काठमाडौँमा २ अर्वमा तयार भयो आकाशमा हिँड्न मिल्ने टावर
पूर्णपुष्टि,असार १४ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले कमलादीमा निर्माण गरेको सिसा टावरमा अव असार १५ (शुक्रबार) देखि स्काइ–वाक टावर सञ्चालनमा ल्याउँदैछ । पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले यो टावर बनाइएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए।
'सिसामा उभिँदा आकाशमै उभिए जस्तो महसुस हुन्छ। यो एकदमै रोमाञ्चक एड्भेन्चर हुनेछ,' इञ्जिनियर समेत रहेका पोखरेलले भने, 'स्काइ-वाकको अनुभव बाहिरबाट शब्दमा भन्न सकिँदैन। चढेरै अनुभव हुन्छ।' उनका अनुसार स्काइ-वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो । यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ । काठमाडौंको उचाइमा उभिएर मानिसहरूलाई आकाशमा हिँडेजस्तो अनुभूत गराउन यो टावर सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
कुल १३ रोपनीमा फैलिएको टावरमा कम्पनीले दुई अर्ब रूपैयाँ लगानी गरेको छ । यहाँ टावरबाहेक वरपर पार्किङ, बगैंचा र सटरहरू छन् । टावर ७८ मिटर अग्लो छ ज...









