एकै घरमा बस्ने ८ जना बेहोस अवस्थामा फेला, विशालु पदार्थ खुवाएर लुटपाट
पूर्णपुष्टि, जेष्ठ १८ । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ गोबरैयामा एकै घरमा बस्ने ८ जना बेहोस अवस्थामा फेला परेका छन् । खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरामा बस्दै आएकासहित ८ जना बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी प्रकाश डाँगीका अनुसार ७० वर्षीय गोपीसिंह प्वाली, ४० वर्षीय लक्ष्मणसिंह प्वाली, १० वर्षीया सुप्रिया प्वाली, ५ वर्षीया शुभम प्वाली र डेरामा बस्दै आएका १८ वर्षीय सुवास गोतामे, २१ वर्षीया तुलसी डाँगा, सिर्जना धामी र पंकज विष्ट बेहोस अवस्थामा फेला परेको हो । बिहान ढिलोसम्म कोही नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको उनले बताए ।
बेहोस भेटिएका आठैजानालाई उपचारको लागी महामकाली प्रादेशिक अस्पताल भर्ना गरिएको र उनिहरुको स्वास्थ्य अवस्थामा सुधार भईरहेको प्रहरीले जनाएको छ । प्व...





