दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा गाईघाट बिजयी
पूर्णपुष्टि, माघ १६ । दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता २०८० को उद्धघाटन खेलमा गाईघाट फुटबल क्लब बिजयी भएको छ ।
मंगलबार त्रियुगा नगरपालिका वडा नं १० बोक्से स्थित गंगा खेल मैदानमा भएको उद्धघाटन खेलमा गाईघाट फुटबल क्लबले बसाहा फुटबल क्लबलाई ३–२ गोलले हराएको हो । खेल सुरु भएको तेस्रो मिनेट मै जर्सि नं ५ का केबल तामाङले कर्नर किकबाट आएको बल हेडिङ मार्फत गोल गर्दै बसाहालाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता बसाहाले जोगाउन नसक्दा खेलको १२ औं मिनटमा जर्सि नं १४ का खेलाडी दिवस श्रेष्ठले गोल गर्दै गाईघाटलाई खेलमा फर्काए भने पहिलो हाफ एक–एक गोलको बराबरीमा सिमीत रह्यो ।
दोस्रो हाफको २४ औं मिनेटमा जर्सि नं १४ का दिवश श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै गाईघाटको अग्रता दोब्बर पारे भने थप गरिएको ३ मिनेटको इन्जुरी समयमा जर्सि नं ९ का खेलाडी प्रितम चौधरीले गोल गर्दै गाईघाटको ल...









