उदयपुरमा सडक दुर्घटना न्युनिकरणका लागि फरक पहल गर्छौ : ट्राफिक इन्चार्ज मिरिङचिङ
पूर्णपुष्टि/गाईघाट/ कार्तिक १४ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख तथा इन्चार्ज दान बहादुर मिरिङचिङले उदयपुरमा सवारी दुर्घटना न्युनिकरणका लागि थप पहल कदमी अघि बढाउने जनाउनु भएको छ । दिनानु बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न आवश्यक पहलहरु तत्काल थाल्ने इन्चार्ज मिरिङचिङले बताउनु भयो ।
करिब एक महिना अघि मात्रै उदयपुर ट्राफिक इन्चार्जको जिम्मेवारी सम्हाल्न आईपुग्नु भएका मिरिङचिङले जिल्लामा सडक दुर्घटनाको अवस्था तिव्र रहेको बुझेको जनाउनुभयो । उहाँले सडक दुर्घटना न्युनिकरण जिल्ला ट्राफिक कार्यालयको लागि निकै चुनौतिको रुपमा रहेको समेत बताउनुभयो । आफु उदयपुर आएसँगै सडक दुर्घटनाको अवस्थाबारे जानकारी लिएको र त्यसबारे पहल कदमीका लागि बिभिन्न सम्बन्धित निकायहरु सँग आवश्यक छलफल र आह्वानहरु गर्दै आएको उहाँको भनाई छ ।
मिरिङचिङले बिषेशगरी मदन भण्डारी हाईवेमा सडक दुर्घटना बढी हुन...









