Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

Breaking News 3, समाचार, संसार
काठमाडौं, फागुन १५ । रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताउनु भएको छ । “रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,“ ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताउनु भएको छ । “युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गर्दैछन्।“ उहाँले थप जानकारी दिनु भएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको थियो । शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा तीन जना बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ । रासस...
हमाल बने मिस्टर उदयपुर च्याम्पियन २०७८ – भिडियो

हमाल बने मिस्टर उदयपुर च्याम्पियन २०७८ – भिडियो

Breaking News 1, मनोरञ्जन, समाचार
उदयपुर, फागुन १५ गते । हिजो सम्पन्न उदयपुर जिल्ला स्तरीय मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियन प्रतियोगितामा प्रथम–तेजबहादुर हमाल, द्वितिय – दिलिप चौधरी र तृतीय महेश तामाङ बनेका छन् । हेर्नुहोस् प्रतियोगिताको भिडियो क्लिप... https://youtu.be/76CCBUxMcgg
बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ

बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ

Breaking News 2, समाचार
काठमाडौं, फागुन १५ नेपाल प्रहरीले एनआसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङलाई गएराति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटिएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका तामाङसँग एटिएम फोड्न प्रयोग गरेका दुई थान औजारसमेत बरामद गरेको छ । रासस...
नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाडौं, फागुन १५ । जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिनुभएको थियो । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ । जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कान...
अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र

अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र

Breaking News 2, समाचार
काठमाडौं, फागुन १५ न्यूनतम् पारिश्रमिक निर्धारण समितिको ‘श्रमजीवी पत्रकार–मिडिया अध्ययन प्रतिवेदन, २०७८’ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले विनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ । समितिले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका सञ्चारमाध्यममा कार्यरत २४१ पुरुष, ६९ महिला र एक अन्य गरी ३११ श्रमजीवी पत्रकारबीच गरेको अध्ययनमा सहभागीमध्ये १९२ जनाले मात्रै कार्यरत सञ्चार प्रतिष्ठानबाट आर्थिक वर्ष २०७७÷०७८ मा नियुक्तिपत्र लिएको र ११९ जनाले विनानियुक्तिपत्र काम गरेको पाइएको हो । यसमध्ये पनि टेलिभिजनमा कार्यरत अधिकांशले नियुक्तिपत्र नपाएको गुनासो अध्ययन र अनुगमनका क्रममा पाइएको छ । “नियुक्तिपत्र दिए पनि धेरैले नियुक्तिपत्रमा काम गर्ने अवधि, वार्षिक बिदा, ओभरटाइमजस्ता विषय उल्लेख नगरिएको हुँदैन”, अध्ययन प्रतिवेदनको निष्कर्ष छ, “पुरुष महिला सञ्चारकर्मीको तुलनामा महिला सञ्चारकर्मीको समस्या अझ ...
मोरङबाट भारतिय नक्कली नोटसहित ३ जना पक्राउ

मोरङबाट भारतिय नक्कली नोटसहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १५ मोरङको बिराटनगर महानगरपालिका–१३ स्थितबाट भारतिय नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दन कुमार ठाकर र ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुमलाई प्रहरीले पक्राउ गरेको हो । बिहान साढे १० बजे बिराटनगर–१३ नहर चोक स्थितमा सि.आर.भि. जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाँका भारतिय नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । नक्कली नोटसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
जलेश्वरमा शिव आगमनको आभास

जलेश्वरमा शिव आगमनको आभास

Breaking News 2, समाचार
काठमाडौं, फागुन १५ शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ । कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’९ जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गर्नुभएको हो ०। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले मन्दिर सिँगार्ने काममा दर्जनाँै कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा शिवभक्तिका गीतसङ्गीतले जलेश्वर गुञ्जायमान छ । शिवरात्रिको पूर्वसन्ध्यामा जलेश्वर नगरपालिका–१ स्थित मन्दिरमा जलेश्वर महादेव आइसक्नुभएको आभास भइरहेको जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताउनुहुन्छ । अनादिकालमा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र बाबा ...
विद्यालयमा खानेपानी समस्या

विद्यालयमा खानेपानी समस्या

Breaking News 3, समाचार
काठमाडौं, फागुन १५ पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराउनुभएको थियो । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालयसम्म पु¥याउन सकिएको अवस्था छैन । विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर यसमा पानी आउदैन । धारामा कमिला हिँडिरहेका हुन्छन् । शौचालयमा पानी हुँदैन । शौच गर्न खोलाबाट पानी बोक्नु पर्छ । खो...
कर्मचारीहरुले गरे मिर्गौलापीडित पण्डितलाई २ लाख बराबर आर्थिक सहयोग

कर्मचारीहरुले गरे मिर्गौलापीडित पण्डितलाई २ लाख बराबर आर्थिक सहयोग

Breaking News 2, समाचार
काठमाण्डौ, फागुन १५ मिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब रु दुई लाख सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो । सङ्गठनको ११औँ जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उहाँलाई हस्तान्तरण गरिएको छ । कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितको उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामती कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिनुभयो । बिरामी पण्डितलाई शुक्रबारमात्रै निजामती कर्मचारी सङ्गठन तनहुँले पनि रु ५० हजार ८४५ सहयोग गरेको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको केही समयअगाडि स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । निजामती कर्मचारी सङ्गठनल...
कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १५ स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अहिले त्यो चलन पनि हटेको छ । नागरिकलाई स्थानीय तहले गर्ने काम–कारबाहीबारेमा जानकारी गराउनु पर्छ । स्थानीय तहले गरेका नीति–निर्णय सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि नागरिकले पाउनुपर्ने सूचनाबाट बञ्चित हुँदै आएका छन् । स्थानीय तहले कार्यपालिकामा गरेका नीति–निर्णयलाई नागरिकसामु पु¥याउनका लागि प्रवक्ता तोक्न पाउने व्यवस्था छ । प्रवक्ताको काम स्थानीय सरकारले गरेका काम– कारबाहीको आम स्थानीयवासीलाई जानकारी गराउने भए पनि कार्यकालको अन्तिमसम्म आइपुग्दा कुनै स्थानीय तहले प्रवक्ताको भूमिका प्रष्ट पार्न सकेका छैनन् । ट...