Saturday, May 2News That Matters

Author: पूर्णपुष्टि खबर

आज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना

Breaking News 3, समाचार
 पूर्णपुष्टि, साउन २६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनी वायुको प्रभावका कारण हाल नेपालभर आंशिकदेखि साधारणतया बदली मौसम रहेको छ। मनसुनको न्यूनचापीय रेखा अझै पनि सरदर स्थान आसपास रहेकोले यसको प्रभाव देशभर देखिने अनुमान गरिएको छ। दिउँसोको समयमा देशका विभिन्न भागहरूमा फरक-फरक मौसमी अवस्था रहने पूर्वानुमान गरिएको छ। कोशी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने देखिन्छ। विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा मौसमी गतिविधि अझै बढ्ने अनुमान छ। देशभर आंशिक...
पेरिस ओलम्पिक :  फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिक : फ्रान्सलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

Breaking News 3, खेलकुद, समाचार
पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबल प्रतियोगितामा स्पेनले स्वर्ण पदक जितेको छ। शुक्रबार राति भएको फाइनलमा स्पेनले आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्यो। यो स्पेनको सन् १९९२ पछिको पहिलो ओलम्पिक स्वर्ण हो। अतिरिक्त समयमा स्पेनका सर्जियो कमेलोले गरेका दुई गोल निर्णायक सावित भए। यो जितसँगै स्पेनले आफ्नो अन्तर्राष्ट्रिय फुटबल वर्चस्व कायम राखेको छ। स्पेनले यसअघि युरो २०२४ को उपाधि जितेको थियो भने मेन्स यू-१९ र महिला विश्वकपमा पनि विजयी भएको थियो। अन्य खेलहरूमा, महिला बक्सिङको वेल्टरवेट वर्गमा अल्जेरियाकी इमाने खलिफले स्वर्ण जितिन्। उनले चीनकी याङ लिउलाई पराजित गरिन्। खलिफ यसअघि लैंगिक योग्यताका कारण विवादमा तानिएकी थिइन्। प्रतियोगिताको १३ औं दिनको अन्त्यमा, अमेरिका र चीन दुवैले ३३-३३ स्वर्ण पदक जितेका छन्। अमेरिका ३९ रजत र ३९ कांस्य सहित कुल पदक तालिकामा शीर्ष स्थानमा छ। ...
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २६ । ब्राजिलको साओ पाउलो नजिक एक विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ। भोपास एयरलाइन्सको एटीआर ७२-५०० विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको थियो। यात्राको क्रममा विमान भिन्हेडो सहरमा दुर्घटनाग्रस्त भयो। सामाजिक सञ्जालमा प्रसारित भिडियो फुटेजमा विमान अनियन्त्रित भई ठाडो रूपमा तल खसेको देखिन्छ। विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए। दुर्घटनास्थल आवासीय क्षेत्रमा भए पनि जमिनमा कसैलाई गम्भीर क्षति नपुगेको अधिकारीहरूले जनाएका छन्। एउटा स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको घरमा मात्र केही क्षति पुगेको छ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिन...
बिद्युत प्राधिकरण उदयपुरको आयोजनामा रक्तदान

बिद्युत प्राधिकरण उदयपुरको आयोजनामा रक्तदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ साउन । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ प्राधिकरणको ३९ औं बार्षिकोत्सबको अबसरमा गनेपाल बिधुत प्राधिकरण उदयपुर बितरण केन्द्रको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख बिजयबाबु हुनुहुन्थ्यो भने प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका सभापती मदन कटुवाल हुनुहुन्थ्यो । नेपाल बिधुत प्राधिकरणले केही बर्ष देखि उज्यालो नेपाल अभियानलाई सफल पार्ने उदेश्य संगै विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।विभिन्न रचनात्मक कार्यक्रमहरु मध्ये नेपाल बिधुत प्राधिकरण उदयपुर बितरण केन्द्रले आज पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो । उक्त रक्तदान कार्यक्रममा प्राधिकरणका कर्मचारी ,सेबाग्राही ,शिक्षक ,उधोगी ब्यबसायी लगायत २४जनाले रक्त दान गरेका थिय । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस उदयपुरको प्राबिधिक सहयोगमा भएको थियो ।...
नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा रक्तदान

नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा रक्तदान

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २५ ।  नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार उदयपुरको गाईघाटस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको भवनमा यो कार्यक्रम आयोजना गरिएको थियो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गाईघाट, उदयपुरले आयोजना गरेको यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उदयपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो। वार्षिकोत्सवको अवसरमा आयोजित यस रक्तदान कार्यक्रमले समाजप्रतिको उत्तरदायित्व र मानवीय सेवाको भावना प्रतिबिम्बित गरेको छ। यस्ता कार्यक्रमहरूले रगतको आपूर्तिमा योगदान पुर्‍याउनुका साथै सामाजिक एकता र सहयोगको भावना बढाउन मद्दत गर्छन्। नेपाल विद्युत प्राधिकरणले आफ्नो वार्षिकोत्सवलाई यसरी सामाजिक कार्यमा जोड्नु सराहनीय कदम हो।...
नेपालमा १८ वर्षमुनिका बालबालिकाको जनसंख्या करिब १ करोड

नेपालमा १८ वर्षमुनिका बालबालिकाको जनसंख्या करिब १ करोड

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ ।  राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार नेपालमा १८ वर्षमुनिका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५८३ रहेको छ। यो कुल जनसंख्याको ३३.८ प्रतिशत हो। तथ्यांक अनुसार बालबालिकामध्ये बालकको संख्या बढी छ। कुल बालबालिकामध्ये ५१.८ प्रतिशत बालक र ४८.२ प्रतिशत बालिका रहेका छन्। यद्यपि, कुल जनसंख्यामा भने महिलाको संख्या पुरुषको तुलनामा ६.५ लाखले बढी देखिएको छ। उमेर समूहअनुसार १० देखि १४ वर्षका बालबालिकाको संख्या सबैभन्दा बढी छ, जुन कुल बालबालिकाको २९.५ प्रतिशत हो। त्यसपछि क्रमशः ५ देखि ९ वर्ष, ४ वर्षमुनि र १५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्या रहेको छ।...
संसदीय समितिले कुलमान घिसिङमाथि छानबिन गर्न ४ वर्षअघि नै निर्देशन दिएको खुलासा

संसदीय समितिले कुलमान घिसिङमाथि छानबिन गर्न ४ वर्षअघि नै निर्देशन दिएको खुलासा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ ।  संसदको सार्वजनिक लेखा समितिले चार वर्षअघि नै नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको खुलासा भएको छ। समितिले २०७७ चैत २२ मा डेडिकेटेड र ट्रंक लाइन सम्बन्धमा राजस्व लापरबाही गरेको भन्दै छानबिनको निर्देशन दिएको थियो। डा. मिनेन्द्र रिजाल संयोजकत्वको उपसमितिले गरेको अध्ययनले घिसिङले नौ महिनासम्म महत्त्वपूर्ण प्रतिवेदन लुकाएको र नियम विपरीत छुट बिल काटेको निष्कर्ष निकालेको थियो। उपसमितिको अध्ययनले प्राधिकरणमा गम्भीर कमजोरीहरू फेला पारेको थियो। यसमा समयमा बिलिङ नगरेको, टीओडी मिटरको डेटा नियमित डाउनलोड नगरेको, र विद्युत् उपयोग गरेको समयावधिलाई वैज्ञानिक पुष्टि गर्न नसकेको जस्ता विषयहरू समावेश छन्। हालका समिति सभापति ऋषिकेश पोखरेलले यो विषयमा समिति गम्भीर रहेको र भए गरेका कामबारे...
चीनमा १००० किमी प्रतिघण्टा गतिको रेल परीक्षण सफल

चीनमा १००० किमी प्रतिघण्टा गतिको रेल परीक्षण सफल

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ । चीनले नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीको सफल परीक्षण गरेको छ। सान्जी प्रान्तमा गरिएको यस परीक्षणमा रेलले प्रतिघण्टा १००० किलोमिटरको गति हासिल गरेको छ। चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेडले साङ्जीसँग मिलेर गरेको यो परीक्षणमा रेलको नियन्त्रण प्रणाली, सस्पेन्सन र सुरक्षित रोक्ने प्रणाली सफल भएको चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनले जनाएको छ । म्याग्लेभ प्रविधिमा आधारित यो रेल चुम्बकीय शक्तिद्वारा सञ्चालित हुन्छ। परीक्षणले लामो दूरीको यात्रा, मर्मत, कम हावाको चापमा प्रणालीको कार्यक्षमता र अन्य प्रमुख प्रविधिहरूको प्रदर्शनलाई पनि सफल देखाएको छ। यो प्रणाली भविष्यमा चीनका ठूला शहरहरू बीचको यातायातका लागि प्रयोग गर्न सकिने र यसले बेइजिङदेखि सांघाईसम्मको यात्रा लगभग डेढ घण्टामा पूरा गर्न सक्ने अनुमान गरिएको छ।...
उदयपुरमा झुण्डिएको अवस्थामा पूरुष मृत फेला

उदयपुरमा झुण्डिएको अवस्थामा पूरुष मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ । खोटाङ घर भएका एक पूरुष उदयपुरमा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ बिजयखर्क बस्ने ४२ वर्षीय नविन ढुंगाना हुन्। उनको शव त्रियुगा नगरपालिका जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको मुल गेटपूर्व रहेको पिपलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईले जानकारी दिए। ढुंगाना केही वर्षयता परिवारसहित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ मा बसोबास गर्दै आएका थिए। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको उदयपुर डिएसपी चपागाईले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
आदिवासीहरूको हकहित र समानताका लागि राज्यको लगानी आवश्यक : सभामुख बिष्ट

आदिवासीहरूको हकहित र समानताका लागि राज्यको लगानी आवश्यक : सभामुख बिष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २५ । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासीहरूको हकहित र समानताका लागि राज्यले लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सभामुख बिष्टले नेपाललाई बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचान भएको मुलुकको रूपमा चित्रण गर्दै आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला, सभ्यता र भेषभूषालाई राष्ट्रिय सम्पत्तिको रूपमा व्याख्या गरे। उनले यी मौलिक पहिचानहरूको संरक्षण गर्नुपर्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिए। बिष्टले आदिवासी समुदायका लागि सहज, सरल र विकसित समाज निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आदिवासीका हक, अधिकार र पहिचानको रक्षाका लागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे। यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि अधिकारका लागि महान् अन्तर्राष्ट्र...