Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

७ महिने शिशु अपहरण गरेको अभियोगमा तीनजना पक्राउ

७ महिने शिशु अपहरण गरेको अभियोगमा तीनजना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २८ ७ महिलाको शिशुलाई अपहरण गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन आयोजित गरी तीनै जना अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्लाको गणेशमान चारनाथ नगरपालिका– १० कि ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका– १ पौडेश्वर घर भई जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालि– ४ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्णकुमार यादवलाई सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका– ६ महाराज सागर पोखरी छेउबाट बुधबार साँझ करिब ६ बजे मोहम्मद अमिर राइनका ७ महिनाका छोरा अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् । अख्तरलाई उनकै दिदी ६ वर्षीया एलिजाले खेलाइरहेका बेला मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई बच्चा लिएर भागेको...
चप्पल गोदाममा आगलागी, एक घाइते

चप्पल गोदाममा आगलागी, एक घाइते

Breaking News 3, समाचार
काठमाडौं, माघ २८ दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । क्षतिको विवरण अझै आउन सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् । (रासस)...
अझै एघार लाख बालबालिका श्रम गर्न बाध्य

अझै एघार लाख बालबालिका श्रम गर्न बाध्य

Breaking News 2, समाचार
काठमाडौँ, माघ २८ नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जनलगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त प्रतिवेदन, २०२१ का अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका कूल ७० लाख बालबालिकामध्ये ११ लाख अर्थात् १५ दशमलव तीन प्रतिशत बालबालिका बालश्रमिक छन् । सन् २००८ मा १६ लाख बालबालिका बालश्रमिक रहेका थिए । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बालश्रमिक घट्नुमा सरकारले ल्याएका उचित नीति र बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालगायत सचेत नेपालीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । कार्यकारी निर्देशक धरेलले बालश्रम निर्मूल पार्न निरन्तर साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । श्रम, रोजगार तथा सामाजिक...
“घर पायौंँ, धनीपुर्जा र रोजगारी कहिले त ?”

“घर पायौंँ, धनीपुर्जा र रोजगारी कहिले त ?”

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्नुहुन्छ र मुस्कुराउनुहुन्छ । घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ । छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन् । बिजुलीले घर झलमल्ल छ । सिलिङमा जिप्सन लगाइएको छ । दमक नगरपालिका वडा नं १ मा निर्मित एकीकृत नमुना बस्तीको सात नम्बर घरमा बस्दै आउनुभएका ७३ वर्षीय भुजेललाई अहिलेको बसाइ सपना जस्तो लाग्छ । जीवनभर दुखजिलो गर्दा डेरामा बस्नुपरेको लामो पीडालाई नमुना बस्तीको आरामदायी बासले बिर्साइदिएको छ । बस्ने घर पाइए पनि जग्गाको धनीपुर्जा हातमा नहुँदा भने उहाँलाई खल्लो अनुभूति हुन्छ । “सपनामा पनि यति राम्रो घरमा बस्न पाइएला भन्ने सोचेको थिइन नानी”, आँगनमा बसेर माघको न्यानो घाम ताप्दै भुजेलले भन्नुभयो, “खुशीको सीमा नै छैन, बुढेसकालमा डेरामा बस्नु त परेन ।” उहाँ...
नाबालकलाई प्रलोभनमा पारी सुन लुटपाट गर्ने दुई जना पक्राउ

नाबालकलाई प्रलोभनमा पारी सुन लुटपाट गर्ने दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २८ एक नाबालकलाई प्रलोभनमा पारेर सुन लुटपाट गर्ने र लुटपाट गरिएको सुन किनेको अभियोगमा काठमाडौंका दुईजना पक्राउ परेका छन् । गोकर्णेश्वर–४ का नारायण श्रेष्ठ र पथरी शनिश्चरे–८ घर भई गोकर्णेश्वर–६ काठमाौडौंमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका राजकुमार बराइली पक्राउ परेका हुन् । प्रहरीका अनुसार तीन वर्षीय नाबालकलाई म तिम्रो मामा हुँ भन्दै नारायणले चकलेट दिएर प्रलोभनमा पारी कानमा लगाइराखेको चार आना बराबरको सुनको मुन्द्रा लुटपाट गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।...
पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

Breaking News 2, पर्यटन, समाचार
काठमाडौँ, माघ २८ कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । कोरोना सङ्क्रमण तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि म...
नर्वे र टर्कीको छिट्टै तालिवानसँग वार्ता गर्ने योजना

नर्वे र टर्कीको छिट्टै तालिवानसँग वार्ता गर्ने योजना

Breaking News 2, समाचार
काठमाण्डौं, माघ २८ नर्वे र टर्कीले निकट भविष्यमा अफगानिस्तानमा तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको स्पुतनिक समाचार एजेन्सीले अफगान मिडियालाई उद्धृत गर्दै जनाएको छ। तालिबानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी दिएका छन् । यस वर्ष जनवरी २३ देखि जनवरी २५ सम्म तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीको नेतृत्वमा तालिवान प्रतिनिधिमण्डलले राज्यको निमन्त्रणामा नर्वेको राजधानीको औपचारिक भ्रमण गरेको स्पुतनिकले रिपोर्ट गरेको छ। प्रतिनिधिमण्डलले अमेरिका, ईयु, फ्रान्स, जर्मनी, इटाली, नर्वे र बेलायतका विशेष प्रतिनिधि र राजदूतसँग भेटघाट गरेको थियो । मुत्ताकीले भ्रमण सफल भएको बताउँदै प्रतिनिधिमण्डलले नर्वेजियन सरकारको आतिथ्य र विश्वासको सुदृढीकरणमा गरेको योगदानका लागि धन्यवाद दिएका छन्। कतार र टर्कीले तालिबान सत्तामा आएपछि गत वर्ष अराजक जनस्वास्थ्य र विदेशी...
पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार करिब १४ः४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाएको छ। रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो । नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए, जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो। राष्ट्रिय प्रहरी र सरकारी वकिलको कार्यालयका कर्मचारीले शव हटाउने र अनुसन्धान शुरु गर्ने जिम्मा लिएका थिए। (रासस)...
दुर्घटनामा इञ्जीनियरको मृत्यु

दुर्घटनामा इञ्जीनियरको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ । रम्भा–१ हुँगीबाट ताहँुतर्फ आउने क्रममा लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको थियो । त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा–२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृतावस्थामा रानाको शव भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दुर्घटनामा परेको स...
डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ जिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । यहाँका नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार ३०० बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो । यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल ...