Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

Breaking News 3, समाचार
काठमाडौं, माघ २७ मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् । उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिनुभयो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको विसं २०५८ पुस १६ गतेको फैसलाले नेपाललाई एक वर्ष छ महिना कैद सजाय तोकेको थियो । जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताउनुभयो । (रासस)...
मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

Breaking News 3, समाचार
काठमाडौं, माघ २७ मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो । पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको उहाँको भनाइ ...
नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ

नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ

Breaking News 2, समाचार
काठमाडौं, माघ २७ । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक ९हेल्थ एसिस्टेन्ट० २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)  ...
उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना एकको मृत्यु

उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २७ उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ७ नागबेली स्थित मदन भण्डारी लोकमार्गमा जन्ती बोकेर गईरहेको ट्याक्टर दुघंटना हुँदा एको मृत्यु भएको हो । त्रियुगा नगरपालिका १६ रातापानी बाट नेपालटार तर्फ जाँदै गरेको प्र २–०१–००१ त १०९६ नं ट्याक्टर आफै अन्यन्त्रित भई दुर्घटना हुँदा त्रिनपा १४ का अन्दाजी १९ बर्षिय मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार मग्रातीको घटना स्थलमै मृत्यु भएको जनाईएको छ । ट्याक्टरमा सवार अन्य १९ जना भने घाईते भएको छ । घाईतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा ल्याईएको छ भने ट्याक्टर घटना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।  ...
एसइइ परीक्षा वैशाख ९ देखि २० गतेसम्म

एसइइ परीक्षा वैशाख ९ देखि २० गतेसम्म

Breaking News 1, शिक्षा, समाचार
काडमाडाै, माघ २६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ । परीक्षाको तालिका भने बोर्डले भोल...
मुक्तिनाथ बैँक गाईघाट शाखाद्धारा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई ३० कुर्सि सहयोग

मुक्तिनाथ बैँक गाईघाट शाखाद्धारा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई ३० कुर्सि सहयोग

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, माघ २६ मुक्तिनाथ विकास वैँक गाईघाट शाखाले राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई ३० थान प्लाष्टिकको कुर्सि सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तरगत विभिन्न संध संस्थालाई सहयोग गर्दै आईरहेको अवस्थामा त्रियुगा नगरपालिका वडा नं १०, गाईघाट राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई ३० थान बस्ने प्लास्टिकको कुर्सीहरु हस्तान्तरण गरेको गाईघाट शाखा प्रमुख विनोद थापाले बताए । बैंकका कर्मचारी, समितिका सदस्य तथा अन्य स्थानीय नागरिकहरुको उपस्थितिमा कुर्सी हस्तान्तरण गरिएको थापाले बताए । शाखा प्रमुख थापाले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यलाई कुर्सी हस्तान्तरण गरेको छ । उक्त सहयोगले राधाकृष्ण मन्दिरमा आउने वृद्ध तथा थकितभक्तजन हरुलाई विश्राम र मन्दिर व्यवस्थापनमा पनि मद्दत पुग्ने विश्वासका साथ कुर्सि सहयोग गरेको थापाको भनाई छ । मन्दिर व्यवस्थापन समितिका अध्...
बाघ गणनाका लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड

बाघ गणनाका लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २६ मंसिर २९गते देखि बाँके र बर्दियामा बाघ गणना गर्नका लागि निञ्कुजमा राखिएका क्यामेराहरु चोरी तथा तोडफोेड भएको छ । निकुञ्जमा गणनाका लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएकोले गणना प्रभावित भएको छ । बाघ गणना गर्दा एक ठाउँमा झन्डै १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रवीन कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्न...
विवाहीत महिलाको शव गहुँबारीमा फेला

विवाहीत महिलाको शव गहुँबारीमा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २६ एक जना विवाहीत महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको हो । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले बताउनुभयो । प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएको प्रहरीको अनुसन्धानमा खुलेको छ । शवको पोष्टमार्टमपछि घटना बारेमा थप विवरण आउने प्रहरीले जनाएको छ ।...
बँदेलको आक्रमणबाट एक किशोरको ज्यान गयो

बँदेलको आक्रमणबाट एक किशोरको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २६ बँदेलको आक्रमणबाट एक जना किशोरको बाजुरामा ज्यान गएको छ । जिल्लाको बूढीनन्दा नगपालिका–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टलाई जङ्गली बँदेलले आक्रमण गर्दा उनको ज्यान गएको हो । छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका बाजुराले जनाएको छ ।...
इलामबाट काठमाडौंको हवाई उडान फागुन ८ देखि सूचारु हुने

इलामबाट काठमाडौंको हवाई उडान फागुन ८ देखि सूचारु हुने

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २६ इलामबाट काठमाडौंको हवाई उडान फागुन ८ गतेदेखि सूचारु हुने भएको छ । व्यावसायिक उडानको तयारी भइरहेको जिल्ला फाल्गुननन्द–सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै परिक्षण उडान गरिएको छ । फाल्गुननन्द–सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट व्यवसायी उडान सुरु हुँदैछ । तारा एयरलायन्सले साताको एक दिन काठमाडौँ–इलाम–काठमाडौँ उडान गर्ने तयारी छ । नियमित उडान गर्न इलाम नगरपालिका र तारा एयरलाइन्सबीच सम्झौता भइसकेको छ । प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र एयरलाइन्सबीच सम्झौता भएको हो । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ ...