Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित युवक पक्राउ

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २८ सुनसरीको धरान उपमहानगर पालिका–१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे ५ बजे संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...
बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु

बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २८ झापाको कमल गाउँपालिका–४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी–८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन । हिजो बेलुका सवा ३ बजे पुर्व तर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे.६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालकलाई उपचारको लागी दमक लाईफ लाईन अस्पताल पठाएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।...
निर्माणाधीन अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्कियो

निर्माणाधीन अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्कियो

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ । ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल÷फूलबारी जेभीले निर्माणको जिम्मा लिएको अस्पतालको पश्चिमपट्टि लगाइएको पर्खाल सम्पन्न नहुँदै भत्किएको हो । जिल्लाको एकमात्र सरकारी अस्पतालको स्तरोन्नति हुने भएपछि उपचार सेवालाई निरन्तरता दिन पुरानो भवन भत्काउनुअघि पश्चिमपट्टि प्रि–फ्यावको अस्थायी भवन निर्माण गरिएको थियो । अस्थायी भवनको अगाडिपट्टि निर्माणाधीन टेवा पर्खाल सम्पन्न नहुँदै भत्किएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेका जटिल किसिमका बिरामी जोखिम मोलेर उपचार गराउन बाध्य छन् । ठेकेदार कम्पनीले घडेरी सम्याउँदा फालिएको माटोमाथि पर्खाल लगाएकाले भत्किएको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले बताउनुभयो । “निर्माणाधीन अस्पताल भवनको पर्खाल हिउँदे वर्षाम...
चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

Breaking News 2, समाचार
काठमाडौँ, माघ २८ आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ । नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो । उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । ती आठ टोलीलाई पन...
तुलसीपुरमा आगलागीबाट पाँच जनाको मृत्यु

तुलसीपुरमा आगलागीबाट पाँच जनाको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौं, माघ २८ तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । तुलसीपुर–५ ‘ङ’ लाइनस्थित चप्पल गोदाममा आज बिहान २ बजे आगलागी भएको हो । आगलागीलगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर मृत्यु भएको हो । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुई जनालाई निकालिएको हो । पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युत्को मिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । पहिलो ...
हिउँमा फसेका ३४ जना घर फर्किए

हिउँमा फसेका ३४ जना घर फर्किए

Breaking News 2, समाचार
काडमाण्डौं, माघ २७ जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताउनुभयो । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो । प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यन्न छाडेर फर्किएको थियो । पाटन क्षेत्रमा जडीबुटी सेतोचिनी सङ्कलनका लागि गएका स्थानीयवासी हिउँ परेपछि पाटनमै थुनिएका थिए । हिउँमा फसेकालाई उद्धारका लागि चौतर्फी पहल भएको थियो । स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पाटन क्षेत्रमा झण्डै चार फिट हिउँ जमे...
रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २७ रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ । यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको निधन भएको छ । यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को न...
विप्लवका पूर्व उदयपुर जिल्ला ईन्चार्ज केदार राई नेकपा एसमा प्रवेश

विप्लवका पूर्व उदयपुर जिल्ला ईन्चार्ज केदार राई नेकपा एसमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २७ विप्लव माओवादीका पूर्व उदयपुर जिल्ला इृन्चार्ज केदार राईले पार्टी परित्याग गरी नेकापा एकिकृत समाजवादी पार्टीमो प्रवेश गरेको छ । राईले मंगलबार एक प्रेस विज्ञाप्ती सार्वजानिक गर्दै आफुले लामो समय देखी आबद्ध रहेको विप्लव पार्टी परित्याग गरेको र नेकपा एस पार्टीमा प्रवेश गरेको जनाएको छ । उनले पछिल्लो समय देशमा राजनितिक अस्थिरताको बावजुत नेपालमा बिभिन्न स्वार्थी पार्टी रहेको समेत बिज्ञाप्तीमा उल्लेख गरेको छ । राईले पछिल्लो समय नेपाल र नेपालीको हितमा काम गर्ने पार्टीको अध्यान अनुसन्धानको क्रममा दक्षीण बामपन्थी, अवसरवाद र उग्रदक्षिण बामपन्थिहरुलाई परास्त गर्ने पार्टीको रुपमा नेकपा एकिकृत समाजवादी पार्टीलाई पाएको भन्दै यसैमा आफु आवद्ध भएर देश र जनताको लागि काम गर्ने जनाएको छ ।...
भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २७ भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा कुल संक्रंमितको संख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा अरु एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ । नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९० हजार ७८९ पुगेको छ । सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ । (रासस)...
अमेरिकी विमानले कीभमा ८० टन हतियार ल्याएः रक्षामन्त्री

अमेरिकी विमानले कीभमा ८० टन हतियार ल्याएः रक्षामन्त्री

Breaking News 2, समाचार
काडमाण्डौं, माघ २७ युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त गरेको, युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले बुधबार ट्वीटमा उल्लेख गरेका छन् । ूआज बोरिस्पिल एयरपोर्टमा ुखुला दिनु हो १ थोरै हँसिलो मुद्रामा उनले भने संयुक्त राज्य अमेरिकाको ९ औं चरा पछि, १० औं चरा ९विमान० उडेको र ८० टन भन्दा बढी बारूद सहितका हतियार भित्रिएको छ । समग्रमा, अमेरिकाले हतियारका ४५ विमानहरू आपूर्ति गर्ने योजना बनाएको युक्रेनी सेनाको आरबीएस(युक्रेनको स्रोतले उल्लेख गरेको छ । युक्रेन वरपरको अनिश्चित अवस्था हालैका हप्ताहरूमा बिग्रिएको छ जसमा अमेरिका र ईयुले युक्रेनी सीमामा रूसी सैन्य निर्माणमा चिन्ता व्यक्त गरेका छन् र नाटोले सहयोगीहरूलाई कीभको लागि आफ्नो सैन्य समर्थन बढाउन आग्रह गरेको छ। यस विषयमा संयुक्त राज्य अमेरिका र अन्य आपूर्तिकर्ताहरूसँग वार्ता गर्दै गर्दा युरोपेली युनियन...