Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’ सार्वजानिक

फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’ सार्वजानिक

Breaking News 1
पूर्णपुष्टि, १५ असार । फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’ सार्वजानिक भएको छ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लुङा’को ‘अल्लारे जोवन’ OSR Digital युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। किरण राईको निर्देशन रहेको फिल्ममा भुवन र साराको अलवा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई हुन् । प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सह–निर्माता रहेको फिल्मको निर्माणमा भूमि प्रोडक्सनले इस्टन मिडियासँगको सहकार्य गरेको हो । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ । गीतमा अभिनेता भुवनसि...
पोखरामा आज मुख्यमन्त्री भेला

पोखरामा आज मुख्यमन्त्री भेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ असार । पोखरामा आज मुख्यमन्त्रीहरुको भेला आयोजना हुने भएको छ । कोशी प्रदेश बाहेक ६ ओटा प्रदेशका मुख्यमन्त्रीहरु पोखरा पुगिसकेका छन् । कोशी प्रदेश अल्पमतमा परेका कारण आज मुख्यमन्त्री हिकमत कुमार कार्कीले विश्वासको मत लिँदैछ । जसका कारण ६ ओटा प्रदेशको मुख्यमन्त्री मात्रै भेला भएको हो । दोस्रो पटक हुन लागेको मुख्यमन्त्री भेलामा उपस्थित ६ वटै प्रदेशका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका विषयमा आ–आफ्ना अनुभव बाँड्नेछन्। सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्। भेलाको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विहिबार प्रदेश सभामा पेश गरेको विश्वको मत संवन्धी प्रस्तावमा आज मतविभाजन हुने भएकाले आउन नपाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। बाँकी ६ वटै प्रदेशका ...
हिजोदेखि नारायणघाट–मुग्लिन सडक अवरुद्ध

हिजोदेखि नारायणघाट–मुग्लिन सडक अवरुद्ध

समाचार
पूर्णपुष्टि,असार १५ । नारायणगढ–मुग्लिन सडक पहिरोको कारण विहीवार दिउँसो देखि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो । उक्त सडक अझै पनि पहिरो पन्छाउन सकिएको छैन । ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिलो पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको छ । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन ६र७ घन्टा लाग्ने बताए। ‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,’ तामाङले भने। पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ। काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षे...
आज दिनभरि झरीको सम्भावना , बाढी र पहिरोको जोखिम

आज दिनभरि झरीको सम्भावना , बाढी र पहिरोको जोखिम

समाचार
पूर्णपुष्टि,असार १५ । केही दिन यता वर्षा भएसँगै देशका धेरै ठाउँमहरुमा आज राति देखिनै पानी परिरहेको छ । मौसमविद्का अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ । मौसमविद् विनु महर्जनका अनुसार गएको २४ घण्टामा त्यहाँ ११९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको थियो । राति लुम्बिनी प्रदेशसहित कोशी, बाग्मतीका एक–दुई ठाउँमा ठूलो पानी परेको मौसमविद् महर्जनले जनाए । उनका अनुसार आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ । १० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटरलाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा मानिन्छ । मनसुन सक्रिय भएकाले आज र भोलि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जनाए श्...
आज राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै

आज राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै

समाचार
पूर्णपुष्टि,असार १५ । आज असारको १५ गते देशभर भर राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले १५ असार प्रख्यात छ । २०६१ मंसिर २९ मा मन्त्रिस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । यो दिवसलाई राष्ट्रिय रूपमा मनाउने राष्ट्रसंघका सदस्य राष्ट्रमध्ये नेपाल एउटै रहेको धान विज्ञ भोलामानसिंह बस्नेतले जानकारी दिए । विश्वको जनसंख्याको आधा मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको धान विज्ञ ब...
आज असार १५ अर्थात दही–चिउरा खाने दिन

आज असार १५ अर्थात दही–चिउरा खाने दिन

समाचार
पूर्णपुष्टि,असार १५ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालमा परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने गरिन्छ । पछिल्लो समय कृषकको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि मन्त्रालयले यस दिनलाई ‘राष्ट्रिय धान’ दिवसका रुपमा मनाउन गरेको छ । ‘कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। यसलाइ रोपाई दिवस समेत भनिन्छ। राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दहीचिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिन...
प्रदेश नामाकरण बारे पुनर बिचार गर्नुपर्छ : आङ्बो

प्रदेश नामाकरण बारे पुनर बिचार गर्नुपर्छ : आङ्बो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १४ असार । माओवादी केन्द्र कोशी प्रदेश संसदीयदलका नेता इन्द्र आङ्बोले प्रदेश नामाकरणमा पुनरबिचार गर्नु पर्ने समय आएको जनाए । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठकको क्रममा बोल्दै आङबोले जनताहरुको असन्तुष्टीलाई ध्यानमा राखेर नामाकरण बारे पुनरविचार गर्नु पर्ने जनाए । आफुले पहिले बाटै पहिचानको पक्षमा बोलिरहेको र बिभिन्न समस्याको कारणले प्रदेश नामाकरणमा भाग लिनु परेको उनले बताए । उनले नामाकरणमा नागरिकहरुको ब्यापक असन्तुष्टी बढेपछि यसलाई वार्ता गरौँ भन्दा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वास्ता नगरेको समेत आरोप लगाए । हामिले बाराम्वार बार्ता टोली बनाऔँ, निष्कर्षमा पुराऔँ भन्दा मुख्यमन्त्रीले कुनै चासो र टेरपुछर नलगाउने तर हामि सरकारबाट निस्केको एक हप्तामै वार्ता टोली बनाउने यो अचम्मको कुरा छ आङ्बोले भने, । उनले त्यो बार्ता टोली बनेको कुरा प्रति भने सदासयता राख्ने समेत जनाए । ढिलै ...
इलाममा योगेश भट्टराईमाथि पहिचानवादीले आक्रमणको प्रयास

इलाममा योगेश भट्टराईमाथि पहिचानवादीले आक्रमणको प्रयास

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,असार १४ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास भएको छ । प्रदेश १ को नाम कोशी राखेको भन्दै पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेको हो । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौति विषयक अन्तरसंवाद कार्यक्रममा भाग लिन इलाम पुगेका थिए । सोही बेला चोक बजारमा प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले कालो झण्डा देखाएका थिए । भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचानपक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालोभण्डा प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी कार्यालय इलामका एसपी डिल्ली घिमिरेले कालो झण्डा देखाउँदै विरोध गरेको र अहिले अवस्था सामान्य रहेको हिमालप्रेसल...
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा चौदण्डीगढीमा वृक्षारोपण

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा चौदण्डीगढीमा वृक्षारोपण

Breaking News 2, समाचार
पूर्णपुष्टि,असार १४ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय वृक्षारोपण दिवस २०८०को अवसरमा वृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालय उदयपुरको आयोजना र सव डिभिजन वन कार्यालय बेल्टार र आँपखहरे सा.व.स चौदण्डीगढी नगरपालिका-६को सह-कार्ययमा वृक्षारोपण गरिएको हो । ‘सन्ततिका लागि सोचौ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने नाराका साथ चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यमा बिभिन्न करिव ४ प्रजातीका ५ सय विरुवाहरु रोपिएको आयोजकले जनाएको छ । कार्यक्रममा नगर प्रमुख लामाले मानिसको अस्तित्व बचाइराख्न वृक्षारोपण गरेर आफ्नो वरिपरिको वातावरण हराभरा बनाउनु पर्ने बताए । प्राकृतिक स्रोत साधनहरूको चरम दोहनले वातावरणमा प्रदुसीत साथै बन जंगल मासिने भएकोले यसलाई सम्पुर्ण नगरवासीहरुले संरक्षण गर्नु पर्ने बताए । आँपखहरे सा।व।स चौदण्डिगढी नगरपालिका ६मा अमला, बर्को, महोगनी, मसला आद...
कार्कीलाई विश्वासको मत दिन जसपा उपस्थित नहुने

कार्कीलाई विश्वासको मत दिन जसपा उपस्थित नहुने

Breaking News 1
पूर्णपुष्टि, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन जसपा उपस्थित नहुने जनाएको छ । कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने जसपाले पत्रमा उल्लेख गरेको छ । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् । विज्ञप्तिमा कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ । साथै सो पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ । निरन्तर सङ्घीयता र पहिचानको निम्ति पहिचानसहितको सङ्घीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसङ्घर्ष नै प्रमुख साधन हो भन्ने मान्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट सङ्घर्ष चलाइरहेको जसपाले जनाएको छ । कोशी प्रदेशमा कार्की न...