विदेशको लाख कमाइ छाडेर महेन्द्रनगरमा घुम्ती चिया व्यापार
काठमाण्डौं, माघ २७
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिकजसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिनुहुन्छ । पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुग्नुभएका उहाँले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गर्नुभएको थियो ।गत मङ्सिर १ गतेदेखि आफ्नै ठाउँमा केही गरौँ भन्ने बिचार गर्दै घुम्ती चियाको व्यापार थाल्नुभएका उहाँले अहिले दैनिक रु तीनदेखि चार हजारसम्मको चियाको व्यापार गरिरहेको बताउनुभयो । “चिया राख्ने भाँडो ९हटपट० खरिद गरेर यहाँ पसल–पसलमा बिहान ६ देखि १० र बेलुकी ३ देखि ५ बजेसम्म चियाको व्यापार गर्छु”, चन्दले भन्नु्भयो, “मेहेनत गरे कमाउनका लागि विदेशिनुनै पर्छ भन्ने होइन रहेछ ।”
चियामा थोरै लगानीमा राम्रो आम्दानी हुने गरेको छ । दैनिक १५० देखि २०० कप चिया बिक्री हुने गरेको बताउँदै उहाँले आफू यो व्यापारबाट सन्तुष्ट रहेको बताउनुभयो । “आफ्नै भूम...








