठक पनि सामान्य तरिकाले बसेको छ । समितिले निर्णयमा अहिले तत्कालका लागि संघलाई उदयपुर जिल्ला खेलकुद विकास समितिमा दर्ता गर्ने निर्णयलाई अघि सारेको छ ।...
औषधीको लागि गाँजा खेती गर्ने कार्यविधि ल्याउँदै सरकार

औषधीको लागि गाँजा खेती गर्ने कार्यविधि ल्याउँदै सरकार

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ नेपाल सरकारले औषधी प्रयोजनका लागि गाँजा खेती गर्न मिल्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको जनाएको छ । ६ महिनामा भित्र यसको कार्यविधि वन्ने गरी सरकारले काम गरिरहेको गृह मन्त्रालयले जनाएको छ । गाँजा लागुऔषाधको रुपमा हाल नेपाल लगायत बिभिन्न देशहरुमा प्रतिवन्धित छ । तर यो औषधीको रुपमा निकै महत्वपूर्ण सामाग्री मानिएको बिज्ञहरुको ठहर अनुसार यसलाई प्रयोयजन गर्न सरकारले कार्यविधि बनाईरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाए । उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । ‘उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भने, ‘पहिले पनि औषधीय ...
आमा हत्या गरेको अभियोगमा छोरा पक्राउ

आमा हत्या गरेको अभियोगमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २४ आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सुर्खुेतका एक युवक पक्राउ परेकोे छ । जिल्लाको वीरेन्द्रनगर–२ खोलीगाउँमा आफ्नै ५७ वर्षीय आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले उनकै छोरा ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । रमेशले आमालाई शनिवार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कुटपिट भएको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो । प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नियन्त्रणमा लिइएका रमेशलाई सोमबार सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जा...
ट्रक दुर्घटनामा चालकको ज्यान गयो

ट्रक दुर्घटनामा चालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २४ संखुवासभाको खाँदवारी नगरपालिका­९ आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको ज्यान गएको छ । दुर्घटनामा परी ट्रक चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको ज्यान गएको हो । बिहान साँढे ६ बजेको समयमा खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
कार चोरीमा संलग्न रहेका ३ जना लागुऔषधसहित पक्राउ

कार चोरीमा संलग्न रहेका ३ जना लागुऔषधसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २४ कार चोरीमा संलग्न रहेका तीन जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलवारी नगरपालिका–१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषधसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको बेलबारी नगरपालिका–३ का ३६ वर्षीय सुरज गुरुङ , केरावारी–१० का २५ वर्षीय तेज कुमार मगर र केराबारी–७ का २६ वर्षीय नगेन्द्र लिम्बु रहेका छन् । बेलबारी नगरपालिका–३ का ४३ वर्षीय रिक्तमान गुरुङले बेलबारी–१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३–०१–०२५ च ९७५० नम्बरको कार हराएको भनि ईलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निबेदन दिएका थिए । निबेदनको आधारमा खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका–७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको प्रहरीले जनाएको छ । कार फेला परे संगै उक्त कारमा रहेका तीनै ...
फेसवुकको मालिक जुकरबर्गलाई यस कारण सर्वाधिक १० धनी व्यक्तिको सूचीबाट बाहिरिने खतरा

फेसवुकको मालिक जुकरबर्गलाई यस कारण सर्वाधिक १० धनी व्यक्तिको सूचीबाट बाहिरिने खतरा

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ गत बिहिबार फेसवुकको माउ कम्पनी मेटाको सियरमा उच्च गिरावट आए सँगै कम्पन्नीका मालिक मार्क जुकरबर्गलाई करिब ३० अर्ब अमेरीकी डलर घाटा हुन पुगेको छ । फेसवुकको नयाँ नाम मेटा राखे सँगै प्रयोकर्ताहरु ह्वात्तै घटेको जनाईए सँगै उक्त कम्पनीको सियरमा गिरावट हो । गत हप्ता फेसबुकको माऊ कम्पनी मेटाको शेयरमा हालसम्मकै उच्च गिरावट आएको थियो । उक्त दिन मेटाको शेयरमा २६ प्रतिशत गिरावट आएको थियो । कम्पनीको आम्दानी घटेको र प्रयोगकर्ताको संख्या बढ्न नसकेको सार्वजनिक भएलगत्तै मेटाको शेयरमा भारी गिरावट आएको थियो । त्यस्तै, मेटाभर्स नामक परियोजनामा निकै लगानी बढाएका कारण र विद्यमान सेवामा विज्ञापनसम्बन्धी चुनौतीले गर्दा लगानीकर्ताहरूले फेसबुकको शेयर बेच्न थालेका हुन् । मेटाले गत वर्षको त्रैमासिकमा १०.३ बिलियन डलर आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिमा भएको आम्दानीभन्दा आ...