Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

केराखेतीबाट मनग्य आम्दानी

केराखेतीबाट मनग्य आम्दानी

Breaking News 3, समाचार
काठमाडौं, फागुन १२ । कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३४ वर्षीय हरेन्द्र बोहरा कृषि पेशा गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत हुनुहुन्छ । व्यावसायिक केराखेती, कुखुरा, बङ्गुर र बाख्रापालनमा उहाँ संलग्न रहँदै आउनुभएको छ । परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाइ उहाँले अगाडि बढाउँदै आउनुभएको छ । व्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको ‘फोर फक्स क्याटल एण्ड ह्याचरी’मा रु एक करोड २५ लाख लगानी गर्नुभएको छ । व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट उहाँले रु एक करोड कर्जा लिनुभएको छ । पाँच बिघा जग्गामा व्यावसायिक केराखेती गरिएको छ । यसबाट वार्षिकरुपमा प्रतिबिघा रु सात लाखदेखि रु नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजारजति लाग्ने गरेको छ । लागत खर्च कटाएर रु पाँच लाखदेखि सात लाखसम्म आम्दानी हु...
नक्कली पूर्जा देखाएर ३३ लाख ठगी

नक्कली पूर्जा देखाएर ३३ लाख ठगी

Breaking News 3, समाचार
काठमाडौं,फागुन १२ । नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी रु ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना रु ३५ लाखमा दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेका छन् । पीडितलाई जग्गाको पूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास गरिदिन्छु भन्दै आश्वासन दिएर रु ३३ लाख लिएर जग्गा बैनाको कागज बनाएको खुल्न आएको कुँवरले बताउनुभयो । तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए । पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो । उनले अन्य ...
उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले आफ्नै वडाबासी पैदलयात्रुलाई मोटरसाईकलले गएराती ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्राप्त जानकारी अनुसार त्रिनपा–६ का अन्दाजी ५३ वर्षिय रामचन्द्र चौधरी (थारु) लाई वडाध्यक्ष चौधरीले ठक्कर दिएका थिए । गाईघाट–कदमाहा सडक खण्डको देउरी र जलजलेबीचको कुमारीचौकमा राती ८ः३० बजेको समयमा पैदलयात्रामा रहेका चौधरीलाई वडा कार्यालयको सरकारी गाईघाट कदमाहा कमारीचौकमा, राती ८ः३० स १ ब ८९७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते बनेको चौधरीलाई उपचारका लागि विराटनगर लैजादा जैलादै बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा अध्यक्ष चौधरी पनि घाइते भएका छन् । उनको पनि विराटनगरमा उपचार भइरहेको जनाइएको छ । घटनापछि पिडित पक्षले आजविहान घटनास्थल कुमारी चौकमा चक्काजाम...
सामाजिक कुरीति हटाउन ‘कचहरी’ नाटक

सामाजिक कुरीति हटाउन ‘कचहरी’ नाटक

Breaking News 2, समाचार
काठमाडौं, फागुन १२ । साइनो कला केन्द्रले जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक ‘कचहरी’ नाटक प्रदर्शन गरेको छ । केन्द्रले दिक्तेल बजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, खार्मी, जालपा र बुइँपा तथा दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल बहुमुखी क्याम्पसमा नाटक प्रदर्शन गरेको हो । पारिवारिक बेमेल र झैझगडाका कारण बालबालिकामा पर्ने असर न्यून गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको साइनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । यही फागुन ९ गते सोल्माबाट प्रदर्शन सुरु गरिएको उक्त नाटक बुइँपामा पु¥याएर टुङ्ग्याइएको छ । ग्रामीण भेगका बासिन्दाको जीवनमा आधारित कचहरी नाटक हेर्न उल्लेख्य सङ्ख्यामा स्थानीयको सहभागिता थियो । नाटकले दर्शकको मन जित्न सफल भएको श्रेष्ठ बताउनुहुन्छ । इलामका अनिल सुब्बाले निर्देशन गर्नुभएको नाटकमा खोटाङकी पवित्रा राई, कविराज राई, सञ्जिव राई, यो...
रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई राहत

रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई राहत

Breaking News 3, समाचार
काठमाडौं, फागुन १२ । म्याग्दीको बेनी नगरपालिका–७ विरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाएका एक मजदुरको परिवारलाई नगरपालिकाले क्रिया खर्चसहित क्षतिपूर्ति दिएको छ । बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थामबहादुर पुनका आफन्त, नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा नगरपालिकाले क्रिया खर्चसहित रु सात लाख २५ हजार राहत उपलब्ध गराउने सहमति भएको हो । सहमतिअनुसार मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्तिसहित निःशुल्क पठनपाठनको सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । पिपलको रुखको हाँगा काट्ने क्रममा गत मङ्गलबार लडेर घाइते भएका पुनलाई उपचारका क्रममा बेनी अस्पतालमा मृत घोषित गरिएको थियो । मृतक पुनका परिवारलाई श्रम ऐन २०७४ दफा ५५ उपदफा ३ अनुसार नै क्ष...
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, फागुन १२ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । रासस...
अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

Breaking News 3, समाचार
काठमाडौं, फागुन १२ । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्र्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान जिल्ला चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको भनि झुटो बहाना गरेका थिए । घरपरिवारको समन्वयमा अनुसन्धान हुँदै जाँदा निज व्यक्ति सोही मितिमा आफ्नो प्रेमिकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको देखिएको र आफ्नो साथमा रहे...
ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १२ । झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ परेका छन् । झापा गाउँपालिका–४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका–४ का १९ वर्षीय उतम बर्देवा पक्राउ परेका हुन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।...
पानीमा डुबी बालकको मृत्यु

पानीमा डुबी बालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १२ । मोरङमा पानीमा डुबी बालकको ज्यान गएको छ । जिल्लाको जहदा गाउँपालिका–७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनको रबिन हस्दा पानीको खाल्डोमा डुबी ज्यान गएको हो । हिजो दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १२ । झापाको अर्जुनधारा नगरपालिका–९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सोही स्थान बस्ने ७८ वर्षीया शिवमाया दाहालको मोटरसाईकलले ठक्कर दिँदा मृत्यु भएको हो । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जादैँ गरेको प्र. १ –०१–०१२ प ५९९८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको बि. एण्ड सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउँपालिका–१ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...