Monday, July 13News That Matters

Author: पूर्णपुष्टि खबर

प्रधानमन्त्री प्रचण्डले आज उदयपुरमा दुई कार्यक्रम भ्याउने

प्रधानमन्त्री प्रचण्डले आज उदयपुरमा दुई कार्यक्रम भ्याउने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज उदयपुरमा दुई ओटा कार्यक्रम भ्याउने भएको छ । रौतामाई गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशाकीय भवनको उद्घाटन सँगै दाहालले उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन गर्ने भएको छ । दाहाल भवन उद्घाटन सकेर दुई बजे उद्योगगको अनुगमन गर्न आईपुग्ने कार्यक्रम रहेको छ । उद्योगको अनुगमन पछि तत्काल सिन्धुलीको कार्यक्रममा दाहालको कार्यक्रम रहेको छ ।...
स्लो साईक्लिङ प्रतियोगिता धरानका दिपसागर तामाङले जिते

स्लो साईक्लिङ प्रतियोगिता धरानका दिपसागर तामाङले जिते

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १९ । उदयपुरमा भएको स्लो साईक्लिङ प्रतियोगिता धरानका दिपसागर तामाङले जितेका छन् । शुक्रबार त्रियुगा नगरपालिका वडा नं ११ स्थित पिपल चोकमा बिहान ७ बजे भएको स्लो साईक्लिङ प्रतियोगिता तामाङले जितेका हुन् ।जिल्ला उद्योग बाणिज्य संघ उदयपुर र उदयपुर जिल्ला साईकल संघको समन्वयमा प्रतियोगिता आयोजना भएको हो । त्यस्तै त्रि.न.पा.१० बोक्सेका निमा शेर्पा दोस्रो र कुशाङ शेर्पाले तेस्रो स्थान हासिल गरे भने बिजेता उपबिजेता सबैमा बधाई तथा शुभकामना दिईएको थियो।...
रौतामाई गापाको प्रमुख प्रशासकीय भवन ७ करोड ८७ लाखमा सम्पन्न

रौतामाई गापाको प्रमुख प्रशासकीय भवन ७ करोड ८७ लाखमा सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १९ । भोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन हुने उदयपुरको रौतामाई गाउँपालिकाको प्रमुख प्रशासकीय भवन नेपाल सरकारको ७ करोड ८७ लाख बजेटमा निर्माण भएको हो । पालिका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार समायोजनसहितको उक्त बजेटमा भवन गत भदौमा निर्माण सम्पन्न भएको हो । भवनमा २८ वटा कोठा छन् । सुविधा सम्पन्न पक्की भवन निर्माणका लागि २०७७ साल असोजमा ठेकेदार कम्पनी रौतामा धुलिखेल सुसम आदिज्या जेभीसंग सम्झौता भएको थियो ।...
प्रधानमन्त्री प्रचण्डले रौतामाईको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने

प्रधानमन्त्री प्रचण्डले रौतामाईको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, १९ माघ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने भएको छ । उदयपुरको पहाडी पालिका रौतामाईको भुट्टारमा निर्माण भएको पालिकाको नयाँ भवन शनिबार प्रधानमन्त्री दाहालले बिषेश कार्यक्रमकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवन उद्घाटनको लागि दाहाल हेलीबाट भोली उदयपुर आउने आयोजकले जनाएको छ । आयोजक रौतामाई गाउँपालिकाले भवन उद्घाटन सँगै रौतामाई गाउँपालिकाको बिकासको बारेमा पनि धारणा राख्ने जनाएको छ । कार्यक्रम १० बजेदेखी सुरु भएर दुई बजे सकिने छ ।...
प्रधानमन्त्री दाहालले भोली उदयपुर सिमेन्ट उद्योगकको अनुगमन गर्ने

प्रधानमन्त्री दाहालले भोली उदयपुर सिमेन्ट उद्योगकको अनुगमन गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ माघ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले भोली उदयपुर सिमेन्ट उद्योगकको अनुगमन गर्ने भएको छ । शनिवार उदयपुर आउने कार्यक्रम रहेको दाहालले देशकै सभैभन्दा ठुलो उद्योगकको रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगको अनुगमन गर्ने भएको हो । पछिल्लो समय खस्किदै गएको उद्योगलाई दाहालले महत्वपूर्णका साथ चासो दिरहेको छ । अनुगमन सँगै दाहालले उद्योगकका बारेमा आफ्नो धारणा पनि राख्ने भएको छ ।...
प्रधानमन्त्री प्रचण्ड उत्रने हेलिप्याड रौतामाईको भुट्टारमा निर्माण

प्रधानमन्त्री प्रचण्ड उत्रने हेलिप्याड रौतामाईको भुट्टारमा निर्माण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ माघ । दुर्गम क्षेत्रको प्राकृतिक विपत्ती, गम्भिर विरामी र सुत्केरीलाई उपचार तथा उद्धारका लागि मध्ये नजर गर्दै उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा हेलिप्याड निर्माण गरिएको छ । नेपाली सेनाको नागरिक–सैनिक समन्वय कार्यक्रम अन्तर्गत रौतामाई गाउँपालिकाको आर्थिक सहयोगमा श्रीपशुपतिप्रसाद गणले नागरिक मैत्री हेलिप्याड निर्माण गरेको हो । आज एक कार्यक्रमकाबीच हेलिप्याड उद्घाटनसहित सेनाले पालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको १८ नं। वाहिनीपति मनोज बैदवार र पालिका अध्यक्ष विरेन्द्र मगरद्वारा संयुक्तरुपमा उद्घाटन भएको हेलिप्याडमा आगामी माघ २० गते पालिकाको प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल उत्रने छन् । उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, पालिका उपाध्यक्ष भुपेन्द्रबहादुर थापा, जिल्ला प्रहरी प्रमु...
बोक्से वडाअध्यक्ष कप : दोस्रो दिन कटारी फुटवल क्लव बिजयी

बोक्से वडाअध्यक्ष कप : दोस्रो दिन कटारी फुटवल क्लव बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ माघ । दोस्रो वडा अध्यक्ष गोल्ड कप ठब् साईड फुटबल प्रतियोगिताको दोस्रो दिन कटारी फुटवल क्लव बिजयी बनेको छ । इटेरी फुटवल क्लव सुनसरीलाई ट्राईबेकरमा ८÷७ ले हराउँदै कटारी बिजयी बनेको हो । कटारीको तर्फबाट आठै जना खेलाडीहरुले गोल गरेका थिए भने सुनसरीको तर्फबाट एक गोल मिस भएको थियो । कटारीका गोल किपर निश्चल कार्कीले सुनसरीको एक गोल रक्षा गर्दा कटारी फुटवल क्लव बिजयी बनेको हो । समय अबधिभर दुवै टिम गोल रहित भएपछि खेल पेनाल्टीमा परिणत भएको थियो । प्रतियोगितामा कटारीका गोल रक्षक कार्की म्यान अफ दी म्याच समेत घोषित बने । उनले रु दुई हजार नगद समेत प्राप्त गरेको छ । भोलीको खेल स्टार युवा क्लव जोगिदह र फ्युजन फुटवल क्लव बोक्सेबीच हुने आयोजकले जनाएको छ ।...
उदयपुरको रौतामाई गाउँपालिका कोशी प्रदेशभरीकै उत्कृष्ट दोस्रोमा

उदयपुरको रौतामाई गाउँपालिका कोशी प्रदेशभरीकै उत्कृष्ट दोस्रोमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ माघ । उदयपुरको रौतामाई गाउँपालिका कोशी प्रदेशभरीकै उत्कृष्ट बन्न सफल भएको छ । स्थानीय तह संस्थागत क्षमता मुल्यङकनमा कोशी प्रदेशको ८८ गाँउपालिका मध्य उदयपुरको रौतामाई गाँउपालिका दास्रो भएको हो । उदयपुरको रौतामाई दोस्रो हुँदा ताप्लेजुङका मैवा खोला गाँउपालिका प्रथम बनेको छ । आर्थिक वर्ष २०७९÷०८० को लागि स्थानीय तहले गरेका आफनो स्मुल्यांकनमा मैवा खोला गाँउपालिकाले १०० पुर्णाङकमा ९० दशमलव ५ नम्बर प्राप्त गर्दा उदयपुरको रौतामाई गाँउपालिकाले १०० अंकमा ८७ नम्बर प्राप्त गरी प्रदेशमै दोस्रो बनेको हो । स्थानिय तहको कार्य प्रक्रिया र उपलब्द्यीहरुको लेखाजोखा प्रतेक वर्ष स्थानीय तह आफैले स्मुल्यांकन गर्ने गर्दछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह सस्थागत स्मुल्यांकन कार्यविधि, २०७७ अनुसार विभिन्न सुचकका आधारमा स्मुल्यांकन हुने गर्दछ । आर्थिक वर्ष २०७९÷०८० का न...
उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जना पक्राउ

उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १७ । उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं १५ स्थाई वतन भई काठमाण्डौ बस्ने ३२ बर्षीय पवन मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०७०–१२–१७ गते जिल्ला अदालतको फैसलाले ३ वर्ष कैद सजाय भई हालसम्म फरार रहेको मगरलाई मंगलबार पक्राउ गरिएको हो । काठमाण्डौको टोखा नगरपालिका वडा नं. ८ बानियाटार स्थितबाट पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
राई र चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार

राई र चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ माघ । पत्रकार दिपीन राई र संगिता चेपाङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान(२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार(२०२३’ प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिका प्रमुख ९हेड अफ ट्रस्ट० सोनाम छिरिङ शेर्पाका अनुसार सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मान र पुरस्कारको राशी २५÷२५ हजार रुपैयाँ रहेको छ । दिपीन राई २०४९ साल दैनिक विवेचना देखि अनवरत पत्रकारीतामा सम्लग्न भइ जनचाहना साप्ताहिक ९कार्यकारी सम्पादक०, हिमालय टाइम्स काठमाडौं ९सम्वाददाता ०, आजभोलि दैनिक भारत ९सम्...