गाईघाट मेयर कप फुटबल प्रतियोगिता : वडा नं.१३ र ५ बिजयी
पूर्णपुष्टि,असार १२ । उदयपुर गाईघाटमा अवस्थित थरुहट रंगशालामा जारी २३औ स्वर्गीय लालशेर राई स्मृति मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर १३ र ५ बिजयी भएका छन् । सोमबार सम्पन्न तेस्रो दिनको पहिलो खेलमा वडा नम्बर १३ र दास्रो खेलमा वडा नम्बर ५ले सहज जीत निकालेका हुन् ।
पहिलो चरणको खेल १३ नम्बरले ९ नम्बर (राजाबास)को सामना गरेका थिए । खेलको सुरुवाती चरण देखिनै खेल निकै रोमाञ्चक देखिएता पनि दुवै टिमले निर्धारीत समय सम्म एक अर्काको गोलपोसमा बल चुमाउँन नसक्दा खेल पेनाल्टि सुटआउटमा परिणत भएको थियो । पेनाल्टि सुट आउटमा टिमका ५ जना खेलाडीले पेनाल्टी सुट गरेका थिए ।
पेनाल्टिमा वडा नम्बर १३का तर्फबाट जर्सी नम्बर १३का दिपेश प्रधान, जर्सी नम्बर ३ अनोज चौधरी र जर्सी नम्बर ९का टिका चौधरी गोल गरे । यता राजावाको तर्फबाट ५ जना मध्य जर्सि नम्बर ११का सन्तोश श्रेष्ठले प्रहार गरेको बल मा...









