Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच छलफल सकारात्मक

सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच छलफल सकारात्मक

Breaking News 3, राजनीति, समाचार
काठमाडौँ, फागुन १३ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उहाँहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले राससलाई जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रिय महत्वको विषय भएको र यस सम्बन्धमा आफ्नो पार्टीले सत्ता रहँदा होस् वा प्रतिपक्षमा रहँदा एउटै धारणा राख्दै आएको उल्लेख गर्दै यसलाई अन्यथा विषय नबनाउन आग्रह गर्नुभएको थियो । महामन्त्री थापाका ...
सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, फागुन १३ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादीका मन्त्रीहरु एमसिसीका पक्षमा मत जाहेर गर्छन् ...
त्रियुगा नगरपालिकाको आठौँ नगर सभा आज

त्रियुगा नगरपालिकाको आठौँ नगर सभा आज

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १३ उदयपुरको सबै भन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिकाको आठौँ नगरसभाको बैठक आज भव्य हुँदैछ । उक्त नगरसभाको बैठक हुने भएकाले शुक्रबार नगरको सबै सेवा प्रबाह स्थगित हुने नगरले जनाएको छ । नगरपालिकाले नगर सभाको बैठक हुने भन्दै एकदिनका लागि सेवा स्थगित बारे सूचना प्रकाशन समेत गरेको छ । सूचनामा त्रियुगा नगरपालिकाको कार्यालय, मातहतका १६ वटै वडा कार्यालयहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण नियमित सेवाहरु प्रवाह नहने प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकजनाएको छ । यसबाट नगरवासीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी छ भन्दै सूचना प्रकाशित गरेको छ । नगरले एक दिन सेवाग्राहीमा पर्न गएको बिभिन्न काम कार्वाहीको असर बारे क्षमा याचनाबारे समेत सूचनामा उल्लेख गरेको छ ।  ...
विश्वकप छनोटमा ओमानलाई पराजित गर्दै नेपाल तेस्रो

विश्वकप छनोटमा ओमानलाई पराजित गर्दै नेपाल तेस्रो

Breaking News 1, खेलकुद, समाचार
काठमाण्डौ, फागुन १२ आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहँदै ५५ रन बनाए । त्यसैगरी आरिफ शेख २१ रनमा अविजित रहे भने आसिफ शेख १३ रनमा आउट भए । ओमानका जिसन मक्सुदले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो । ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए । यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट ...
रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा

रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा

Breaking News 2
बेइजिङ, फागुन १२ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई ूसंयमू अपनाउन आह्वान गरेको जनाएको छ। ूचीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरूलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं,ू विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गर्नु भएको छ। (राससएएफपी) (((((...
युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १२ युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ९एनआरएनए० ले चिन्ता व्यक्त गरेको छ । एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र पछिल्लो विकसित घटनाक्रमबीच पनि उनीहरु सबै सकुशल रहेको जनाइएको छ । विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दाबढी नेपाली रहेको जानकारी प्राप्त भएकाले त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । साथै युक्रेनमा रहेका सबै नेपालीलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्याङ्कन गरी आवश्यक परे स्वदेश फर्कनसमेत एनआरएनएले आग्रह गरेको छ । एनआरएनएले युक्रेनमा सम्पर्कका लागि र...
यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ

यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ

Breaking News 3, साहित्य
मलाई तिमीले यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ जस्तो कि तिमीलाई बाडुली लागेको बेलामा मलाई सम्झिदिए हुन्थ्यो जस्तो लाग्छ धेरै मान्छे भेला भएको ठाउँमा तिम्रो आँखाले मलाई खोजीदिए हुन्थ्यो जस्तो लाग्छ तिमीसँग छुटेर कतै टाढा जाँदै गर्दा राम्ररी जानु, आफ्नो ख्याल गर्नु पुगरे फोन गर्नु है भनिदिए हुन्थ्यो जस्तो लाग्छ तिमीलाई दुःख लागेको बेलामा मेरो काँधमा शिर अड्याएर सबै पीर भनिदिए हुन्थ्यो जस्तो लाग्छ यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ जस्तो कि म कतै टाढाबाट आउने दिन तिम्रो ओठमा दिनभरी मुस्कान होस् अनि तिम्रो मुखबाट तिमीले थाहै नपाई तिमीलाई मनपर्ने गीत गुन्जी रहोस् यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ जस्तो कि छिनछिनका कुरा उठ्ने होईन नुहाउने होईन चिया खाने होईन खाना खाने होईन अफिस जाने होईन यो सब तिमीलाई सोधिरहन मन लागोस् जस्तो कि सानो सानो कुरा, मोबाईलको चार्ज सकियो म ...
सञ्चार विधेयक ल्याइने

सञ्चार विधेयक ल्याइने

Breaking News 3, समाचार
काठमाडौं, फागुन १२ । प्रदेश नं १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वानभएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्न थालेको छ । प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन निर्माणलाई तीव्रता दिएको हो । यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याइने भएको छ । उक्त विधेयकका सन्दर्भमा मन्त्रालयमा प्रारम्भिक छलफल भएको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र उक्त मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको थियो ।नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता र सञ्चार एवं सूचनाको हक संरक्षणका लागि विधेयक दर्ता गर्न लागिएको हो । मन्त्रालयका कानुन उपसचिव गणेश नायकले बागमती प्रदेश सरकारको सञ्चार विधेयकका आधारमा प्रदेश...
प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित

Breaking News 3, समाचार
काठमाडौं, फागुन १२ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो । संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार भोलिका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रासस...
एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि (काठमाडौँ), फागुन १२ । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ । सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ । एमालेले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ । सो छलफललाई अघि बढाउने वा नबढाउने भन्नेबारेमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गर्ने जनाइएको छ । एमालेका नेता डा भीमबहादुर रावलले आजको बैठक बस्ने सम्भावना न...