Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

बहुमतले बजेट पारित, १४७ सांसदको साथ

बहुमतले बजेट पारित, १४७ सांसदको साथ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ असार । २०८०र०८१ को बजेट बहुमतले पारित भएको छ। मत विभाजन परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्। आज मत विभाजनमा २५५ संसद सहभागी थिए। विनियोजन विधेयक पारित गर्ने पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत हालेका थिए। यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले पक्षभन्दा विपक्षीको संख्या धेरै भएकाले मत विभाजनको माग गरेको थियो।  ...
सहकारी संस्थालाई ३० दिन भित्र सम्पूर्ण विवरण पेश गर्न महानगरको निर्देशन

सहकारी संस्थालाई ३० दिन भित्र सम्पूर्ण विवरण पेश गर्न महानगरको निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १३ । सहकारी संस्थाहरुलाई ३० दिन भित्र सम्पूर्ण विवरण पेश गर्न काठमाण्डौँ महानगरपालिकाले निर्देशन दिएको छ । महानगरको सहकारी विभागले सुचना जारी गर्दै जारी भएको मितिले ३० दिन भित्र साधारण सभा र लेखा परिक्षणको विवरण पेश गर्न लगाएको हो । केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी र लेखापरिक्षण प्रतिवेदन लगाएत तोकिए बमोजिमका विवरणहरु समयमा नै पेश गर्ने गरेको नपाईएको सुचना जारी गरिएको विभागले जनाएको छ । विभागले यदी सुचना वेवास्ता गरेमा कानुन वमोजिम कारर्वाही गर्र्ने चेतावनी समेत दिएको छ । महानगर सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परिक्षणबाट संस्थाको प्रत्येक आर्थिक बर्षक...
५० लाख दाईजो नपाए बिहे रद्ध गर्ने भन्दै धम्किदिने ग्रिनकार्ड प्राप्त बेहुला पक्राउ

५० लाख दाईजो नपाए बिहे रद्ध गर्ने भन्दै धम्किदिने ग्रिनकार्ड प्राप्त बेहुला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १३ ।  केटी पक्षसँग ५० लाख दोईजो मागेको आरोपमा अमेरिकाको ग्रिनकार्ड प्राप्त एक बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबी नगरपालिका–६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई बिहे मण्डपबाटै प्रहरीले पक्राउ गरेको हो । यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की दिएका थिए । प्रहरीका अनुसार केटा पक्षले केटी पक्षबाट पटक–पटक गरी २२ लाख रुपैयाँसमेत लगिसकेका छन् । विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं ज...
छोराले गरे आमाको हत्या

छोराले गरे आमाको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, १३ असार । धारिलो हत्यार प्रयोग गरी छोराले आफ्नै आमाको हत्या गरेको छ । घरायसी विवादलाई लिएर छपश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका प्रहरीले जनाएको छ। स्थानीय ५० वर्षीय बुद्धिरानी २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्यापछि कुमार भागेर रुपन्देही आएको अवस्थामा पक्राउ परेका हुन् । रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  ...
यी महिलाको कालो कर्तुत, पैसा ठगी गर्दै मिटरव्याजीमा लगानी, उल्टै पिडितमाथी उजुरी

यी महिलाको कालो कर्तुत, पैसा ठगी गर्दै मिटरव्याजीमा लगानी, उल्टै पिडितमाथी उजुरी

Breaking News 1, समाचार
पूर्णपुष्टि,, १३ असार । बिभिन्न व्यक्तिहरु सँग बाहानावाजीमा पैसा ठगी गर्दै मिटरव्याजीमा लाखौँ पैसा असुली गर्दै आएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी सिर्जना खड्काले विभिन्न व्यक्तिसँग करोडौं रकम उठाएर ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको हो । निजगढ, सिमरा, जीतपुर, पथलैया, अम्लेखगञ्ज, हेटौंडा, वीरगञ्ज लगायतका क्षेत्रमा दर्जनौं व्यवसायी, औद्योगिक करिडोरमा कार्यरत मजदुर तथा कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनले ठगेको पाइएको हो । व्याजको लोभ देखाएर दर्जनौं व्यक्तिहरुसँग लाखौं रुपैयाँ उठाएर खड्काले रकम अपचलन गरेको बताइन्छ । पछिल्लो समय निजगढ नगरपालिका वडा नं ८ का सुजित घिसिङ्गले खड्कालाई २० लाखको चेक बाउन्स गरेका थिए । सोहीपछि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमार्फत पक्राउ आदे...
मेयर कप फुटबल प्रतियोगिता : आयुवको निर्णयक गोलमा वडा न. ११को विजयी

मेयर कप फुटबल प्रतियोगिता : आयुवको निर्णयक गोलमा वडा न. ११को विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १२ । उदयपुर गाईघाटमा जारी २३औ लालशेर राई स्मृति मेयर कप फुटबल प्रतियोगिताको चौथौ दिनको दोस्रो खेलमा आयुव राईको निर्णायक गोलले वडा नम्बर ११ बिजयी भएको छ । मंगलवार सझँको करिव ४ः४५ देखि सुरु भएको खेलमा वडा नम्बर ३ मोतिगडालाई १–० गोलले पराजित गर्दै वडा नम्बर ११ बिजयी भएको हो । गाईघाटको थरुहट रंगशालामा सम्पन्न दोस्रो खेलको पहिलो हाफको २३औँ मिनेटमा गोल गर्दै आयुवले उत्कृष्ट गोल गर्दै ११ वडालाई अग्रता दिलाएका थिए । खेलको सुरुवातमै दुवै टिमका तर्फबाट काउन्टर अट्याकिङ खेल प्रदर्शन भएको थियो । त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै वडा नम्बर ११ बिजयी भयो । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ११का आयुव राईले नगद रु १००० प्राप्त गरेका छन् । भोली हुँने खेलमा वडा नम्बर १३ संग वडा नम्बर ८ ले पहिलो ख...
कृषकलाई अनुदानमा ट्याक्टर र पानी तान्ने मोटर वितरण

कृषकलाई अनुदानमा ट्याक्टर र पानी तान्ने मोटर वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १२ । त्रियुगा नगरपालिकाले स्थानीय कृषकहरुलाई अनुदानमा ट्याक्टर र पानी तान्ने मोटर वितरण गरेको छ । नगरले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरर्गत वडा नम्बर ८ र ९ राजाबासका कृषकहरुलाई चालु आर्थिक बजेटबाट ५० प्रतिशत अनुदानमा दुई वटा ट्याक्टर र सत प्रतिशत अनुदानामा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको हो । असारे खेतीपातीको समय सुरु भएसँगै कृषि विकास शाखालाई नगरको ५०प्रतिशत अनुदानमा ट्याक्टर र साना सिंचाई कार्यक्रम अन्तर्गत पानी तान्ने मोटर सहित मोटर जोड्न आवस्यक समान र पाइप १०० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको नगर कृषि शाखाले जनाएको छ । नगरले स्थानीय कृषकहरुको आवश्यता र मागलाई सम्बोधन गर्दै करिव १३ लाख पर्ने दुईवटा ट्याक्टर र १० हजार पर्ने पानी तान्ने मोटर वितरण गरेको त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले बताए । उनका अनुुसार नगरपालिकाले कृषि...
ललिता निवास प्रकरणमा ६ जना पक्राउ

ललिता निवास प्रकरणमा ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि,असार १२ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पक्राउ गरिएको हो । यस प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...
मेयर कप फुटबल प्रतियोगिता : चौथौ दिन वडा नम्बर १४ साउने बिजयी

मेयर कप फुटबल प्रतियोगिता : चौथौ दिन वडा नम्बर १४ साउने बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १२ । उदयपुरको त्रियुगा नगरपालिकाका प्रमथ मेयर स्वर्गीय लालशेर राईको ३३औँ स्मृतिमा जारी फुटबल प्रतियोगितामा वडा नम्बर १४ साउने विजयी भएको छ । मंगलबार विहानको करिव ८ बजे देखि थरुहट रंगशालामा सुरु भएको खेलमा साउनेले वडा नम्बर ७ राजाबासलाई ०को विरुद्द १ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रदशर्नी गर्दापनि कुनै परिणम स्वरुपम गोल हुन सकेन् । दुवै टिमका खेलाडिहरु गोल आफ्नो पक्षमा पार्नको धेरै प्रयास गर्दा पनि उक्त प्रयास असफल रह्यो । यद्दपी दोस्रो हाफको खेल सुरु भएको केहि समयमा साउनेले काउन्टर अट्याकिङ खेल प्रदर्शन गर्दै जीत आफ्नो पोल्टामा पारेको छ । दोस्रो हाफको ५६औँ मिनेटमा जर्सी नम्बर ७ का खेलाडि खिल राज मगरले आशिष राईको पासमा गोलपोस छेउमा आएको बललाई सदुपयोग गर्दै विपक्षी टिमका पोसजाली चुमाउँदै निर्णायक गोल गरेका थिए । प्रतियोगिताको ...
आफन्तलाई विदाई तथा स्वागत गर्न ३ जना मात्र विमानस्थल जान पाइने

आफन्तलाई विदाई तथा स्वागत गर्न ३ जना मात्र विमानस्थल जान पाइने

समाचार
पूर्णपुष्टि,असार १२ । त्रियुवन अन्तराष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र विदाईका लागि अब तीन जना मात्र जाने पाइने भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूको संख्या बढ्दै जाँदा भवन बाहिरको स्थानमा सीमितता रहेका कारण यात्रुको विदाईका लागि तीन जनामात्र जान पाउने व्यवस्था गरिएको हो । मंगलबार विमानस्थलले विमानस्थल क्षेत्रमा बिदाइ तथा स्वागत गर्न आउने आफन्त लगायतको भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ । यात्रु निस्कने ठाउँमा दुर्घटना हुने जोखिम भएको तथा यात्रुको सहज आवतजावतमा समस्या भएकाले यस्तो व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ। सूचनामा भनिएको छ 'यस्ता समस्या तथा चुनौतीलाई मध्यनजर गर्दै अब उपरान्त विदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरूको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा...