गुहार गुहार... बचाऊ || Tejnarayan Sherpa 'Ranjan'/कविता
तेजनारायण शेर्पा “रन्जन” उदयपुरका एक सशक्त साहित्यकार, सर्जक, बैद्य र समाजसेवी हुन् । उनको अति नै ओझिलो एक कविता राखेका छौं । कृपया, सुनेर कमेन्ट गरिदिनुहोला । मन परेमा लाईक र सब्स्क्राईप पनि गरिदिनुहोला ।
https://youtu.be/_9ZzOk-5Tog
पूर्णपुष्टि/उदयपुर, साउन १
उदयपुरमा तीन सातादेखि बिजुली बाल्न नपाएका स्थानियले मंगलबार नेपाल विद्युत प्राधिकरण कार्यालय घेराउ गरेको छ ।
त्रियुगा नगरपालिका २ खैजनपुर बासीहरु असार १० गते बाट बत्तिबिहिन भएको थियो । प्राधिकरणको लापरबाहीले गर्दा समस्यामा परेको भन्दै गाईघाट स्थित प्राधिकरणको वितरण केन्द्र घेराउ गरेको हो ।
विहान १० बजे तिर ठुलो संख्यामा आएको खैजनपुर बासीहरुले प्राधिकरणको अगाडी नारा लगाउदै कर्मचारीलाई कार्यालय प्रवेश गर्नमा समेत समस्या उत्पन्न गरेको थियो । विग्रेको विद्युति मर्मत गर्न २२ दिन अघि नै प्राधिकरणलाई अनुरोध गरेपनि प्राधिकरणले आल टाल गरेको स्थानीयहरुको आरोप छ ।
बत्ति नहुदा ठुलो समस्या खेप्दै आएका स्थानीयहरु अतिबेला मुठ्ठी खाएर मुरी उब्जाउने समयमा छ । तर लगतार बत्तिको समस्यामा परेको स्थानीयबासीहरुले काम छोडेर प्रधिकरण घेराउन गर्न आएको वडा अध्यक्ष घमानसिंह खत्र...
पूर्णपुष्टि/उदयपुुर साउन १
जिल्ला अदालत उदयपुरले न्याय सम्पादनमा अहिलेसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । ५४ वर्षे इतिहास बोकेको अदालतले आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी मुद्दा दर्ता र फछ्र्यौटको रेकर्ड राखेको हो ।
जिल्ला न्यायाधीस तेजेन्द्रप्रसाद शर्मा सापकोटाका अनुसार अदालतप्रतिको सर्बसाधारणको विश्वास बढेकाले मुद्दा संख्या बृद्धि भएको र सोही ढंगले न्याय सम्पादन गरिएकाले अहिलेसम्मकै राम्रो उपलब्धी हाँसिल भएको हो । कुल मुद्दा संख्या एक हजार चारसय १५ वटा रहेकामा एकहजार ६४ वटाको न्याय सम्पादन सकिएको छ । मुद्दा फस्यौट संख्या ३ सय ५१ मात्र रहेका छन् ।
पाँचसय ८५ वटा मुद्दा अघिल्लो वर्षबाट सरिआएकोमा ८ सय ३० वटा नयाँ मुद्दा दर्ता भएको हो । अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फछ्र्यौटको लक्षसमेत पुरा गर्न नसकेको ग वर्गको सो अदालतले ७५ दशमलब १९ प्रतिशत फस्र्यौट गरेको हो ।
विगतको...
पूर्णपुष्टि/उदयपुर, असार ३२ ।
गएराती एक महिलालाई अपहरण गरी गाडीमा सामुहिक बलात्कार गरेको भन्दै चार जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार सार्बजनिक गरेको छ ।
पक्राउ परी सार्बजनिक गरिएकाहरुमा सिरहाको लहान नगरपालिका ७ का २४ वर्षिय अमित गुप्ता, सोही ठाउँका २५ वर्षिय सन्देश गुप्ता, २५ वर्षकै विवेश साह र सिरहाको मिर्चैयाका २६ वर्षिय नितेशकुमार साह रहेका छन् ।
त्रियुगा नगरपालिका ६ स्थित लालपत्तामा चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाट तर्फ आउदै गरेको बा. १४ च ६८१७ नम्बरको स्कारर्पियो गाडीमा नग्न अवस्थाकी एक महिला र मदिराले लठ्ठा चार जनालाई प्रहरीले फेला पारी पक्राउ परेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार महिलाले आफुलाई अपहरण गरी जबरजस्ती बलात्कार गरेको बयान दिएकी छिन् । चारैजनालाई अपहरण तथा जबरजस्ती करणी मुद्दा चलाउने एसपी भट्टले बताउनुभयो ।...
पूर्णपुष्टि/उदयपुर, असार ३२ ।
उदयपुरको उदयपुरगडी गाउँपालिका वडा नं. ३ का वडा सदस्य रामबहादुर लामिछाने मगर सोमबार मृत फेला परेका छन् । दुई दिन अघिदेखि हराईरहेका उनी खोजतलासको क्रममा स्थानीय साईपा खोलामा मृत अवस्थामा भेटिएको हो ।
खोलामा मृत भेटिएको खबर लगत्तै प्रहरी चौकी उदयपुरगडीको प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । मगर गत स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।...
पूर्णपुष्टि/उदयपुर, असार ३२ ।
उदयपुरको त्रियुगा नगरपालिकाको नगर सभा तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ । नगर प्रमुख मेयर बलदेव चौधरीको अध्यक्षतामा सञ्चालन भएको सभाले आवधिक योजना र विभिन्न विधेयकको मस्यौदा प्रस्तुत गरी आवश्यक छलफलका साथ पास गर्ने जनाइएको छ ।
मेयर चौधरीले आवधिक योजना प्रस्तुत गरेको सभामा पहिलो सूचिमा अर्थ सम्बन्धी विधेयक २०७५ रहेको थियो । उपमेयर देवीकुमारी चौधरीले प्रस्तुत गरेको उक्त विधेयक सर्बसहमत पास भएको छ ।
त्यसैगरी सभामा संस्था दर्ता सम्बन्धी विधेयक, सहकारी सम्बन्धी विधेयक, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्ने बनेको विधेयक प्रस्तुत गर्र्नेे भएको छ । त्यस्तै विद्यालय शिक्षा व्यवस्थापन कार्यविधी, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधी, त्रियुगा नगरपालिका बजार अनुगमन निर्देशिका लगायतका विषयगत संयोजकहरुले प्रस्तुत गर्ने कार्यक्रम रहेको नगरपालिकाका सुचन...
पूर्णपुष्टि उदयपुर, असार ३१ ।
जनताकाबीच उत्साहपूर्वक मनाउनु पर्ने दोस्रो जिल्ला सभा उदयपुरमा आइतबार तरल र खल्लो मात्र भएन नौटंकी नै देखियो । विहान १० बजे निर्धारण गरिएको कार्यक्रम दिउसो अबेरसम्म सञ्चालन नभएपछि आमन्त्रीत अतिथिहरु निरास हुँदै फर्किएका थिए ।
निर्धारित समयमै उपस्थित केही सांसदहरु, प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुख, संघसंस्थाका प्रतिनिधीहरुले १२ ः०० बजेसम्म पर्खेर हेरेपनि कार्यक्रम हुने छाटकाट नदेखेपछि आ आप्mनो गन्तब्यमा लागेका थिए । दिउसो २ बजेसम्म पनि आमन्त्रितहरु खाली हल हेर्दै फर्किने क्रम रह्यो । विहान १० बजे भनिएको जिल्ला समन्वय समितिको सभाहल दिउसो ३ बजेसम्म खाली रह्यो ।
https://youtu.be/K3x_FmcQzuw
जिल्लाको आठ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६ जना र जिल्ला समन्वय समितिको प्रमख र उपप्रमुख गरी १८ जनाको जिल्ला सभामा गणपुरक सदस्य नपुगेपछि कार्यक्रम सञ्...
पूर्णपुष्टि उदयपुर, असार ३१ ।
उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहका ३० वर्षिय सुशिलकान्त चौधरीको हत्यामा संलग्न रहेको भन्दै चारजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार सार्वजनिक गरेको छ ।
प्रहरीले स्थानीय २५ वर्षिया सन्चमाया तामाङ, ३१ वर्षिय तिलक तामाङ, प्रकाश भन्ने शंकर तामाङ र एकबहादुर तामाङलाई अनुन्धानबाट हत्यामा संलग्न रहेको पाइएको भन्दै पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । हत्यामा सम्लग्न चारै जनाले बयानमा हत्या गरेको स्विकार गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो ।
असार २५ गते राती हत्या गरी नजिकैको कङखोलाको बगरमा गाडेको अवस्थामा पाँचदिन पछि मृतक चौधरीको शब फेला परेको थियो । असार २९ गते विहान बगरमा पुरेको र हातका औलाहरु स्यालले खाइसकेको दुर्गन्धित अवस्थामा फेला परेको थियो ।
बयानको क्रममा सञ्चमाया एक्लैले आत्मरक्षाका लागि चौधरीको हत्या गरेको बत...
दर्शक, स्रोताको अझै धेरै माया र साथ, सहयोगको अपेक्षा
पूर्णपुष्टि/उदयपुर, असार ३१
सुरुदेखि नै दर्शक र स्रोताको अपार माया पाएर भिजन आईडल २ को सिढि उक्लदै गरेका सुनशेर राई टप टेनमा पुग्न सफल भएका छन् । असार २८ गतेको टप–सिक्सटिनको प्रतिष्पर्धामा सफल भई उनी टप टेनमा पुगेका हुन् । उत्कृष्ट गायन प्रस्तुत गर्दै निर्णायकको मन जितिरहेका उनलाई दर्शक स्रोताको भोटले अगाडी बढाएको हो ।
कडा मेहनतका साथ प्रतिष्पर्धामा उत्रिरहेका उनले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । आईडल बनेर सांगीतिक क्षेत्रमा केही गरौं भन्ने धोको बोकेका उनलाई अवका दिनमा अझ धेरै दर्शक स्रोताको माया, साथ, सहयोगको खाँचो रहेको भन्दै भोट गरिदिन अनुरोध गरेका छन् ।
उनलाई भोट गर्न नेपाल टेलिकमको नमस्ते वा स्काई मोवाईलबाट भीएफएम एक स्पेश ५२ टाईप गरी तीन सातसात नौंनौंमा सेन्ड गर्न सकिन्छ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं....
पूर्णपुष्टि/उदयपुर,असार ३०
त्रियुगा नगरपालिकामा घरको तला बाट लडेर एक मजदुर बगम्भिर घाईते भएको छ ।
बिहानको १० बजे तिर काम गर्ने सामान लिन जने क्रममा मजदुर जसबहादुर तामाङ्ग लडेको थियो ।
त्रियुगा नगरपालिका वडा नं ४ स्थायी निवासी तामाङ्ग दुई तला मुनि झर्दा देब्रे हात भाँचिएको र टाउकोमो गम्भिर चोट लागेको प्रत्यक्षदर्शि छत्रबहादुर मगरले बताए ।
लडेको मजदुरलाई उठाई हस्पिटल सम्म पु¥याएको प्रत्यक्षदर्शी हरीबहादुर पौडेलले बताए ।
विरामीको अवस्था गम्भिर भएकोले उपचार हुन नसक्ने भए पछि सामान्य उपचार गरी बाहिर पठाएको रौता हस्पिटलले जनाएको छ । भने न्युरो हस्पिटल विराटनगरमा तामाङ्गको उचार भईरहेको छ ।...