Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

प्रहरी हुँ भन्दै मोटरसाइकल लिएर भागेका एक युवक पक्राउ

प्रहरी हुँ भन्दै मोटरसाइकल लिएर भागेका एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २६ प्रहरी हुँ भन्दै मोटरसाइकल लिएर भागेका एक जना युवकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरी क्राइम ब्रान्चको मान्छे हुँ भन्दै डर, त्रास देखाएर मोटरसाइकल लिएर फरार भएका जनकपुरधाम उपमहानगरपालिका–१९ थमौनाका १९ वर्षीय टीका यादव पक्राउ परेको हो । यादवले आफूलाई क्राइम ब्रान्चको मान्छे भन्दै मोटरसाइकलको ब्लू बुक निकाल्न लगाई यो मोटरसाइकल चोरीको हो र अनुसन्धान गर्न प्रहरी कार्यालय लैजानुपर्छ भनेर प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लू बुक लगेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले उनले मोटरसाइकल धनीलाई डर त्रास देखाएर २३ माघमा उक्त मोटरसाइकल लगेको बताउनुभयो । उनीविरुद्ध चोरी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...
स्कारपियो दुर्घटनामा एकको मृत्यु, ५ घाईते

स्कारपियो दुर्घटनामा एकको मृत्यु, ५ घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २६ सुनसरीको कोशी गाँउपालिका–६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोमा सवार एक जनाको ज्यान गएको छ भने, पाँच जना घाईते भएका छन् । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–५ बस्ने ५० वर्षीय दिलिप मण्डलको ज्यान गएको छ भन अन्य पाँच जना घाईते भएका हुन् । घाईते हुनेमा कंकालिनी नगरपालिका–५ कै ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय राम कुमार रजक, ४८ वर्षीया राम कुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भई रहेको छ । हिजो राती ९ बजे पश्चिमबाट पुर्बतर्फ आउदै गरेको प्रदेश नं. २–०१–००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकि राखेको बिआर–०१ जिए–४४८३ नम्बरको भारतिय ट्रक ठक्कर खाई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा पुर्वबाट पश्चिम तर्फ जादैँ गरेको ना ७ ख ५८३...
गैँडा मारेको २३ बर्ष पछि न्यौपाने माहिला पक्राउ

गैँडा मारेको २३ बर्ष पछि न्यौपाने माहिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २६ एक सिंगे गैँडा मारेको आरोपमा २३ बर्ष पछि कृष्णप्रसाद न्यौपाने पक्राउ परेको छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका न्यौपाने करिब २३ बर्षपछि पक्राउ परेको हो । २०५५ सालको कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वतर्फ खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका(२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताए। निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो। पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए। न्यौपानेलाई काठमाडौंको तार...
१२ नं वडामा पनि राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

१२ नं वडामा पनि राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २६ त्रियुगा नगरपालिका १२ नं वडामा पनि राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना भएको छ । वडा कार्यालयकै माथिल्लो तल्लामा आयोगको भवन स्थापना गरिएको हो । कार्यालयको उद्घाटन बुधबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी र उपमेयर देवी कुमारी चौधरीले संयुक्त गरेका छन् । कार्यालयको उद्घाटन सँगै मेयर चौधरीले कार्यालय भर्खरै स्थापना भएपनि भूमिहिन सुकुम्वासीहरुको काम भने पहिल्यै बाट भईरहेको जनाए । चौधरीले प्रत्येक वडाहरुमा हाल नापीको काम भईरहेको र अब सम्पूर्ण कामहरु यसै कार्यालयबाट गर्न सकिने समेत जनाए । मेयर चौधरीले अब नगरमा सुकुम्वासी समस्या तत्कालै सहज बनाईने र सबैलाई आधिकारीक बसोवास तर्फ लैजाने समेत बताए । कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति उदयपरका अध्यक्ष् बल बहादुर तामाङा, त्रियुगा नगरपालिका सामाजिक विकास शाखाका संयोजक मान वहादुर राई, १२ नं वडाका अ...
गाईघाटमा ६ दलले गरे एमसीसीको चर्को बिरोध, ५५ करोड डलरमा राष्ट्र बेच्न  खोजेको आरोप

गाईघाटमा ६ दलले गरे एमसीसीको चर्को बिरोध, ५५ करोड डलरमा राष्ट्र बेच्न खोजेको आरोप

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २५ पछिल्लो समय नेपालमा एमसीसीको चर्को विरोध आलोचना हुँदै गर्दा गाईघाटमा पनि ६ ओटा पार्टीहरुले यसको चर्को विरोध गरेको छ । ५५ अर्बमा देश बेच्न लागेको भन्दै उनिहरुले चर्को विरोध गरेको हो । नेपाल कम्युनिष्ट पार्टी, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणत्रान्त्रिक मोर्चा, नेपाल, र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले मंगलबार एमसीसी बारे गाईघाटको पिपलचोकमा कोण सभा गर्दै बिरोध गरेको हो । बिरोधमा उनिहरुले एमसीसी जनताहरुको इच्छा विपरित राष्ट्रघाती रहेको भन्दै यसलाई तत्काल ख्यारेजको माग राखेको छ । उनिहरुले देशको वेरुजु हेर्ने हो भने १० खर्ब बढी भ्रष्ट देखिने त्यस्को छानविन चै नगर्ने तर अमेरीकाको राष्ट्रघाती ५५ अर्ब डलर चै सरकारले भित्र्याउने भन्दै यो मान्ने नहुने जनाए । पार्टीहरुले जनताहरुलाई अन्याय हुने त्यस्ता एमसीसी पास नगर्न सरकारलाई अनुरोध गर्द...
राप्रपा बाट अलगिए पूर्व अध्यक्ष कमल थापा

राप्रपा बाट अलगिए पूर्व अध्यक्ष कमल थापा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २५ राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले पार्टी बाट अलग भएको निर्णय गरेको छ । थापाले पार्टीमा रहने चाहाना हुँदा हुँदै पनि आफ्नो कुनै पनि कुराहरु सुनुवाई नभएको भन्दै पार्टी छाड्ने निर्णण गरेको प्रेस विज्ञाप्तीमा उल्लेख गरेको छ । मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। यसअघि सोमबार उनले आफूपक्षीय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका थिए। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी म...
हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि बेपत्ता

हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २५ चिसो बढेसँगै गोरखामा हिउँ परेपछि हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि बेपत्ता भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता भएका हुन् । उनीहरू दुबै जना साथीहरू रहेको प्रहरीले जनाएको छ । पाँच दिनदेखि दुई जना किशोर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक जाने भनेर हिँडेको पहरीले जनाएको छ । उनीहरु दुबै जना लाप्राकमा हिउँ खेल्न भनेर बिहान खान खाएर १० बजेतिर घरबाट हिँडेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयो । उनीहरू गत बिहीबारदेखि नै बेपत्ता भएपछि आफन्त तथा स्थानीय आफैंले खोजी गरेका थिए । तर उनीहरू फेला नपरेपछि आफन्तले प्रहरीलाई आइतबारमात्रै खबर गरेका थिए । स्थानीय र प्रहरी मिलेर उनीहर...
लागुऔषध सहित एक जना पक्राउ

लागुऔषध सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २५ सुनसरी कोशी गाऊपालिका ८ स्थित भण्टाबारी बजारबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कंचनरुप नगरपालिका १२ का २९ बर्षीय धन कुमार विश्वकर्मा रहेका छन् ।हिजो बेलुका ४ बजे सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई DIALUX-DC  २ बोतल, SPASMO PROXYVON PLUS ३२ ट्याब्लेट, NIRAVET-10  ३० ट्याब्लेट ,NITROSUN-10 ५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
१३ नं वडाको आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन, ल्याव सहितको स्वास्थ्य सेवा सुरु

१३ नं वडाको आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन, ल्याव सहितको स्वास्थ्य सेवा सुरु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ २५ त्रियुगा नगरपालिका १३ नं वडाको आधारभूत स्वास्थ्य केन्द्र भवन मंगलबार उद्घाटन भएको छ । भवनको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गर्नुभयो । भवन उद्घाटन गरे सँगै वाडामा आजै बाट ल्याव सहितको स्वास्थ्य सेवा सुरु भएको वडा अध्यक्ष पशुपती चौधरीले बताउनुभयो । चौधरीले हाल वडामा रहेको स्वास्थ्य शाखाले अब बाट आफ्नै भवन बाट सेवा सुरु गर्ने बताउनुभयो । नगर प्रमुख वलदेव चौधरीले स्वास्थ्य सेवा मानव जिवनको अत्यावश्यक क्षेत्र रहेको बताउनुभयो । उहाँले यस स्वास्थ्य केन्द्रले १३ नं वडाका जनताहरुलाई स्वास्थ्य रहन ठुलो मदत गर्ने जनाउनुभयो । चौधरीले मान्छे पहिले स्वास्थ्य हुन जरुरी रहेको र स्वास्थ्य रहे संसार रहने स्वास्थ्य नरहे केही नरहने भन्दै यस भवनबाट जनतालाई सेवा सुविधा लिएर स्वास्थ्य बन्न समेत अनुरोध गर्नुभयो । यस्तै वडा अध्यक्ष चौधरीले पनि वडामै स्वास्थ्य भवन...
ट्रक दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

ट्रक दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २५ संखुवासभा खाँदबारी नगरपालिका ९ कत्ले भञ्ज्यांङ नजिक सभाखोलाको पुलमा ट्रक दुर्घटनाबाट चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा गोरखा का २४ बर्षीय मिलन मग्राती रहेका छन् ।हिजो बेलुका साँझ साढे ६ बजे खाँदबारीबाट सभाखोला तर्फ जाँदै गरेको प्र २–०३–००१ ख ४३० नमबरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । सो दुर्घटनाबाट घाईते भएका मग्रातीलाई उद्धार गरि उपचारको लागी मनकामना हस्पिटल तुम्लिङटार पठाईएको थियो । घाईते मग्रातीको सोही अस्पतालमानै राती पौने ८ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा सवार सह–चालक सिन्धुपाल्चोक बाह्रबिसे का १९ बर्षीय सुजन तामाङ भने सामान्य रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...