Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

रसुवाबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

रसुवाबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  रसुवाको स्याफ्रुबेसीबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले यस दुर्घटनाको पुष्टि गरेका छन्। एसपी कोइरालाका अनुसार दुर्घटना स्थलमा सुरक्षाकर्मीको ठूलो टोली पुगेर उद्धार कार्य जारी राखेको छ। दुर्घटनास्थलमा आगलागी भइरहेको र उद्धार कार्य चलिरहेको जानकारी दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। यस दुर्घटनामा कति यात्रु सवार थिए र मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन। उद्धार कार्य जारी रहेकोले थप विवरण आउन बाँकी रहेको छ।...
आँप बगैँचा फडानी गरी सौर्य प्लान्ट स्थापना गर्ने योजना, किसानहरु विभाजित

आँप बगैँचा फडानी गरी सौर्य प्लान्ट स्थापना गर्ने योजना, किसानहरु विभाजित

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा रहेको ८० बिघा आँपको बगैँचा फडानी गरेर सौर्य प्लान्ट स्थापना गर्ने योजनाले स्थानीय किसानहरुलाई विभाजित बनाएको छ। काठमाडौंको जन्दादेवी सोलार प्रालिले ५० मेगावाट क्षमताको सौर्य विद्युत उत्पादन गर्ने योजनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको छ। कम्पनीले किसानहरुसँग वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सम्झौता गरेको छ। जलस्रोत तथा सिँचाइ विभाग र स्थानीय वडा कार्यालयले उक्त जग्गा सिँचाइयोग्य नरहेको प्रमाणित गरिदिएको छ। तर यस योजनाले स्थानीय किसानहरुलाई विभाजित बनाएको छ। केही किसानहरु आँप खेतीमा हुने क्षति र सरकारी राहतको अभावका कारण सौर्य प्लान्टलाई जग्गा दिन बाध्य भएको बताउँछन्। अर्काथरि किसानहरु भने आँप खेती स्थानीय पहिचान भएकोले यसलाई ज...
बंगलादेशको राजनीतिक उथलपुथलले नेपाल-बंगलादेश ऊर्जा व्यापार सम्झौता अनिश्चित

बंगलादेशको राजनीतिक उथलपुथलले नेपाल-बंगलादेश ऊर्जा व्यापार सम्झौता अनिश्चित

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  बंगलादेशमा हालै उत्पन्न राजनीतिक संकटका कारण नेपाल र बंगलादेशबीचको प्रस्तावित ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार पछिल्लो घटनाक्रमले गर्दा पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि स्थगित गरिएको छ। साउनको दोस्रो साता नेपाल र बंगलादेशबीच बिजुली खरिद-बिक्री सम्बन्धी सम्झौता हुने तयारी थियो। तर बंगलादेशमा आन्दोलनले उग्र रूप लिँदै जाँदा यो सम्झौता पछाडि धकेलिएको थियो। सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि नेपालसँगको ऊर्जा सम्झौताको भविष्य अनिश्चित बनेको हो। प्रवक्ता सिंहले राजनीतिक परिवर्तन भए पनि बंगलादेशको स्थायी सरकारसँग नियमित सम्पर्क भइरहेको र शान्त वातावरण बनेपछि प्रक्रिया पुनः अगाडि बढाइने बताए। पछिल्लो तयारी अनुसार यसै साता दुई देशबीच ऊर्जा खरिद-बिक्री सम्झौता हुने योजना थियो। बंगलादेश...
देशभर वर्षाको सम्भावना, केही स्थानमा मुसलधारे वर्षाको चेतावनी

देशभर वर्षाको सम्भावना, केही स्थानमा मुसलधारे वर्षाको चेतावनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ । जल तथा मौसम विज्ञान विभागले आज साउन २३ गते देशभर मनसुनी वायुको प्रभाव रहेको र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकोले देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। विभागका अनुसार कोशी, मधेश, वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहने र धेरैजसो प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। मौसम विभागले कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली र...
टीआरसी विधेयक कार्यदलद्वारा प्रतिवेदन पेश

टीआरसी विधेयक कार्यदलद्वारा प्रतिवेदन पेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ । संक्रमणकालीन न्यायसम्बन्धी लामो समयदेखि विवादित रहेको टीआरसी (सत्य, मेलमिलाप तथा आयोग) विधेयकमा सहमति जुटेको छ। विधेयकका विवादित मुद्दाहरूमा सहमति जुटाउन गठित कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ। सिंहदरबारमा आयोजित एक कार्यक्रममा यो प्रतिवेदन प्रस्तुत गरिएको छ। कार्यदलले एक हप्ता अघि नै राजनीतिक दलहरूसँग समन्वय गरी विवादित विषयहरूमा सहमति जुटाएको थियो। गत बिहीबार तीन प्रमुख दलका नेताहरू कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा सबै विवादित विषयहरूमा सहमति भएको थियो। द्वन्द्वकालीन हत्याको परिभाषा सम्बन्धी लामो समयदेखि चलिआएको विवाद समाधान भएपछि यो सहमति सम्भव भएको हो। मनसायपूर्वक वा स्वेच्छाचारीपूर्वक गरिएका हत्याहरूलाई मानवअधिकारको गम्भीर उल्लंघनको श्रेणीमा राख्ने सहमति भएको छ। साथै, मानवअधिकार उल्लंघन...
रौतहटमा नदीमा डुबेर बेपत्ता युवकको शव ४ किलोमिटर टाढा फेला

रौतहटमा नदीमा डुबेर बेपत्ता युवकको शव ४ किलोमिटर टाढा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ ।  रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक युवकको शव ४ किलोमिटर टाढा फेला परेको छ। परोहा नगरपालिका ४ का १६ वर्षीय सचिन कुमार राय गत आइतबार अपराह्न ४ बजे नदीमा नुहाउँदा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटका १० जनाको टोलीले लगातारको खोजी अभियानपछि मंगलबार साँझ युवकको शव फेला पारेको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...
करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २३ गते । मोरङको जहदा गाउँपालिका–५ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको थियो । यस घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
कक्षा १२ को नतिजामा सुदूरपश्चिम सबैभन्दा कमजोर

कक्षा १२ को नतिजामा सुदूरपश्चिम सबैभन्दा कमजोर

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २३ ।  राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ। यस प्रदेशबाट परीक्षा दिएका विद्यार्थीमध्ये ६०.५७ प्रतिशत विद्यार्थीको नतिजा 'नन ग्रेडेड' (एनजी) आएको छ। सुदूरपश्चिम प्रदेशबाट ३५,६२८ विद्यार्थीले परीक्षा दिएकोमा केवल १४,०४६ जना मात्र उत्तीर्ण भएका छन्। यस प्रदेशबाट उच्च जीपीए (३.६ देखि ४.०) प्राप्त गर्ने विद्यार्थीको संख्या जम्मा १२१ रहेको छ। सुदूरपश्चिमपछि कर्णाली प्रदेश दोस्रो कमजोर देखिएको छ, जहाँ ५९.२४ प्रतिशत विद्यार्थी फेल भएका छन्। त्यसपछि क्रमशः कोशी, मधेस, लुम्बिनी, गण्डकी र बागमती प्रदेश रहेका छन्। यो समस्याको कारण बारे पूर्व सचिव डा. लवदेव अवस्थीले राज्यको ध्यान नपुगेको, शिक्षकको कमी, विकट भूगोल र गरिबी जस्ता कारणहरू औंल्याएका छन्। उनले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई सुधार गर्नुपर्ने आवश...
काभा वुमन्स नेसन्स लिग भलिबल: आज नेपाल र भारतबीच रोमाञ्चक फाइनल

काभा वुमन्स नेसन्स लिग भलिबल: आज नेपाल र भारतबीच रोमाञ्चक फाइनल

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २३ ।  काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपाल र भारतबीच रोमाञ्चक फाइनल खेल हुँदैछ। फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ। नेपाल भलिबल संघका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली फाइनल खेल हेर्न उपस्थित हुने जनाइएको छ। यस प्रतियोगितामा नेपाल र भारतबीच यो दोस्रो भेट हो। लिग चरणमा नेपालले भारतलाई पाँच सेटको कडा प्रतिस्पर्धामा हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। नेपालले पहिलो पटक महिला भलिबलमा भारतलाई हराएको थियो। नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतको स्पाइक र ब्लक नेपालभन्दा बलियो रहेको बताउँदै, यसलाई रोक्न सके नेपाललाई जित्न सहज हुने धारणा राखेका छन्। उता नेपालकी कप्तान अरुणा शाहीले भारतविरुद्ध खेल्दा टोलीमा छुट्टै उत्साह आउने बताएकी छिन्। नेपालको मुख्य स्पाइकरहरू निरुता ठगुन्ना र उषा भण्डारी हुन्। भारततर्फ मिडल ब्लकर सूर्या, आउटस...
एसईई पूरक परीक्षा आजदेखि

एसईई पूरक परीक्षा आजदेखि

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार यस वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। उनले यस वर्ष एनजी ल्याएका करिब ५२ हजार विद्यार्थीहरू रहेको जानकारी दिए, तर सबैले पूरक परीक्षाको फारम नभरेको हुन सक्ने भएकाले यो संख्यामा केही फरक पर्न सक्ने बताए। राष्ट्रिय परीक्षा बोर्डको अनुसार पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ र त्यसका लागि ५५० केन्द्र तोकिएको छ। तर परीक्षाफल रद्द भएका विद्यार्थीहरूले भने पूरक परीक्षा दिन पाउने छैनन्। बोर्डले गत चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा १३ असारमा सार्वजनिक गरेको थ...