Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

दुइतल्ला बार्दलीबाट बालिकाको मृत्यु

दुइतल्ला बार्दलीबाट बालिकाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १९ । खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा बार्दलीबाट लडेर एक बालिकाको ज्यान गएको छ । खेल्ने क्रममा बार्दलीबाट खसेर साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको ज्यान गएको हो । गुरुङ परिवार सो घरमा डेरागरी बसेका थिए । बिहीबार साँझ घटना भएको हो । बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको बार्दलीबाट खसेकी थिइन् । उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा करिब साढे ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा

ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १९ । उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा सरेको छ । आधुनिक एवम् आकर्षक स्वरुपमा नवनिर्मित प्रशासकीय भवनमा सरेको हो । जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नयाँ भवनमा सरको गाउँपालिकाले सोही ठाउँबाट सम्पूर्ण पालिकाको कामकाज गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत भक्त राइका अनुसार गणतन्त्रिक जनताको दरबारको रुपमा निर्माण भएको भवन सेवाग्राहीका लागि सहज र सुविधायुक्त रहेको छ । नेपाल सरकारको लागतमा भवन निर्माण भएको हो । पाँच वडा रहेको सो पालिका जिल्लाको आठ पालिका मध्ये दोस्रो सानो गाउँपालिका हो । तत्कालिन ओख्ले, लेखगाउँ, इनामे, ठानागाउँ र रुपाटार गाउँ विकास समिति गाभेर राज्य पुनसंरचनाको ताप्ली गाउँपालिका बनेको हो । ११९ दशमलब ११ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पालिकामा १३ हजार ३४४ जनसंख्या रहेको छ ।...
गुणस्तरीय शिक्षामा प्रश्नै प्रश्न, निशुल्क की बढी शुल्क

गुणस्तरीय शिक्षामा प्रश्नै प्रश्न, निशुल्क की बढी शुल्क

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १९ जेष्ठ । शिक्षा प्रदान गर्ने राज्यको दायित्व अन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने जिम्मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ भनि नेपालको संविद्यानमा उल्लेख गरिएको छ । त्यो सँगै सरकारले गुणस्तरीय र प्रभावकारी शिक्षामा पनि समान अधिकारको पहुँच हुने उल्लेख गरेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालय, अविभावक, विद्यार्थी र सरकारको आ–आफ्नै जिम्मेवारी पनि होला तर पनि नेपालमा गुणस्तरीय शिक्षामा भने अझै पनि पश्नै प्रश्नहरु उब्जीरहेको अवस्था छ । तर फेरी यसबीचमा पनि प्रश्नै खडा हुन्छ । सबैभन्दा बढी महत्वको क्षेत्रसमेत रहेको शिक्षालाई प्रभावकारी र गुणस्तर बनाउने कुरापनि बाराम्वार भैरहेपनि कुरामा मात्रै सिमित व्यवाहरमा खासै प्रगति नभएको एक कार्यक्रमले देखाएको छ । शुक्रबार गाईघाटमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले आयोजन...
अत्याधिक गर्मीका कारण सप्तरीका दुई पालिकामा पाँच दिन विद्यालय बन्द

अत्याधिक गर्मीका कारण सप्तरीका दुई पालिकामा पाँच दिन विद्यालय बन्द

समाचार
पूर्णपुष्टि,जेष्ठ १९ । केहि दिनयता सप्तरीमा अत्यधिक गर्मी बढेपछि विद्यालयमा हुँने पठनपाठनमा प्रभावित बन्दै गएको छ । गर्मीले सबै भन्दा वढि असर विद्यालयलाई पर्याएको छ । विद्यालयमा पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई पालिकाले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि यही जेठ २१ देखि असार ८ गतेसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजीवकुमार मिश्रले जानकारी दिनुभयो । एक हप्तायता मधेस प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ । नागरिक अत्यावश्य...
हुलास चौधरीको अध्यक्षतामा पूर्व पश्चिम बरुवा बसपार्क समिति गठन

हुलास चौधरीको अध्यक्षतामा पूर्व पश्चिम बरुवा बसपार्क समिति गठन

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ १९ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं.१३मा पूर्व पश्चिम बरुवा बसपार्क सञ्चालनका लागि कार्य समिति गठन भएको छ । हुलास चौधरीको अध्यक्षतामा १२ सदस्य चयन भएको कार्य समितिका सचिव राजेन्द्र राईले जनाए । समितिमा उपाध्यक्ष दिपेस खत्री, कोषाध्यक्षमा लिल विश्वकर्मा चयन गरिको छ । यता सचिव पदमा राजेन्द्र राई, सह–सचिवमा राज विशाल खड्का चयन भएको छ । त्यस्तै सदस्यहरुमा राजु थापा,चन्दृका कुमारी मगर, गोपाल सिंह दनुवार, श्याम कुमारी राई, चुडा मणि चौधरी, पबित्र पराजुलि, पार्बती दनुवार र हेलेन कुमार राईलाई चयन गरिएको छ । समिति निर्माणका लागि विगत देखिनै बिभिन्न संघर्ष गरिरको सचिव राईले बताए । लामो संघर्ष पश्चात समिति निमार्ण गरी बरुवा वसपार्कलाई वैधानिका रुपमा सञ्चालन गर्ने उनको भनाई छ । आगमी दिनमा समितिको रोहवरमा विधान निमार्ण गरी नियमित रुपमा बसपार्क सञ्चालनमा ल्याउने पनि उनले बता...
त्रियुगा नगरपालिकाको एक बर्षे प्रगति सार्वजनिक

त्रियुगा नगरपालिकाको एक बर्षे प्रगति सार्वजनिक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ । गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधिको एकवर्षे कार्यकालको प्रगति आज सार्बजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी वर्षदिने प्रगति सार्बजनिक गरेको हो । नगरप्रमुख बसन्तकुमार बस्नेतले अपर्याप्त बजेटका कारण आवश्यक्ता अनुसार विकास निर्माणका योजनाहरु सञ्चालन हुन नसकेको जनाए । उनले संघिय सरकारले स्थानीय सरकार मार्फत बजेट कार्यन्वयन गराउन पर्नेमा सिमित स्रोत साधनमा बाधेर राख्ने गरेको र स्वीकृत बजेट पनि कटौति गर्ने गरेपछि जनताका अपेक्षित काम गर्न नसकेको उनको भनाई छ । नगरपालिकाको कामलाई चुस्त दुरुस्त बनाउन गुनासो सुन्ने अधिकारीको ब्यावस्था गरिएको, सर्वसाधारणलाई आफ्नो काममा सहजता होस भनेर गेटमै नागरिक बडापत्र राखिएको, सूचनाकेन्द्रको स्थापना गरिएको र भ्रष्टाचार रहित नगर बनाउन जनप्रतिनिधि र कर्मचारीकोे सम्पति विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था गरि...
रास्वपाले सांसद विकास कोष खारेजको माग सहित संकल्प प्रस्ताव दर्ता गर्यो

रास्वपाले सांसद विकास कोष खारेजको माग सहित संकल्प प्रस्ताव दर्ता गर्यो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजको माग सहित संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । बिहीबार संसद् सचिवालय पुगेर रास्वपाका डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका हुन् । ‘सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयता माथि नै प्रश्न चिह्न खडा गरेको छ। आर्थिक वर्ष २०७७र७८ को बजेट निर्माण भइरहँदा नेपाली कांग्रेस प्रतिपक्षी दल थियो र कुनै हालतमा पनि यो कार्यक्रम खारेज गरिनु पर्ने माग समेत गरेको थियो ‘दर्ता गरिएको संकल्पमा भनिएको छ’ साथै, उक्त कार्यक्रमको बजेट कोरोनाभाइरस संक्रमण रोकथाममा लगानी गर्नु पर्ने भनी सो पार्टीक...
उदयपुरको जल्जलेमा एक महिला मृत्त फेला

उदयपुरको जल्जलेमा एक महिला मृत्त फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १८ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं। ६ जलजले स्थित तित्रीगाछीमा एक महिला मृत्त अवस्थामा फेला परेको छ । बिहिवार घरबाट सुङगुरलाई चारो लाउँन भनि हिडेकी अन्दाजी ४० वर्षकी तँकी माया मगरको मृत्यु अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार घर देखि करिव १ सय मिटर पर रहेको माछा पोखरीमा डुवीरहेको अवस्थामा उनका श्रीमान लक्ष्मन मगरले देखि तत्कार उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएको जनाएको छ । उपचार पछि डाक्टरले मगरको मृत्यु भएको घोषणा गरे । यस विषयमा थम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।...
वडा नं.१५मा अति विपन्न बर्गको समुदायहरुलाई जस्तापाता वितरण

वडा नं.१५मा अति विपन्न बर्गको समुदायहरुलाई जस्तापाता वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१५मा अवस्थित रानीवासका अति विपन्न वर्गका समुदायहरुलाई जस्तापाता वितरण गरेको छ । विहिवार वडाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर ८ घरलाई जस्तापाता वितरण गरेको हो । वडा कार्यालयद्धारा सञ्चलित कार्यक्रम अन्तरगत वर्षौँदेखि फुसको चुहिने छानोमा बस्दै आएका परिवारलाई लक्षित गरेर जस्तापाता छानो वितरण अभियान सुरु गरेको वडा अध्यक्ष गणेश तिमिल्सीनाले जनाए । उनका अनुसार समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ जस्तापाता वितरण गरिएको जनाए । वडाले थोरै बजेटमा भए पनि स्थानीयवासीको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेको वडा सदस्य डम्बर राईले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि अभियान सञ्चालनमा ल्याइएको बताए । वडाले स्थानीय स्तर मै यस्तो अभ...
गाईघाटमा रोजगार मेला आयोजना गरिने

गाईघाटमा रोजगार मेला आयोजना गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ जेष्ठ । गाईघाटमा शनिवार भव्य रोजगार मेलाको आयोजना गरिने भएको छ । त्रियुगा नगरपालिकाको आयोजना र त्रियुगा उद्योग बाणिज्य संघको सह आयोजनामा मेला आयोजना गरिने भएको हो । त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले उक्त मेलाले बेरोजगारी र रोजगारी दिने निकायलाई जोडाउने काम गर्ने जनाए । यी दुवै क्षेत्रलाई जोडाउने गरी पुलको रुपमा भुमिका खेल्ने र एक अर्काको आवश्यकता पुरा गर्ने मेलाको मुख्य उदेश्य रहेको जनाए । रसाईलीका अनुसार मेलामा बढिभन्दा बढी मानिसहरुलाई रोजगारी सँग जोडाउने जनाए । त्यसका निम्ती बेरोजगारहरुको संख्याको तथ्याङक संकलन गर्ने, अनुगमनमा आउने सहभागीहरुको तथ्याङक र रोजगार दिने निकायको पनि तथ्याँङक संकलन गर्ने जनाए । मेलामा बृत्ति मार्गनिर्देशन तथा सम्बन्धी परामर्श सेवा बारे जानकारी, सीपमूलक तालिम दिने संस्थााहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्ध...