Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

१३५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

१३५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा प्रहरीले १३५ किलोग्राम गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार दिउँसो इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले चेकजाँचका क्रममा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ३८०८ नम्बरको मिनि ट्रकबाट उक्त गाँजा बरामद गरेको हो। प्रहरीले ट्रक चालक शहिदभूमि गाउँपालिका-५ का २८ वर्षीय भूमिराज राईलाई पनि नियन्त्रणमा लिएको छ। गाँजासहित पक्राउ परेका चालकमाथि जिल्ला प्रहरी कार्यालय धनकुटामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
प्रहरी बनेर रकम असुल्ने युवक पक्राउ

प्रहरी बनेर रकम असुल्ने युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । रौतहटमा सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका १ का २४ वर्षीय रमेश साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले नियन्त्रणमा लिएको हो। साहले सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासी समेत गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। चेकजाँचको क्रममा साहको झोलाबाट सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाक समेत बरामद भएको छ। प्रहरीले उनीमाथि अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।...
कांग्रेसको आन्तरिक किचलोले कोशी प्रदेशमा मन्त्री छनोट अलमलमा

कांग्रेसको आन्तरिक किचलोले कोशी प्रदेशमा मन्त्री छनोट अलमलमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २४ । कोशी प्रदेशमा कांग्रेसले मन्त्री छनोट गर्न नसकेको एक महिना बितिसकेको छ। केन्द्रमा गठबन्धन सरकार बनेको र अन्य प्रदेशमा मन्त्री पठाइसकेको अवस्थामा कोशी प्रदेशमा भने कांग्रेसको आन्तरिक किचलोका कारण मन्त्री छनोट प्रक्रिया अलमलमा परेको छ। गत असार १७ गतेको सहमति अनुसार केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन सरकार गठन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते २१ जना मन्त्री नियुक्त गरे, जसमा कांग्रेसका तर्फबाट १० जना मन्त्रीले एकैपटक शपथग्रहण गरेका थिए। तर केन्द्रमा मन्त्री पठाउन फटाफट निर्णय गरेको कांग्रेस कोशी प्रदेशमा भने मन्त्री पठाउनै सकेको छैन। कांग्रेसले मन्त्री पठाउन नसक्नुको प्रमुख कारण पार्टीको आन्तरिक शक्ति सङ्घर्ष रहेको जनाइएको छ। कांग्रेसका केही नेताहरूले पार्टी सभापति र केन्द्रीय नेताहरूले प्रदेशमा कम चासो दिएका कारण सरकारमा पठाउने नाम दिन ढिला भएको दाब...
सरकारी कार्यालयमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

सरकारी कार्यालयमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई 'लामखुट्टे खोज र नष्ट गर' अभियान सञ्चालन गर्न आग्रह गरेको छ। डेङ्गीको सङ्क्रमण बढेपछि यो कदम चालिएको हो। मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै यो अभियान सञ्चालन गर्न आग्रह गरिएको छ। गत वर्ष पनि डेङ्गी सङ्क्रमण बढेपछि यस्तै अभियान सञ्चालन गर्न निर्देशन दिइएको थियो। मन्त्रालयले कार्यालयहरूलाई डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए। अस्पतालहरूलाई परिसरमा 'डेङ्गी डेस्क' स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पनि निर्देशन दिइएको छ। उनले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्...
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थी चिकित्सा शिक्षा प्रवेश परीक्षाबाट वञ्चित हुने संकट

कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थी चिकित्सा शिक्षा प्रवेश परीक्षाबाट वञ्चित हुने संकट

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । कक्षा १२ को नतिजामा 'एनजी' (नन ग्रेडेड) प्राप्त गरेका विद्यार्थीहरू चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाबाट वञ्चित हुने संकट उत्पन्न भएको छ। आयोगले भदौं १ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ, तर 'एनजी' आएका विद्यार्थीहरूले यो परीक्षा दिन नपाउने स्थिति सिर्जना भएको छ। चिकित्सा शिक्षा आयोगले गत जेठ २८ गते प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरेको थियो, जसमा ५१ हजारभन्दा बढी विद्यार्थीले फाराम भरेका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले साउन १८ गते मात्र कक्षा १२ को नतिजा सार्वजनिक गरेपछि समस्या उत्पन्न भएको हो। दुई विषयमा 'एनजी' आएका एक लाख २७ हजार विद्यार्थीमध्ये १७ हजारले पुनर्योगका लागि आवेदन दिएका छन्। विद्यार्थीहरू पुनर्योगको नतिजा नआउँदै प्रवेश परीक्षा हुने भएकोले चिन्तित छन्। उनीहरूले तिरेको परीक्षा शुल्क खेर जाने र भविष्यमा गम्भीर असर पर्...
कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २४ ।  मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकोले देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश...
वीरेन्द्रनगरमा ३२ विद्यार्थी सवार स्कुल बस दुर्घटना

वीरेन्द्रनगरमा ३२ विद्यार्थी सवार स्कुल बस दुर्घटना

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  वीरेन्द्रनगरमा एक स्कुल बस दुर्घटनामा परेको छ। डिभी निकेतन स्कुलका विद्यार्थीहरू बोकेको बस वीरेन्द्रनगर नगरपालिका-८ स्थित इत्राम खोलामा चिप्लिएर पल्टिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए र स्कुल बिदा भएपछि घर फर्किँदै गर्दा यो दुर्घटना भएको हो। केही विद्यार्थीहरू घाइते भएको जानकारी प्राप्त भएको छ, तर घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले बताएको छ।...
हेटौंडामा अनलाइन ठगी धन्दा चलाउने ९ भारतीय नागरिक पक्राउ

हेटौंडामा अनलाइन ठगी धन्दा चलाउने ९ भारतीय नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  हेटौंडामा अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित एक फ्ल्याटमा छापा मारी यी व्यक्तिहरूलाई पक्राउ गरेको हो। मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालका अनुसार 'मेडिअसिष्ट' नामक कम्पनी दर्ता गरी कार्यालय सञ्चालन गरेर अनलाइन ठगी गर्ने गरेको पाइएको छ। यो कम्पनी १० फागुन २०८० मा दर्ता भएको थियो। कम्पनीले सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर, सट्टेबाजी खेलाएर, क्रिप्टोकरेन्सीको काम गरेर र उपहार वा पार्सलको बहानामा अनलाइन ठगी गर्ने गरेको खुलेको छ। पक्राउ परेकाहरूमा नवनित कुमार, शाहरुख खान, कुन्दन कुमार, आशिष कब्डौला, विशाल कक्कड, लोकेशकुमार दुवे, विकासकुमार सिंह, अरुण कुमार र कुनाल शर्मा रहेका छन्। यी सबै भारतका विभिन्न राज्यका नागरिक हुन्। प्रहरीका अनुसार यी व्यक्तिहरू ...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : क्याप्टेन सहित ५ जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : क्याप्टेन सहित ५ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन सहित सवार ५ जनाको मृत्यु भएको छ । बुधबार हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सहित ५ जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् । हेलिकप्टर दुर्घटनामा परी हेलिकप्टर क्याप्टेन अरुण मल्ल, चिनियाँ पर्यटकहरूमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को मृत्यु भएको प्रहरीले जनाएको छ ।...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: पाँच जना सवार, चार जनाको शव फेला

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: पाँच जना सवार, चार जनाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन-एजेडी कल साइन भएको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ। बुधबार नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। उनीसहित हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए। चिनियाँ पर्यटकहरूमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन्। दुर्घटनापछि गरिएको उद्धार कार्यमा हालसम्म चार जनाको शव फेला परेको बताइएको छ। एक जनाको खोजी कार्य जारी रहेको छ।...