Monday, April 20News That Matters

Month: ३ वर्ष अगाडि

मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र २ भिड्ने

मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र २ भिड्ने

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,असार १५ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा जारी स्वर्गीय लालशेर राई मेयर कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफानल खेल सम्पन्न भएको छ । शुक्रवार गाईघाटको थरुहट रंगशालामा भएको अन्तिम सेमीफाइनमा वडा नम्बर-८ राजाबारलाई ट्राइवेकरमा २को विरुद्ध ३ गोल अन्तरले पछि पार्दै वडा नम्बर २ जोगिदहले फाइनलमा प्रवेश पाएको हो । यता विहिवार दोस्रो खेलमा वडा नम्बर ११ले वडा नम्बर ५लाई १ गोलको विरुद्ध २ गोल गर्दै फाइनलको बाटो तय गरेको थियो । जसमा वडा ११को लागि जर्सी नम्बर ११का खेलाडि सुनिल खड्काले टिमका लागि २ गोल गरेको थियो । यस्तै आज भएको अन्तिम सेमिफाइनल खेलमा दुवै टिमका खेलाडिहरुले फाइनलको लागि प्रतिस्पर्धा भएको थियो । खेलको निर्धारीत समय सम्ममा पनि दुवै टिमका तर्फबाट स्कोर गर्न नसके पछि खेल ट्राइवेकरमा परिणत भएको थियो । निकै प्रतिस्पर्धात्क देखिको खेलमा अन्तत वडा नम्बर ८ले हार व्यवहोर्नु...
उदयपुरको सबैभन्दा अग्लाे यलम्बर शालिक ताप्लीमा

उदयपुरको सबैभन्दा अग्लाे यलम्बर शालिक ताप्लीमा

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १४ । उदयपुरको ताप्ली गाउँपालिका – ४ यलम्बर चौक थुम्किमा यलम्बर पार्क निर्माण भएको छ । पार्कसंगै नेपालको प्रथम किराती राजा यलम्बरहाङको शालीक राखिएको छ । शालिक ९ फिट अग्लो र ५ फिट चौडाइको रहेको छ । जिल्लाकै सबैभन्दा ठुलो यलम्बर शालिक बनेको हो । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १९ लाख, ताप्ली गाउँपालिका र ४ नं. वडाको ८९ हजार ८४२ रुपैया र विभिन्न सहयोगदाताहरुबाट संकलित रकमबाट पार्क र यलम्बर शालिक निर्माण भएको हो । पार्कको उद्घाटन असार १३ गते पूर्व संघीय सांसद सुरेशकुमार राईले गरेका छन् । उद्घाटन समारोह सांस्कृतिक कार्यक्रमसहित हर्षोउल्लासका साथ मनाइएको थियो । पार्क निर्माणले संस्कृति प्रवद्र्धनका साथै ताप्लीको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।...
छुट्टा छुट्टै स्थानमा काका र बुबाको हत्या, दुई पक्राउ

छुट्टा छुट्टै स्थानमा काका र बुबाको हत्या, दुई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । भक्तपुर र चितवनमा आफ्नै भतिज र छोरा बाट दुई जनाले ज्यान गुमाएको छ । भक्तपुरमा भतिजले आफ्नै काकाको कुटपिट गरी हत्या गरेको छ । ८१ वर्षीय कृष्ण बहादुर प्रजापतिको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका(९ सूर्यमणि बस्ने ३५ वर्षीय नुछे प्रजापतिलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट पश्चात् फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका (७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको जनाएको छ । उता चितवनमा आफ्नै बुबा ७० वर्षीय दिलबहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका (२ आदर्शनगर शीतल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा टेक...
भ्रष्टचार मुद्धामा दोषी ठहर निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई सजाय के ?

भ्रष्टचार मुद्धामा दोषी ठहर निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई सजाय के ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । भ्रष्टचार मुद्धामा दोषी ठहर भएका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कैदसहित जरिवाना भराउने आदेश दिएको छ। विशेष अदालतले खड्काले गैरकानुनी सम्पत्ति आयआर्जन गरेको ठहर गर्दै उनलाई कैदसहित जरिवाना भराउने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ । त्यस्तै, ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ । यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश दिइएको योगीको भनाई छ । उता शर्मिला खड्का र अमिता लामाको नाममा रहेका ३ कित्ता घर जग्गा बिगो दाबीसम्म जफत गर्न भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा...
माल्टा पठाउने बाहानामा पैसा ठगी गर्ने पक्राउ

माल्टा पठाउने बाहानामा पैसा ठगी गर्ने पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । माल्टा पठाइदिन्छु भन्‍दै रकम ठगीको आरोपमा एकज जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका(३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका(३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । लिम्वुले ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले पक्रा गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ । उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।...
उदयपुरमा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

उदयपुरमा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १५ । उदयपुरमा “जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि” नाराका साथ आज २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँएको छ । शुक्रवार नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा गाईघाटको आयोजनामा त्रियुगा नगरपालिका–८, राजावासमा मनाईएको हो । धान उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायिकरणलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आर्थिक बर्ष २०६१र६२ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाईँदै आएको हो । सोही अनुरुपमा जिल्लामा बिभिन्न सामाजिक संस्थाहरुको सहकार्य तथा सहयोगमा उक्त दिवस भव्यताका मनाईएको छ । उक्त महोत्सवमा त्रियुगा नगर प्रमुख बसन्द कुमार बस्नेतको प्रमुख आतिथ्यतामा रोपाई महोत्सव सुरु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरको तर्फबाट अनुदानमा यस क्षेत्रका कृषक समुहहरुलाई २ वटा ट्याक्टर प्रदान गरी सकेकोले उक्त ट्...
नेपाली युवा युरोपको सर्वोच्च शिखरमा

नेपाली युवा युरोपको सर्वोच्च शिखरमा

Breaking News 1, राजनीति
पूर्णपुष्टि, १५ असार । एक नेपाली युवाले युरोपको सर्वोच्च शिखर एलब्रस हिमालमा नेपालको झण्डा फहराएको छ । रामेछापका लिखुतामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका हुन्। उनले बिहीबार बिहान ९ बजे रूसमा रहेको पाँच हजार ६४२ मिटर अग्लो एलब्रस हिमालमा सफल आरोहण गरेको जानकारी दिए । सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ उनी जुन २१ मा रुस प्रस्थान गरेका थिए। एलब्रस युरोपको सबैभन्दा अग्लो चुचुरो हो।अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने पाण्डेले बताए। उनले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन्। उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन्। पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोह...
बिषालु च्याउ खाँदा एकको मृत्यु, एक सिकिस्त

बिषालु च्याउ खाँदा एकको मृत्यु, एक सिकिस्त

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । बिषालु च्याउको असरले ओखलढुँगामा एक जनाको ज्यान जानुका साथै अर्को एक सिकिस्त बिरामी भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौंको टिचिङ अस्पताल पठाइएको थियो। अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक...
कोशीमा एमालेको सरकार ढल्यो, कार्कीलाई एमाले र राप्रपाको मात्रै मत

कोशीमा एमालेको सरकार ढल्यो, कार्कीलाई एमाले र राप्रपाको मात्रै मत

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीले विश्वासको मत नपाएपछि अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।...
त्रियुगा नगरपालीकामा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

त्रियुगा नगरपालीकामा सुरु भयो अनलाइन भुक्तानी प्रणाली

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १५ । उदयपुरको त्रियुगा नगरपालिकामा अव अनलाईबाटै कर भुक्तानी गर्नपाउँन व्यवस्था गरेको छ । नगरले सेवाग्राहीहरुको सुविधाका लागि छुट्टै करदाता पोर्टल खडा गरी सेवाग्राहीहरुलाई अनलाइनबाट कर तिर्न सकिने व्यवस्थ गरिएको हो । नगर प्रमुख बसन्त कुमार बस्नेतले पछिल्लो समयको माग अनुरुप नगरपालिकाले प्रविधिलाई पछ्याउदैँ सेवाग्राहीहरुको सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने उद्देश्यमा नगरपालिका अघि बढिरहेको बताए । प्रविधिको बिकास संगै सुरु गरिएको व्यवस्थाबाट सबै नागरिकहरुलाई सुगम र सहज हुनेमा मेयर बस्नेतले बिश्वास ब्यक्त गरे । प्रविधिमैत्री सेवा प्रवाह र सुशासन सुनिश्चित गर्नको लागि यो महत्वपूर्ण उपलब्धी भएको भन्दै मेयर बस्नेतले नगदरहित राजस्व संकलन गर्न मिल्ने गरी सेवा शुरुवात गरिएको उल्लेख गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिगदेलले सेवा प्रवाहमा सुचना प्रविधिको ...