Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

‘एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल हुँदैन 

‘एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल हुँदैन 

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन १५ नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो । उहाँले एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गर्नुभयो । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गर्नुभयो ।नगरपालिकाका प्रमुख उद्धव खरेलले ।स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाउनुभयो । –––...
भद्रपुरमा एमसीसीको हस्ताक्षर संकलन, ९७ प्रतिशतले एमसीसी अस्वीकार

भद्रपुरमा एमसीसीको हस्ताक्षर संकलन, ९७ प्रतिशतले एमसीसी अस्वीकार

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १५ भद्रपुर, १४ फागुन । नेकपा ९माओवादी केन्द्र० भद्रपुर नगर कमिटी, प्रचार विभागले शनिबार अमेरिकी सहयोग परियोजना ९एमसीसी० नेपालमा चाहिने वा नचाहिने भन्ने सम्बन्धमा मत सर्वेक्षण गरेको छ । शहीद सप्ताहको अवसरमा भद्रपुर–५ को वडा कार्यालय अगाडि एमसीसीबारे आमजनताको मत सर्वेक्षण गरेको हो । नगर अध्यक्ष शिवकुमार राजभण्डारीले मुलुकका लागि घातक एमसीसी परियोजना हाल संसद्मा प्रस्तुत भएकाले सोको विरुद्धमा जनमत संकलन गरिएको बताए । दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म गरिएको मत सर्वेक्षणमा १५४ जनाले मत खसालेका थिए । जसमध्ये १४९ मत चाहिँदैन, ४ मत चाहिन्छ र १ मत खाली ९तटस्थ० खसेको थियो । छोटो अवधिमा गरिएको मत सर्वेक्षणमा ९७ प्रतिशतको मत विपक्षमा देखिएको नगर कमिटीका पार्टीका प्रचार विभागका राजु पाठकले बताए । मत सर्वेक्षणका क्रममा जनमानसमा एमसीसीविरुद्ध ठूलो आक्रोश देखिएको थियो । मत जा...
देउरीमा सम्पन्न दोस्रो वडाअध्यक्ष कपको उपाधी आयोजककै पोल्टोमा

देउरीमा सम्पन्न दोस्रो वडाअध्यक्ष कपको उपाधी आयोजककै पोल्टोमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ त्रियुगा नगरपालिका ५ नं वडा देउरीमामा भएको दोस्रो वडाअध्यक्ष कपको उपाथी आयोजक टिमले नै हात पारेको छ । फानईल खेलको अर्का प्रतिस्पर्धि टिम नमुना युवा क्लव कुमारी चोकलाई ३–२ को अन्तरले पराजित गर्दै कपको उपाधी प्रकृति स्पोर्ट क्लव आयोजक टिमले हात पारेको हो । खेल अबधिभर आयोजक टिमको तर्फबाट ३ गोल भएका थिए भने नमुना युवा क्लवले २ गोल मात्रै फिर्ता गर्न सफल भए । पहिलो चरणको खेलमा आयोजक प्रकृति स्पोर्ट क्वलको तर्फबाट २३ औँ मिनेटमा जर्सि नं ९ का विशाल चौधरीले गोल गरेका थिए । तर त्यो गोलको खुसी धेरै टिक्न सकेन तत्काल उक्त खेलको २५ औँ मिनेटमा नमुना क्लवको तर्फ बाट जर्सि नं १५ का प्रविन चौधरीले गोल फर्काएर खेललाई बराबरी बनाएका थिए । हाफ पछि पुन आयोजकको तर्फ बाट २ गोल थपेर टिमलाई बिजयी बनाए भने नमुनाले १ गोल मात्र थप्न सफल भए । हाफ पछि दोस्रो चरणको खेलमा आयोजक टिमको तर्फ...
कटारीका तेज बहादुर हमालले जित्यो मिस्टर उदयपुर शारिरीक सुगठन प्रतियोगिताको उपाधी

कटारीका तेज बहादुर हमालले जित्यो मिस्टर उदयपुर शारिरीक सुगठन प्रतियोगिताको उपाधी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ उदयपुरमा शनिवार भएको जिल्ला स्तरीय मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियनसिप प्रतियोगतिामा कटारीका तेज बहादुर हमाल प्रथम भएको छ । १३ जना सहभागीका बिच हमाल प्रथम हुन सफल भएका हुन् । प्रथम भए सँगै हमालले ५१ हजार नगद राशी, शिल्ड, प्रमाण पत्र र मेडल समेत प्राप्त गरेको छ । ७ ओटा इन्टरनेशनल पोजिसनहरुले जर्जहरुको मन जित्दै हमाल उत्कृष्ट पफमरका साथ प्रथम भएको हो । प्रतियोगितामा गाईघाटका दिलप चौधरी दोस्रो भएको छ भने गाईघाटकै महेश तामाङ तेस्रो भएको छ । दोस्रो हुन सफल चौधरीले रु २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । यस्तै तेस्रो हुन सफल तामाङले पनि रु १५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउन सफल भएको छ । १३ जना प्रतियोगितालाई पछि पार्दै उनिहरुले ७ पोजिसनबाट आफ्नो कोठा सुरक्षित गर्न सफल भएका हुन् । सुरुमा १३ जनाको प्रस्तुति देखाईपछि उत्कृष्ट ६ छ...
झोलुङ्गे पुलले यात्राअवधि छोट्टियो

झोलुङ्गे पुलले यात्राअवधि छोट्टियो

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १४ धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो । नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताउनुभयो । “नाउरा–चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो”, उहाँले भन्नुभयो, “पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ । जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।” धौलागिरि गाउँपालिकाले नाउराको कोपिलाघाटमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । रु ४० लाख ९४ हजार ४०५ को लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी ल...
त्रियुगा नगरपालिकाले ल्यायो उपमहानगरपालिकाको प्रस्ताव

त्रियुगा नगरपालिकाले ल्यायो उपमहानगरपालिकाको प्रस्ताव

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १३ त्रियुगा नगरपालिकाले उपमहानगरपालिकाको प्रस्तावलाई अगाडी बढाएको छ । शुक्रबार देखी सुरु भएको नगरपालिकाको आठौं नगरसभाले उपमहानगरपालिकाको प्रस्ताव ल्याएको हो । अधिवेशनले नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्ने कार्य योजना अघि सारेको छ । सभामा नगरपालिकाका प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालाई भुगोल र जनसंख्या विकासको हिसावले उपमहानगरपालिकाको रुपमा विकास गर्ने कार्य योजना प्रस्ताव पेश गर्नुभयो । पालिका आसपासका अन्य केही भुगोललाई समेटेपछि उपमहानगरपालिकाको हैसियतमा जनसंख्या र भुगोल पुग्ने भन्दै कार्य योजना प्रस्ताव गर्नुभएको हो । “अव हामी उपमहानगरपालिकाको हैसियतमा हुनेछौं” नगरप्रमुख चौधरीले भन्नुभयो “उपमहानगरपालिका बनेपछि थप विकासको ढोकाहरु खुल्नेछन् ।” यसका साथै मेयर चौधरीले ऐलानी पर्ती रहेका जमिन र अब्यवस्थित बसोबासहरुको जग्गा ब्यवस्थापन समाधान, नगरक...
गाईघाटमा भोली हुने मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियन प्रतियोगिताको तयारी सम्पन्न

गाईघाटमा भोली हुने मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियन प्रतियोगिताको तयारी सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, फागुन १३ गाईघाटमा भोली हुने जिल्ला स्तरीय शारिरीक सुगठन च्याम्पियनसिप प्रतियोगिताको भव्य तयारी पुरा भएको छ । उक्त खेल शनिवार गाईघाट स्थित टाउन हल एण्ड पार्टी प्यालेर्समा दिउँसो १ बजे बाट हुँदैछ । आयोजक टिमका सदस्य तथा इनर्जी फिटनेस क्लबका संञ्चालक मनोज कटुवालले खेलमा आवश्यक सबै तयारी सकिए सँगै भोली खेल भव्य हुने समेत जानकारी दिए । कटुवालले खेललाई उत्कृष्ट बनाउन सबै सामाग्री सहित आवश्यक कामहरु पुरा भएकोले भोलीको खेलमा सहभागी हुन सबैमा आग्रह समेत गरेको छ । खेलका लागि अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरु जर्जको रुपमा आईसकेको जनाएको छ । प्रतियोगितामा अन्तराष्ट्रिय जर्ज शिव मुखिया, राष्ट्रिय खेलाडी एवम् निर्णयक पूर्ण तामाङ, राष्ट्रिय निर्णायक शारदा दाहाल, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी राम दाहाल, शारिरीक सुगठन प्रदेश नं १ का अध्यक्ष केशव श्रेष्ठ सहित आवश्य व्यक्तिहर...
देउरीमा जारी दोस्रो वडाअध्यक्ष कपको फाइनल खेल भोली हुने, नमुना युवा क्लव र प्रकृति स्पोर्ट क्लव भिड्दै

देउरीमा जारी दोस्रो वडाअध्यक्ष कपको फाइनल खेल भोली हुने, नमुना युवा क्लव र प्रकृति स्पोर्ट क्लव भिड्दै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १३ त्रियुगा नगरपालिका ५ देउरीमा जारी दोस्रो वडाअध्यक्ष कपको फाईनल खेल भोली (शनिवार) हुने भएको छ । शनिवारको फाईनल खेलमा आयोजक प्रकृति स्पोर्ट क्लव जलजले र कुमारी चोकले प्रतिस्पर्धा गर्ने छ । गत शनिवार बाट सुरु भएको उक्त खेलमा ८ ओटा टिमले सहभागी जनाएका थिए । प्रतियोगिताको तेस्रो खेलमा नमुना युथ क्लव कुमारी चोकले क्रेजी फुटबल क्लव श्रीपुरलाई २–० को गोलान्तरले पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको थियो । यता आयोजक टिम प्रकृति युवा क्वल वालुवाटार र स्वर्णिम युवा क्ल्व जलजले बिच शुक्रबार भएको खेलमा स्वर्णिम युवा क्लव जलजलेलाई १–० को अन्तरले हराउँदै आयोजक टिमले फाईनलको यात्रा तय गरेको छ । आयोजक टिमको तर्फ बाट जर्सि नं १२ का दिप्सन राउतले गरेको गोलले नै आयोजकलाई फाईनलमा पुराएका थिए । आजको खेलमा म्यान अफ द म्याच भने विशाल चौधरी भएका छन् । भोलीको फाईनल खेल देउरी ५...
गठबन्धन जोगाउन काँग्रेस माओवादी दुवै सकरात्मक

गठबन्धन जोगाउन काँग्रेस माओवादी दुवै सकरात्मक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ शुक्रबार भएको काँग्रेस र माओवादीको बैठकले गठबन्धन सकरात्मक रहेको शन्देश दिएको छ । एमसीसीले भड्कीलो अवस्थामा टुटफुटको समेत हल्ला चलिरहेको अवस्थामा बैठकले गठबन्धन जोगाउन कांग्रेस र माओवादी दुवै सकरात्मक रहेको निष्कर्ष निकालेको छ । गठबन्धन भित्रै रहेका कांग्रेसले कुनै पनि हालतमा एमसीसी पास गर्नु पर्ने अडान राखेको र माओवादीले भने कुनै पनि हालतमा पास गर्नु नहुन अडान राख्दै जाँदा सत्ता गठबन्धनभित्र खटपट रहेको थियो । शुक्रबार भएको कांग्रेस नेता र माओवादी नेताहरुको उक्त भेटवार्ताले भने गठबन्धन जोगाउन सकरात्मक रहेको शन्देस दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ। अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको ...
भारतिय नक्कली नोट सहित ३ जना पक्राउ

भारतिय नक्कली नोट सहित ३ जना पक्राउ

Breaking News 2
पूर्णपुष्टि, फागुन १३ मोरङको बिराटनगर महानगरपालिका १३ बाट भारतिय नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेका छन । शुक्रबार बिहान साढे १० बजे बिराटनगर १३ नहर चोक स्थित सि.आर.भि जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाका भारतिय नक्कली नोट बरामद भएको हो । नक्कली नोट सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...