Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा डाका मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा डाका मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरमा डाका मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिक–३ मोतिगडा बस्ने वर्ष २८ को निशान ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईका अनुसार जिल्ला अदालतको मिति २०८०–०३–११ गतेको फैसलाले डाका मुद्धामा २ महिना १ दिन कैद र रु. ३ हजार जरिवाना भएका फरार प्रतिबादी ठकुरीलाई मंगलबार जिप्रका बाट खटिएको प्रहरी टोलील पक्राउ गरेको छ । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।...
लागुऔषध प्रयोगकर्ताको बयानको आधारमा मेडिकल सञ्चालक पक्राउ

लागुऔषध प्रयोगकर्ताको बयानको आधारमा मेडिकल सञ्चालक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २२ । सप्तरीको सप्तकोशी नगरपालिकाका औषधी पसल सञ्चालक अशोक यादवलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार गत साउन १० गते सवारी चेकिङका क्रममा प्रहरीले शेखर तामाङ र सुष्मा राईलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको थियो। उनीहरूबाट TRAMANIL ६०० ट्याब्लेट र COLIBAN ६०० ट्याब्लेट बरामद गरिएको थियो। पक्राउ परेका तामाङ र राईले बयानमा उक्त लागुऔषध सप्तरी सप्तकोशी नगरपालिका वडा नं. १ फत्तेपुर बसपार्क नजिकै स्वास्थ्य चौकी अगाडि रहेको यादवको औषधी पसलबाट किनेको बताएका थिए। अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले साउन १७ गते (मंगलबार) यादवलाई पक्राउ गरेको हो। यादव मूलतः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का बासिन्दा हुन्। डिएसपी चापागाईले यादवमाथि थप अनुसन्धान भइरह...
आकस्मिक बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

आकस्मिक बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै स्वास्थ्य संस्थाहरुलाई आकस्मिक कक्षमा आउने बिरामीहरुलाई तत्काल उपचार दिन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्। विज्ञप्तिमा इमर्जेन्सीमा आउने बिरामीलाई तुरुन्त उपचार दिई स्वास्थ्य अवस्था स्थिर बनाउन र आवश्यक परे अन्य उपयुक्त स्वास्थ्य संस्थामा पठाउन भनिएको छ। तर अर्को अस्पतालमा पठाउँदा पहिले समन्वय गरेर मात्र रेफर गर्न आग्रह गरिएको छ। यो निर्देशन नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ अनुरूप जारी गरिएको हो। संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने व्यवस्था गरेको छ भने ऐनले आपतकालीन अवस्थामा तत्काल सेवा दिनुपर्ने प्रावधान राखेको छ।...
किरात राई यायोख्खाको ३७ औँ स्थापना दिवसमा तिन पत्रकार सम्मानित

किरात राई यायोख्खाको ३७ औँ स्थापना दिवसमा तिन पत्रकार सम्मानित

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ साउन । किरात राई यायोख्खाको ३७ औँ स्थापना दिवसको अवसरमा तिन जना राई पत्रकार नगद सहित सम्मानित भएको छ । सम्मानित हुनेहरुमा उदयपुरका पत्रकार भोटराज राई किरात राई पत्रकार संघका वर्तमान केन्द्रिय सचिव राजकुमार राई र मातृभाषामा सकृय पत्रकार असिम राई रहेको छ । संघका केन्द्रीय पूर्व उपाध्यक्ष समेत रहेका राई उदयपुरमा क्रियाशिल र व्यवसायिक पत्रकारको रुपमा कार्यरत छन् । उनि उदयपुर कान्तिपुर सम्वादाता हुन भने पूर्णपुष्टि मिडियाको संञ्चालक समेत हुन । काठमाण्डौँ स्थित कृष्टल ब्याङ्क्वेट कुमारी पाटी मानव भवनमा भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । किरात राई यायोख्खा केन्द्रीय कार्य समिति काठमाण्डौँले ३७ औँ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।...
उदयपुरमा कार्यरत ट्राफिक प्रहरी शम्भु थापा उत्कृष्ट प्रहरी घोषित

उदयपुरमा कार्यरत ट्राफिक प्रहरी शम्भु थापा उत्कृष्ट प्रहरी घोषित

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी हवल्दार शम्भु थापा असार महिनाको उत्कृष्ट प्रहरी (पोलिस अफ द मन्थ) घोषित भएको छ । थापाले ट्राफिक व्यवस्थापन सँगै दुर्घटना न्युनिकरणमा अहम भुमिका खेलेको उल्लेख गर्दै २०८१ असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । नेपाल प्रहरीले निर्दिष्ट गरेको निति, निर्देशन एवम् संगठनको मूल्य मान्यतालाई शिरोधार गरी तोकेको जिम्मेवारी उत्कृष्ट व्यवसायी तथा नैतिक अनुशासन तरिकाले पुरा गरेको भन्दै थापालाई उत्कृष्ट प्रहरी घोषित गरिएको उल्लेख छ । २ बर्षदेखी उदयपुरमा कार्यरत थापाले दुर्घटना न्युनिकरणका लागि सरोकारवालाहरु सँग आवश्यक समन्वयको गरी जेब्रा क्रसिङ, होर्डिङ बोर्ड, सिसिटिभी, जिपिएस र डिजिटल ट्राफिक लाईट जडान जस्ता कार्यमा भुमिका खेलेका थिए । यो सँगै सवारी दुर्घटना गराई गैरकानुनी गतिविधिमा संलग्नलाई समेत थापाले नियन्त्...
सप्तरीको रुपनी बजारमा रेकर्ड वर्षा, एक घण्टामा ७० मिलिमिटर

सप्तरीको रुपनी बजारमा रेकर्ड वर्षा, एक घण्टामा ७० मिलिमिटर

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २२ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित रुपनी बजारमा सोमबार साँझदेखि मंगलबार बिहानसम्म अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार एक घण्टाको अवधिमा ७० मिलिमिटर वर्षा मापन गरिएको छ। यो मात्रा सन् १९९३ मा कुलेखानीमा भएको क्लाउड बर्स्ट (आरीघोप्टे वर्षा) को ६५ मिलिमिटर भन्दा पनि बढी हो। यसैगरी, गत असारमा कञ्चनपुरको हनुमाननगरमा २४ घण्टामा भएको ४४.२ मिलिमिटर वर्षाको रेकर्डलाई पनि यसपटकको वर्षाले पछि पारेको छ। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार अत्यधिक वर्षा भए पनि जिल्लामा कुनै उल्लेख्य क्षति भएको छैन। साना खोलानालाहरुमा बाढी आएको र कोशी नदीको बहाव सामान्य रहेको जानकारी दिइएको छ। सप्तरी प्रहरीका सूचना अधिकारी अवधेश यादवले पनि जिल्लामा वर्षाका कारण डुबान, कटान वा अन्य प्रकारको कुनै क्षति नभएको पुष्टि गरेका छन्।यसैबीच, काठमाडौंमा भने एक घण्टामा २० मिल...
कुलमान घिसिङलाई कारबाही गरे आन्दोलन गर्ने तामाङ मोर्चाको चेतावनी

कुलमान घिसिङलाई कारबाही गरे आन्दोलन गर्ने तामाङ मोर्चाको चेतावनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २२ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गरे आन्दोलन गर्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले चेतावनी दिएको छ। मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिए अनुसार डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहल गरिरहेका घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाइए आन्दोलनमा उत्रिने जनाइएको छ। मोर्चाले घिसिङको योगदानलाई स्मरण गर्दै उनले मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गराएको, विद्युत् निर्यातबाट वैदेशिक मुद्रा आर्जन गरेको र विद्युत् महसुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब बक्यौता रकम असुलीको लागि प्रयास गरिरहेको उल्लेख गरेको छ। साथै, मोर्चाले प्राधिकरणको बक्यौता नतिरेका उद्योगीहरूले नतिरेसम्म आम ...
मनसुन सक्रिय: अति भारी वर्षाको चेतावनी

मनसुन सक्रिय: अति भारी वर्षाको चेतावनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २२ ।  जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका विभिन्न भागमा अति भारी वर्षाको पूर्वानुमान गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी रातको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षाको रूपमा परिभाषित गरेको छ। यस्तो अत्यधिक वर्षाले बाढी र पहिरोको जोखिम बढाउने भएकोले महाशाखाले सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ। मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकाले बुधबारसम्म मनसुन सक्रिय रहने र यो समय अति जोखिमपूर्ण हुने जनाइएको छ। महाशाखाले जारी गरेको विशेष बुलेटिनमा सम्भावित प्राकृतिक प्रकोपको सामना गर्न तयार रहन समेत आग्रह गरिएको छ। नागरिकहरू...
कटारी नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘कटारी ज्ञानमाला’ अनिवार्य लागु

कटारी नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘कटारी ज्ञानमाला’ अनिवार्य लागु

Breaking News 1
पूर्णपुष्टि, साउन २२ । उदयपुरको कटारी नगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गतको पाठ्यपुस्तक 'कटारी ज्ञानमाला' प्रकाशन गरी कक्षा १ देखि ५ सम्म अनिवार्य लागू गरेको छ। नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार दुई वर्षको प्रयासपछि यो शैक्षिक सत्रदेखि सबै विद्यालयमा पाठ्यक्रम लागू गरिएको हो। पाठ्यपुस्तकमा नगरपालिकाको धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्र, विभिन्न जातजातिको पहिचान र भूगोल समेटिएको छ। उपमेयर गिता खड्काले स्थानीय पाठ्यपुस्तकसँगै आगामी दिनमा प्राविधिक विषयमा जोड दिइने बताइन्। शिक्षा शाखा प्रमुख संजु दाहालका अनुसार यस वर्ष कक्षा ५ सम्मको पाठ्यक्रम तयार पारिएको छ र यसलाई क्रमशः कक्षा ८ सम्म विस्तार गरिनेछ। नगरपालिकाले विद्यार्थीहरूको तथ्यांक अनुसार पाठ्यपुस्तक छापेर पठाएको छ। शिक्षकहरूले स्थानीय पाठ्यक्रम पढाउन पाउनुमा गर्व महसुस गरेको बताए । तर, यस वर्षका लागि केही ढिला भएको उ...
पत्रपत्रिका वर्गीकरणमा राजनीतिक पूर्वाग्रह रहेको प्रेस सेन्टरको आरोप

पत्रपत्रिका वर्गीकरणमा राजनीतिक पूर्वाग्रह रहेको प्रेस सेन्टरको आरोप

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २२ ।  प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८/७९ को पत्रपत्रिका वर्गीकरण तथा मूल्यांकनको प्रारम्भिक नतिजाप्रति गम्भीर आपत्ति जनाएको छ। प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै यो वर्गीकरण पूर्वाग्रही र तथ्यहीन रहेको आरोप लगाएका छन्। विज्ञप्तिमा उल्लेख भए अनुसार, विगतमा क र ख वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशित जनपक्षीय पत्रिकाहरूलाई छानी-छानी तल्लो वर्गमा झारिएको छ। साथै, उस्तै मापदण्ड भएका अन्य पत्रिकाहरूलाई माथिल्लो वर्गमा राखिएको दाबी गरिएको छ। प्रेस सेन्टर नेपालले यो वर्गीकरण राजनीतिक पूर्वाग्रहप्रेरित रहेको ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, "साना लगानीका मिडिया र स्वरोजगारमूलक मिडियाहरूलाई टिकाउन मुख्य आधार बनेको सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापनको लागि बनाइएको मापदण्ड पूरा ...