Saturday, May 2News That Matters

Author: पूर्णपुष्टि खबर

काठमाडौं महानगरपालिका नजिक सडक भासिँदा आवागमन प्रभावित

काठमाडौं महानगरपालिका नजिक सडक भासिँदा आवागमन प्रभावित

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ ।  काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको छ। महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको महानगर प्रहरीले जानकारी दिएको छ। भासिएको सडक दरबारमार्गलाई जोड्ने महत्त्वपूर्ण मार्ग हो। यो सडक टुकुचा खोलामाथि निर्माण गरिएको थियो। प्रहरीका अनुसार सडक भासिएपछि हिजो रातिदेखि नै उक्त बाटो पूर्ण रूपमा बन्द गरिएको छ।...
सिक्किममा गएको भुकम्पको धक्का नेपालसम्म महसुस

सिक्किममा गएको भुकम्पको धक्का नेपालसम्म महसुस

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ ।  भारतीय राज्य सिक्किममा शुक्रबार बिहान ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु सिक्किमको सोरेङ आसपास रहेको थियो। स्थानीय समयअनुसार शुक्रबार बिहान ६ बजेर ५७ मिनेटमा गएको यस भूकम्पको उद्गम बिन्दुको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ। भूकम्पको धक्का सिक्किमका साथै दार्जीलिङ र पश्चिम बंगालका केही जिल्लाहरूमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। भूकम्पको धक्का धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो ।...
देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ। आज बिहानदेखि नै देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको ...
कटारीमा ३०औं विश्व आदिवासी दिवस मनाइँदै

कटारीमा ३०औं विश्व आदिवासी दिवस मनाइँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २५ । उदयपुरको कटारी नगरपालिकामा आज (शुक्रबार) अगष्ट ९ तारिख ३०औं विश्व आदिवासी दिवस धुमधामका साथ मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीले यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। परिषदका अध्यक्ष डिकबहादुर श्रेष्ठका अनुसार दिवसको अवसरमा विभिन्न जातजातिहरुको झाँकीसहित नगर परिक्रमा गरिनेछ। त्यसपछि महासंघको हलमा शुभकामना आदान-प्रदान कार्यक्रम हुनेछ। यस वर्षको दिवस "संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर" र "प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर" भन्ने नाराका साथ मनाइँदैछ। परिषदका सचिव राजिव तामाङले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो। आयोजकले आदिवासी जनजातिहरुलाई आफ्नो हक अधिकारका बारेमा सचेत हुन कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। उदयपुरको ताप्ली गाउँ...
बंगलादेशमा नोबेल विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन

बंगलादेशमा नोबेल विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २५ । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रूपमा शपथ लिएका छन्। युनुसले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद तथा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन समावेश छन्। सरकारी रोजगारीमा रहेको कोटाविरुद्ध विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडेपछि, सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए। विद्यार्थी नेताहरूले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारेका थिए। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफलपछि संसद भंग गर्नुका साथै युनुसलाई अन्तरिम सरकार बनाउने जिम्मेवारी दिएका थिए।...
दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा

दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। यी कम्पनीहरुमा भारतको देहरादूनस्थित भारत कन्स्ट्रक्सन प्रमुख रहेको छ। सडक विभाग अन्तर्गतको गाईघाट दिक्तेल सडक योजना उदयपुरको सिफारिसमा भारत कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो। राजीव गर्ग यस कम्पनीका मुख्य व्यक्ति हुन्। कालोसूचीमा परेका अन्य कम्पनीहरुमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि, देवनारायण पवनरमैनाचुलीरखम्पाचे जेभी, एडभेन्चर कन्स्ट्रक्सन प्रालि, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि, बराह निर्माण सेवा र सुवास निर्माण सेवा लगायत रहेका छन्। काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन्। कालोसूचीमा परेका कम्पनीहरुले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।...
आज कोशी प्रदेशमा सार्वजनिक बिदा

आज कोशी प्रदेशमा सार्वजनिक बिदा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २५ । आज कोशी प्रदेश सरकारले प्रदेश भरी नै सार्वजनिक बिदा दिएको छ । कोशी प्रदेश सरकारले आदिवासी जनजाति दिवसको अवसरमा आज (शुत्रबार) सार्वजनिक बिदा दिएको हो । बिहिबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीका अनुसार दिवसको अवसरमा आज एक दिन सर्वजनिक बिदा दिने निर्णय गरिएको छ ।...
आज नागपञ्चमी: परम्परा र विश्वासको उत्सव

आज नागपञ्चमी: परम्परा र विश्वासको उत्सव

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ ।  आज श्रावण शुक्ल पञ्चमीका दिन देशभर नागपञ्चमी पर्व धुमधामका साथ मनाइँदैछ। यो पर्व हिन्दू धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने चाड हो, जसमा नागको पूजा गरिन्छ। परम्पराअनुसार आजको दिन घरको मूल ढोकामा नागको चित्र टाँसिन्छ, जसले वर्षभरि घरलाई नाग, सर्प र अन्य विषालु जीवहरूबाट सुरक्षित राख्ने विश्वास गरिन्छ। नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरी, टौदह र भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। यहाँ श्रद्धालुहरूले नागलाई दूध, खीर, रोटी जस्ता प्रसादहरू चढाउँदै पूजा गर्दैछन्। यस दिन खेतबारीमा खनजोत गर्न र घस्रने जनावरहरूलाई हानी पुर्‍याउन नहुने मान्यता रहेको छ। वैज्ञानिकहरूका अनुसार, नाग र सर्पहरूले प्रकृतिमा भएका विषालु पदार्थहरूलाई शोषण गरी वातावरणलाई सन्तुलित राख्न मद्दत गर्छन्, जसले गर्दा प्राचीन ऋषिमुनिहरूले य...
धरान उपमहानगरपालिकाद्वारा बढाइएको खानेपानी महसुल विरोधमा प्रदर्शन

धरान उपमहानगरपालिकाद्वारा बढाइएको खानेपानी महसुल विरोधमा प्रदर्शन

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ ।  धरान उपमहानगरपालिकाले बढाएको खानेपानी महसुल तथा शुल्कविरुद्ध नाराबाजी भएको छ। उपमहानगर कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गर्न खोज्दा प्रहरीसँग केही धकेलाधकेल भएको थियो, जसमा एक प्रहरी कर्मचारीको औंलामा चोट लागेको छ। करीब २०० जना प्रदर्शनकारीहरू उपमहानगरपालिका कार्यालयबाहिर नारा लगाइरहेका छन्। इलाका प्रहरी कार्यालय धरानका डीएसपी मानबहादुर राईका अनुसार प्रदर्शनकारीहरू उपमहानगर कार्यालयमा प्रवेश गर्ने क्रममा प्रहरीसँग केही झडप भएको थियो। तर अहिले स्थिति नियन्त्रणमा रहेको उनले बताए। बिहीबार मात्र प्रदर्शनकारीहरूले उपमहानगर कार्यालय अगाडि धर्ना दिएका थिए। १० राजनीतिक दलले मिलेर सोमबार धरानका विभिन्न स्थानमा खानेपानी महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका थिए। उपमहानगरका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्न महसुल बढाएको बताएका थिए। तर विपक्षी दलहरूले यसैविरु...
रुस-युक्रेन युद्धमा मारिएका पाँच जनाको अस्थि पशुपतिमा सेलाईयो

रुस-युक्रेन युद्धमा मारिएका पाँच जनाको अस्थि पशुपतिमा सेलाईयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । रुस-युक्रेन युद्धमा मारिएका पाँच जना नेपालीको अस्थि नेपाल आइपुगेको छ। रुसी सेनामा भर्ना भएर युद्धमा संलग्न रहेका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, स्याङ्जाका हरिप्रसाद अर्याल, स्याङ्जाका गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल ल्याइएको हो। यो घटना रुस-युक्रेन युद्धमा मारिएका नेपालीहरूको अस्थि नेपाल आइपुग्ने पहिलो घटना हो। बुधबार रुसबाट आएको मृतकको अस्थि मृतकका परिवारले बुझेका छन्। बिहीबार सामूहिक रुपमा अस्थि पशुपतिको आर्यघाटमा सम्मान गरिएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिए। नेपाल सरकारले रुसी सेनामा भर्ना भएका ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तर मृतक परिवारले यो संख्या धेरै भएको बताएका छन्।...