Monday, April 20News That Matters

Month: ४ महिना अगाडि

अत्यादिक चिसोको कारण त्रियुगामा तिन दिन विद्यालय बन्द गरिने

अत्यादिक चिसोको कारण त्रियुगामा तिन दिन विद्यालय बन्द गरिने

Breaking News 1, Breaking News 2, Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, गाईघाट, पुष १६ गते । त्रियुगा नगरपालिका शिक्षा शाखाको जानकारी अनुसार केही दिन देखी बढेको भारी चिसोका कारण तिन दिन बिद्यालय बिदा दिने निर्णय गरेको छ । १६, १७ र १८ गते सम्म विद्यालय बन्द गरिने शाखाले पत्र सार्वजानिक गर्दै जानकारी गराएको छ । सोही अनुसार नगर भित्र रहेका निजी विद्यालयका छाता संगठन प्याप्वसन एन प्यावसनहरुले पनि विदा दिने र मौसमको अवस्था हेरेर विद्यालय संञ्चालनमा ध्यान दिने निर्णय गरेको छ । पछिल्लो समय देशका बिभिन्न स्थानहरुमा अत्यादिक चिसो बढेको छ । बिषेशगरी तराईका भुभागहरुमा हुस्सु लागिरहेको छ । लगतारको हुस्सुले घाम नखुल्दा चिसो बढेको छ । चिसो जनजिवन प्रभावित बनाईरहेको छ ।...
उदयपुरमा प्रथम महिला मोटरसाईकल यात्रा (फोटो सहित)

उदयपुरमा प्रथम महिला मोटरसाईकल यात्रा (फोटो सहित)

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, पौष १५ । उदयपुरमा महिला सशक्तिकरणका लागी प्रथम महिला मोटरसाईकल यात्रा सुरु भएको छ । मंगलबार महिला बाइक राईडर उदयपुरको आयोजना तथा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको सहकार्यमा गाईघाटदेखी बेलका कोशी पुल सम्मको मोटरसाईकल यात्रा सुरु भएको हो । कोशी प्रदेश सभाका उप–सभामुख सिर्जना दनुवारले मोटरसाईकल यात्राको सुभारम्भ गर्दै महिलाले स्कुटर र पुरुषले मोटरसाईक नै चालाउने हो भन्ने सोच अझै हाम्रो समाजमा रहेको बताउनुभयो । समाजमा महिला र पुरुषमा रहेको विभेदलाई अन्त्य गरेर समानता ल्याउनका लागी यस मोटरसाईकल यात्राले केही महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महिला बाइक राईडर उदयपुरका संयोजक रमा मगरले महिला सशक्तिकरणका लागी महिला मोटरसाईकल यात्रा सुरु गरिएको बताएकी छिन् । महिलाहरुले मोटरसाईकल चलाउँदा महिलाहरुको लागी स्कुटर बनाईएको भन्ने समाजको सोचाइलाइ महिलाहरुले प...
उदयपुर आईडल सिजन २ को फाईनलिष्ट रविनाले गरिन भोटको अपिल

उदयपुर आईडल सिजन २ को फाईनलिष्ट रविनाले गरिन भोटको अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, उदयपुर, पुष १३ गते । उदयपुर आईडल सिजन २ को अन्तिम प्रतिस्पर्धा यहि पुष २६ गते गाईघाटमा सम्पन्न हुँदैछ । उक्त प्रतिस्पर्धामा ६ जना फाईनलिस्ष्टहरु सहभागी छन् । यस मध्यकी एक जना प्रतिस्पर्धि रविना राई हुन् । राई गायीकी क्षेत्रमा निकै मेहनती र लगनशिल प्रतिस्पर्धि हुन् । अब्बल स्वरकै कारण सयौँ प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप ६ मा पुग्न सफल राईको अबको एउटै उदेश्य उदयपुर आईडल सिजन २ को बिजेता बन्नु हो । यसका लागि राईले साथीभाई, आफन्तजन र आम दर्शकहरुलाई भोटको अपिल गरेकी छिन् । त्रियुगा नगरपालिका वडा नं १२ की रविनाले आफ्नो गायनलाई देश विदेशमा फैलाउन अवसर प्रदान गर्न सबै सामु भोटको अपिल गरेकी हु्न । सुरिलो स्वरकी धनी राई बिभिन्न सांगितिक कार्यक्रमहरुमा समेत भाग लिने गरेकी छिन् ।...
उदयपुरमा ७ सय किलो बढी गाँजासहित दुई युवक पक्राउ

उदयपुरमा ७ सय किलो बढी गाँजासहित दुई युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १२ । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पौतालिस चोकस्थितबाट ७ सय भन्दाबढी प्रतिबन्धित लागू–औषध गाजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ६ बस्ने अन्दाजी २३ वर्षीय रबिन कुमार राई र बेलका नगरपालिका–९ बस्ने अन्दाजी २८ वर्षीय रामबहादुर राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान अन्दाजी साढेँ १ बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टार र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रामपुरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेर गाडीलाई चेकजाँच गर्ने क्रममा ७६३.७६ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै बोलेरो सहित चालक रबिन र सोही गाडीमा सवार राम बहादुर लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्...
चौथो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड सुरु (फोटो सहित)

चौथो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड सुरु (फोटो सहित)

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, पुष ११ । उदयपुरको सदरमुकाम गाईघाटमा चौथो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता २०८२ आजदेखी सुरु भएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूलनारा सहित युवा तथा खेलकुद विकास समिति त्रियुगाको आयोजनामा थरुहट रङ्गशालामा चौथो मेयर रनिङ शिल्ड तथा राष्ट्रपती रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो ।४० वटा विद्यालयको सहभागिता रहेको यस प्रतियोगितामा भलिबल, कराते, तेक्वान्दो, कब्बडी र एथलेटिक्स लगायतका ५ विधाका खेलहरू खेलाईएको छ । यस प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले गरेका हुन् । प्रतियोगिता सुरु गर्नुभन्दा अघि सहभागी सबै विद्यालयका विद्यार्थिहरुले मार्च पास गरेका थिए । आजदेखी सुरु भएको प्रतियोगिता पुष १४ गतेसम्म संचालन हुनेछ । यस अघि श्री त्रियुगा माध्यामिक विद्यालय गाईघाटले तिन बर्ष नै प्रथम हु...
भक्तपुरमा हत्या भएका युवा उदयपुरको ताप्ली दगलेको भएको पुष्टि

भक्तपुरमा हत्या भएका युवा उदयपुरको ताप्ली दगलेको भएको पुष्टि

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ८ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ३ मा हिजो हत्या भएका ३४ वर्षिय युवा पूर्ण ठकुरी उदयपुरको ताप्ली गाउँपालिका ३ गदलेको भएको आफन्तले पष्टि गरेका छन् । साढे तिनतले निर्माणाधिन घरको भइतल्लामा मृत अवस्थामा फेला परेका युवाको ठेगाना उदयपुर मात्र भन्ने आएपछि उदयपुरको कुन ठाउँ भन्ने कुराको खोजी प्रहरीले गरेको थियो । यसै सिलसिलामा मिडियामा मृतकको तस्बिर हेरेर आप्mनो मान्छे भएको अनुमान गरेका आफन्तहरुले भक्तपुर प्रहरीमार्फत मृतकको शब हेरेपछि पुष्टि गरेका हुन् । ज्यालामजदुरी काम गर्न काठमाडौं गएका उनी हिजो भक्तपुरको एक निर्माणाधिन घरमा मृत फेला परेका थिए । उनको कामदार साथीबाट नै हत्या भएको आशंका भएको छ । हत्यामा संलग्न धनकुटाको सागुरीगढी गाउँपालिका ३ का संजिव याखालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । हाल उनको भक्तपुर दुवाकोट स्थित केएमसी हस्पटलमा पोष्टमार्टम हुने त...
पाँचथर फिदिममा युवाको शंकास्पद मृत्यु, निष्पक्ष छानविनको माग, राजनीतिकरण र दवाव, प्रभाव नहुन स्थानीयको खबरदारी

पाँचथर फिदिममा युवाको शंकास्पद मृत्यु, निष्पक्ष छानविनको माग, राजनीतिकरण र दवाव, प्रभाव नहुन स्थानीयको खबरदारी

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ८ । गत पुस २ गते पाँचथरको फिदिम नगरपालिका –११ नांगिनमा रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेको २४ वर्षिय पारस सुजी (दर्जी)को मृत्युलाई परिवार, आफन्त र छिमेकीहरुले संकास्पद रुपमा लिएका छन् । घटना प्रकृतिको आधारमा उनको मृत्युलाई शंकास्पदरुपमा लिएको मृतकका दाजु चन्द्रबहादुर दर्जीले बताउनुभयो । उनका अनुसार झुण्डिएको अवस्थामा फेला परेका पारसको आत्महत्या नभइ हत्याको आशंका गरिएको छ । घटनाअघि उनको प्रेमिकासंग विवाद, हातपात भएको थियो भने झुण्डिन प्रयोग भएको रुख, सल, भेष्ट च्यातिएको अवस्था र घटनास्थल वरपर लडिबढी गरेको अवस्था देखिएकाले उनको हत्या भइ झुण्ड्याएको हुनसक्ने आशंका भएको हो । १ गते राती नै उनको हत्या भई झण्ड्याएको हुनसक्ने आशंका उनीहरुको छ । उनी स्थानीय एक महिला एलिसा आङ्बोसंग प्रेम सम्बन्धमा रहेको बताइएको छ । उनीसंग बेलुका विवाद र झगडा परेको गाउँलेहरुले देखेका थिए...
सिशुवारी  युवाहरुको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा

सिशुवारी युवाहरुको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/सप्तरी, पुष ८ गते । सप्तरी स्थित शिसुवारीका युवाहरुले विद्यार्थीहरुलाई न्यायो कपडा सहयोग गरेको छ । शनिवार सप्तरी जिल्लाको शुरुङगा नगरपालिका २ राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । शेखर कार्कीको नेतृत्वमा करिब २८ जना स्थानीय युवाहरुले विद्यार्थीलाई न्यानो कपडाको लागि आर्थिक सहयोग गरेका थिए । देश विदेशमा रहेका स्थानीय युवाहरुले जाडोमा विद्यार्थीहरुलाई चिसोबाट जोगाउन कपडा वितरण गरिएको थियो । न्यानो कपडाले विद्यार्थीहरुलाई चिसोबाट बचाउनुका साथै विद्यालय जान हौसाला समेत प्रदान गरेको शेखर कार्कीको भनाई छ । कपडाको लागि युवाहरुबाट १ लाख ३३ हजार ७ सय ७२ रुपयाँ जम्मा भएको थियो । उक्त रकमले ६७ जना विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको कार्कीको भनाई छ । कपडा वितरण सुरुङा नगपालिकाकी प्रमुख गिता कुमारी चौधरीको प्रमुख उपस्थितिमा भएको थियो । कपडा ...
त्रियुगा नगरपालिका, उदयपुरको १६ औं नगरसभा सम्पन्न

त्रियुगा नगरपालिका, उदयपुरको १६ औं नगरसभा सम्पन्न

Breaking News 2, राजनीति, समाचार
उदयपुर, पुस ७ उदयपुरको त्रियुगा नगरपालिकाको १६ औं नगरसभा आज सम्पन्न भयो । सभाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको समिक्षा तथा संसोधन गरेको छ । मेयर बसन्त बस्नेतले कार्यकालको साढे तीनवर्षमा कार्य सम्पादन र सुशासनको क्षेत्रमा दुरगामी कामहरु गरेको र नयाँ कामहरुको थालनी गरिएको बताउनुभयो । चालु आ.ब. मा १ अर्ब, ९७ करोड, १९ लाख ६५ हजार विनियोजन भएकोमा हालसम्म ४३ कोड ९२ लाख १ हजार आम्दानी भएको र जसमा आन्तरिक स्रोततर्फ ३ करोड ४० लाख ६५ हजार रहेको जनाउनुभयो । खर्चतर्फ ३५ करोड १० लाख ६४ हजार भएको जनाउनुभयो । नयाँ पालिका भवनबाट कार्यसम्पादन थालिएको, विश्व बैंकको सहयोगमा सञ्चालित शहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको निर्माणाधिक सडक अन्तिम चरणमा पुगेको, नगरदेखि वडासम्मको कार्य सम्पादन सन्तोषजनक रहेको बताउनुभयो । उपमेयर महेश्वरी राईले नगरपालिकाले मेलमिलापलाई प्राथमिकता दि...
शिलामा नाम लेख्न त्रियुगा नगरका वडासदस्यहरुकाे माग

शिलामा नाम लेख्न त्रियुगा नगरका वडासदस्यहरुकाे माग

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ७ । उदयपुरकाे त्रियुगा नगरपालिकाका वडा सदस्यहरुले नगरपालिकाकाे नयाँ भवनकाे शिलामा आफुहरुकाे पनि नाम लेख्न माग राखेका छन् । आजकाे १६ ओैं नगरसभा सुरु हुन अघि सदस्यहरुले यस्ताे माग राखेका हुन् । शिलामा मेयर, उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यसमेतकाे नाम हुँदा वडा सदस्यहरुकाे नाम नहुनुमा आपत्ति जनाएका छन् । आज नगरसभा सदस्यकाे रुपमा उपस्थित उनिहरुले संयुक्त हस्ताक्षरसहित नाम लेख्न माग गरेका छन् । माग पूरा नगरे आगामी १७ ओैं नगरसभामा उपस्थिति नजनाउने चेतावनी दिएका छन् । १६ वडाका ५८ जना सदस्यहरुले संयुक्तरुपमा मागपत्र बुझाएकाे २ नं. वडासदस्य अर्जुन पाेखरेलले बताउनुभयाे ।...