Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक विदेशी नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । त्रिभुवन विमानस्थल विमानस्थलबाट लातभियाका एक नागरिकलाई प्रतिबन्धित लागूपदार्थ कोकिनसहित नियन्त्रणमा लिएको छ। कतार एयरवेजको विमानबाट बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई ६ किलो २४ ग्राम कोकिनसहित नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरिएको हो। बरामद कोकिनको नेपाली बजार मूल्य २१ करोड ८ लाख रुपैयाँभन्दा बढी हुने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। यसअघि पनि विभिन्न समयमा विदेशी नागरिकहरूलाई कोकिनसहित पक्राउ गरिएको थियो। असार ६ मा ४ जना विदेशी नागरिकलाई ४ किलो ५०४ ग्राम कोकिनसहित पक्राउ गरिएको थियो।...
वैदेशिक रोजगारको सपना देखाएर ठगी गर्ने गिरोह पक्राउ

वैदेशिक रोजगारको सपना देखाएर ठगी गर्ने गिरोह पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । काठमाडौंका बिचौलियाहरूले कतार, साउदी अरब, युएई र कुवेतमा काम गर्न पाइने सपना देखाएर ठगी गरेको घटनामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। सिराहाका ३२ वर्षीय गुनेशकुमार ठाकुरले साउदी-कतारमा काम गर्न पठाइदिने भन्दै १ करोड ९७ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ परेका हुन्। उनको निवास ललितपुरको इमाडोल रहेको प्रहरीले जानकारी दिएको छ। ठाकुरविरुद्ध वैदेशिक रोजगार विभागमा ८५ जनाले उजुर गरेका छन्। प्रहरीको खोजी सूचीमा रहेका ठाकुर बैंकिङ र ठगीसम्बन्धी ८ वटा कसुरमा फरार रहेको पाइएको छ। उनले 'ओम इन्टरनेशनल' मेनपावरको कर्मचारी भएको दाबी गरेर पीडितहरूसँग रकम असुलेको पाइएको छ। वैदेशिक रोजगारीको नाममा गरिएको ठगीले एक वर्षमा ६४ करोड १२ लाख भन्दा बढी क्षति पुर्याएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। कारबाहीका क्रममा प्रहरीले एक वर्षमा ३४८ जनालाई पक्राउ ग...
कोशी अस्पतालबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ

कोशी अस्पतालबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । कोशी अस्पतालबाट उपचारको क्रममा भागेका जबरजस्ती करणी मुद्दाका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन १७ गते शौचालय जाने क्रममा भागी फरार रहेका मोरङको बिराटनगर महानगरपालिका-८ का २४ वर्षीय मोहम्मद अहमदलाई बिहिबार पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठका अनुसार असार १५ गते पेट दुख्ने समस्या भई कोशी अस्पताल लगिएका अहमद अस्पतालबाट भागी फरार रहेका थिए। उनलाई मोरङको जहदा गाउँपालिका-१ तारेगामा स्थित नेपाल-भारत सीमा क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकी जिल्ला कारागार मोरङमा २०७९ साल फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका अहमदको आवश्यक थप अनुसन्धा...
जापानमा शक्तिशाली ७ रिक्टर स्केल भूकम्प, सुनामीको चेतावनी जारी

जापानमा शक्तिशाली ७ रिक्टर स्केल भूकम्प, सुनामीको चेतावनी जारी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ ।  जापानको दक्षिणपश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७ रिक्टर स्केलको भूकम्पले विनाशक सुनामी ल्याउने चेतावनी जारी गरिएको छ। भूकम्पको केन्द्र मियाजाकी प्रान्तमा रहेको अधिकारीहरूले बताएका छन्। त्यस क्षेत्रमा र छिमेकी कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको उनीहरूले जनाएका छन्। सरकारी समाचार संस्था एनएचेकका अनुसार भूकम्पको क्षतिको विवरण भने अझै प्राप्त भएको छैन। गत वर्ष जनवरीमा इशिकावामा भएको ७.६ रिक्टर स्केलको भूकम्पमा कम्तीमा ४८ जनाको ज्यान गएको थियो। जापानमा भूकम्पको तीव्रता मापन प्रणाली अन्य देशहरूभन्दा फरक छ। यहाँ जमिनको कम्पनका आधारमा १ देखि ७ नम्बर मान दिइन्छ।...
कांग्रेस महामन्त्री शर्माको संशोधित प्रतिवेदनमा चुनावी गठबन्धन अनुपयुक्त

कांग्रेस महामन्त्री शर्माको संशोधित प्रतिवेदनमा चुनावी गठबन्धन अनुपयुक्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा पेश गरेको आफ्नो समसायिक राजनीतिक प्रतिवेदनमा संशोधन गरेका छन्। उनले चुनावी गठबन्धन अनुपयुक्त भएको उल्लेख गरेका छन्। महासमितिको फागुन २०८० को बैठकमा चुनावअघि गठबन्धन गर्नेबारे चर्को बहस भएको थियो। महामन्त्री गगनकुमार थापाले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव राखे भने प्रमुख शेरबहादुर देउवा यसको विपक्षमा रहे। महामन्त्री शर्माले भने चुनावी गठबन्धनको उपयुक्तता समयमा निर्णय लिनुपर्ने तर्क गरेका थिए। उनले अहिलेको संशोधित प्रतिवेदनमा चुनावी गठबन्धन अनुपयुक्त भएको उल्लेख गरेका छन्। शर्माका अनुसार, एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको छ। साथै उनले कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह अस्वीकार गरेको पनि उल...
सेयर बजारमा २० अर्ब कारोबार, नेप्से परिसूचक ६.७ अंकले बढ्यो

सेयर बजारमा २० अर्ब कारोबार, नेप्से परिसूचक ६.७ अंकले बढ्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ ।  साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ। यो अघिल्लो दिनको १७ अर्ब ९५ करोडभन्दा झण्डै २ अर्ब बढी हो। यस दिन नेप्से परिसूचक ६.७ अंक बढेर २७६६ अंकमा पुगेको छ। कूल ७९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत अवस्थाहेर्दा उत्पादन समूह सबैभन्दा बढी, अर्थात् ५.८७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूह घटे भने लगानी, हाइड्रोपावर, निर्जीवन बीमा र व्यापार समूह बढे। कुल ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावर यिनै हुन्। एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ८ प्रतिशत घट्यो भने आरम्भ चौतारी लघुवित्त, ...
मिटरब्याजी द्वारा हडपिएका जग्गा पीडितहरुलाई फिर्ता

मिटरब्याजी द्वारा हडपिएका जग्गा पीडितहरुलाई फिर्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । मोरङको विराटनगर-१८ लावाघाट र दमादिगीका आधा दर्जनभन्दा बढी व्यक्तिको जग्गा मिटरब्याजी सुनिल साहको कब्जामा परेको अवस्थामा उक्त जग्गाहरू आइतबार उनीहरूलाई फिर्ता गरिएको छ। ५८ वर्षीय महेशलाल मण्डलले सुनिलसँग धितो राखेर लिएको कर्जा असाध्यै ठूलो बोझ बनेको र उक्त कारण नै उनको १५ दिन पहिले मृत्यु भएको उनकी श्रीमती सुमित्रा देवी बताउँछिन्। तर, महेशलालको मृत्युअघि नै उनको जग्गा सुनिलले फिर्ता गराएका छन्। लक्ष्मी साहसहित ६ जना पीडितहरूले गत आइतबार आफ्नो जग्गा फिर्ता पाए। जग्गा फिर्ता पाएर लक्ष्मी अत्यन्त खुसी छिन्। उनले भनिन्, "८ वर्षपछि मिटरब्याजीले हडपेको घरसहितको १७ धुर जग्गा मेरो नाममा आएको छ।" जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहका अनुसार अहिलेसम्म १ सय १० जना पीडितलाई जग्गा र पाउने पैसा फिर्ता गरिएको छ। ९० वटा अन्य निवेदन अदालत पठाउने तया...
कानुन समितिद्वारा संक्रमणकालीन न्याय विधेयक सर्वसम्मत पास

कानुन समितिद्वारा संक्रमणकालीन न्याय विधेयक सर्वसम्मत पास

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ ।  प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ। बुधबार बसेको समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो। यस विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिका आधारमा कानुन समितिले प्रस्ताव पेश गरेको थियो। छलफलपछि समितिले विधेयक सर्वसम्मत पारित गरेको घोषणा गर्दै प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरेको छ। संसदको बैठक २९ साउनलाई तोकिएको छ।...
हवाई सुरक्षा मापदण्डको स्वतन्त्र छानबिन गर्न संसदीय समितिको निर्देशन

हवाई सुरक्षा मापदण्डको स्वतन्त्र छानबिन गर्न संसदीय समितिको निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । संघीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भएरनभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार समितिको बैठकमा सरोकारवालासँग छलफल पछि समिति सभापति राजकिशोर यादवले मन्त्रालयलाई १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको जानकारी दिए। समितिले नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अहिलेसम्मका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित प्रतिवेदनहरू उपलब्ध गराउन निर्देशन दिएको छ। यस्तै समितिले हवाई सुरक्षासम्बन्धी पूर्वका निर्देशनहरूको कार्यान्वयन अवस्था, नेपाल हवाई नीति २०६३ को कार्यान्वयन स्थिति र नेपाल नागरिक उड्डयन प्राधिकर...
यूएईमा नेपालीको व्यवहारप्रति दूतावास चिन्तित, सभ्य आचरण कायम राख्न आग्रह

यूएईमा नेपालीको व्यवहारप्रति दूतावास चिन्तित, सभ्य आचरण कायम राख्न आग्रह

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ। साउन २२ गते जारी गरिएको सूचनामा दूतावासले त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ। यूएईका सम्बन्धित निकायले नेपालीहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको जानकारी दूतावासलाई दिएको उल्लेख छ। यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने र दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने घटनाहरू भएको दूतावासले जनाएको छ। सूचनामा उल्लेख भए अनुसार यूएई सरकारका तर्फबाट ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूले दिएको जानकारीका आधारमा यूएई प्रहरीले केही नेपालीहरूलाई कारबाही समेत गरेको छ। दूतावासले यूएईमा बस्ने सम...